यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सुर्खेत, १८ कार्तिक । नेपाल मजदुर किसान पार्टीको जनवर्गीय सङ्गठनहरू नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा प्यालेस्टाइनमा इजरायली फासिवादी बर्बरता अन्त्यको माग गर्दै विरोध प्रदर्शनसहित कोणसभा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोराले प्यालेस्टाइनमा इजरायली सेनाको फासिवादी बर्बरता क्रुर आक्रमण र इजरायली राज्य आतङ्क बन्द गर्नुपर्ने बताउँदै प्यालेस्टाइनी जनतामाथि भएको दमन अन्त्य गर्नुपर्ने पक्षमा संसारका १२० देश रहेको ४५ देश तटस्थ र दमन गर्ने पक्षमा जम्मा १४ देश मात्र रहेको भएपनि अमेरिकी साम्रज्यवादको सहयोग र उक्साहटमा इजरायली राज्य आतङ्क चालु रहेको उल्लेख गर्नुभयो ।
शुक्रबार राती ११ः४७ मा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट र रूकुमपश्चिममा ठूलो धनजनको क्षती भएको प्रति नेमकिपा सुर्खेतले दुःख प्रकट गर्दछ भन्दै उहाँले सम्पूर्ण मृतकहरूको आत्माको चिरशान्तिको कामना र परिवारजनहरूप्रति समवेदना एवं घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
भूकम्प पीडितहरूको उद्धार तथा घाइतेहरूलाई शिघ्र स्वास्थ्य उपचार एवं राहत सामग्री वितरण गर्न नेमकिपा सुर्खेत जिल्ला समिति सरकारसँग जोडडार माग गर्दछ, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी सुर्खेतका सचिव एवं नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय उपाध्यक्ष लालबहादुर थापाले प्यालेष्टाइनी युवाहरूले आफ्नो देश जोगाउन गरेको सङ्घर्ष आतङ्ककारी क्रियाकलाप नभई देशभक्तिपूर्ण कार्य हो भन्नुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घ सुर्खेतका संयोजक गोविन्दनाथ योगीले पनि बोल्नुभएको थियो ।
Leave a Reply