जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
काठमाडौँ, १६ कार्तिक । सङ्घीय संसद्को दोस्रो अधिवेशन बिहीबार समापन भयो । २०८० वैशाख २४ गते सुरू भएको यो अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठक ६१ दिनमा ६५ पटक बस्यो र २४४ घण्टा ५० मिनेट संसदीय काम कारबाहीमा व्यतीत भयो । यस अवधिमा सङ्घीय संसद्को संयुक्त सदनको जम्मा ६ वटा बैठकमा ७ घण्टा ५ मिनेट समय व्यतीत भयो ।
प्रतिनिधिसभाको बैठकमा पेस भएको विनियोजन विधेयक २०८० जेठ १३ गते बहुमतबाट पारित भयो ।
सांसद प्रेम सुवालले प्रधानमन्त्री र अन्य मन्त्रीहरूसँग मौखिक प्रश्नहरू दर्ता गराउनुभएको थियो । सरकारले सांसद सुवालका अधिकांश प्रश्नहरू प्रतिनिधिसभाको बैठकमा पेस गरेन । अधिवेशन समापनको दिन ती प्रश्नहरूको उत्तर सांसदहरूलाई वितरण गरियो ।
संरा सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको नेपालको औपचारिक भ्रमणको क्रममा कार्तिक १४ गते संयुक्त सदनमा सम्बोधन भयो ।
समापनको दिन नेकाका सांसद रमेश लेखकले सहमति र सहकार्यलाई जोड दिँदै प्रमुख विपक्षी एमालेलाई संसद् अवरोध गरेको आरोप लगाउनुभयो ।
एमालेका सांसद विष्णु पौडेलले माओवादी गृहयुद्ध सुरू भएको फागुन १ गते बिदा दिइएकोमा विरोध गर्दै सरकारले फागुन १ गते ‘युद्ध दिवस’ मनाउने प्रस्ताव संसद्मा पेश गर्न चुनौती दिनुभयो ।
माओवादीका सांसद वर्षमान पुनले Daron Acemoglu र James A. Rabinson को Why Nation Fail ? पुस्तकको सन्दर्भ उठाउँदै राज्यका पात्रहरू संस्थागत नभएको उल्लेख गर्नुभयो ।
रास्वपाका सांसद रवि लामिछानेले संविधान र व्यवस्था सरकारकै कारण खतरामा परेको उल्लेख गर्दै सरकारले प्रणाली होइन आफ्नो मान्छे जोगाएको बताउनुभयो ।
राप्रपाका सांसद बुद्धिमान तामाङले सरकारबाट संसद्मा कार्यसूची पुग्दो पेस नभएको उल्लेख गर्दै मुलुकको सङ्कट समाधान गर्न राष्ट्रिय सहमति जुटाउन सरकार सफल नभएको बताउनुभयो ।
जसपाका सांसद उपेन्द्र यादवले संविधान घोषणा भएको दिन आफूहरूले विरोध गरेको उल्लेख गर्दै संविधानको महिमा गान नगाउन सरकारका नेताहरूलाई सचेत गराउनुभयो ।
नेकपा (एस) का सांसद माधवकुमार नेपालले भ्रष्टाचारको कारण देश असफल भएको उल्लेख गर्दै आफू प्रम हुँदा रौतहटमा निर्माण रोकिएको पुनः पूरा गराएको बताउनुभयो ।
जनमत पार्टीका सांसद सीके राउतले संसद् निष्प्रभावी भएको उल्लेख गर्नुभयो ।
लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्लाले संसद्मा उठेका विषयलाई सरकारले पूरै बेवास्ता गरेको उल्लेख गर्नुभयो ।
नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले काम गर्नुभन्दा खुट्टा तान्ने प्रवृत्ति बढेको उल्लेख गर्नुभयो ।
नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री भएकाहरूसँग देश विकासको खाका नभएको हुँदा देश विफल भएको उल्लेख गर्नुभयो ।
राजमोका चित्रबहादुर केसी, स्वतन्त्र सांसद प्रभु शाह र अमरेशकुमार सिंहले पनि सरकारको विरोध गर्नुभयो ।
Leave a Reply