साइकल यात्रा पनि एक साहसिक खेलकुद
- श्रावण ६, २०८१
भक्तपुर, २० कार्तिक । वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा भएको ‘भ्वाइस अफ वागीश्वरी–३’ मा पवन अधिकारी विजेता र चेतन शाही उपविजेता बनेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले गीतको माध्यमबाट विद्यालय र देशलाई चिनाउँदै व्यक्तित्व विकासमा अगाडि बढ्न शुभकामना दिँदै विद्यार्थीहरूले आफ्नो रूचि भएको विषयमा मेहनत गरे सफलता हासिल गर्न सकिने बताउनुभयो ।
गीत आफैमा एउटा साहित्य भएको र साहित्य समाज विकास तथा परिवर्तनको उपयुक्त हतियार हुनुपर्ने धारणा राख्दै उहाँले भन्नुभयो, “सांस्कृतिक अतिक्रमणबाट विद्यार्थीहरू सजग हुनुपर्छ । साहित्यलाई देशको सार्वभौमिकता रक्षा गर्ने माध्यमको रूपमा उपयोग गर्नुपर्छ ।”
वागीश्वरी मावि प्लस टु र वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरी स्कूलले २०७२सालको भूकम्पबाट त्रसित वातावरणलाई चिर्दै सुरू गरेको ‘भ्वाइस अफ वागीश्वरी’ का कारण वागीश्वरी स्कूलले कहिले राष्ट्रिय गीत प्रतियोगितामा दोस्रो हुन सफल हरिहरि तिमिल्सिनाको ‘नेपाल हौ आमा तिमी, हामी छोरा छोरी’ जस्ता देशभक्तिपूर्ण गीतमा प्राण भर्ने काम ग¥यो भने कहिले भक्तपुर जिल्ला साक्षर अभियानमा साथ दिन ‘उठौँ जागौँ भक्तपुरलाई साक्षर बनाऔँ’ भावको गीत दियो । हालसम्म ८–१० यस्ता देशभक्तिपूर्ण एवं शैक्षिक गीतहरू स्टुडियोमा रेकर्ड भइसकेको जानकारी दिँदै उहाँले वागीश्वरीले विद्यार्थीहरूमा अन्तरनिहीत अनेक प्रतिभा फलाउन फुलाउन अनुकूल वातावरण दिइरहेको उदाहरण दिनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले सम्बद्ध सहयोगी मन र हातहरूको साथले कार्यक्रम सफल भएकोमा सबैप्रति आभार व्यक्त गर्नुभयो ।
वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले २०७२ सालमा हामी भूकम्पबाट पीडित भएझैँ अहिले पश्चिम नेपालको जाजरकोटलगायतका जनता पीडित भइरहेकोमा सान्त्वना व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । साथै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । त्यसबेलाको पीडालाई समेटेर वागीश्वरीले ‘भ्वाइस अफ वागीश्वरी’ का विजेता विद्यार्थीबाट ‘भूकम्प आयो गयो सबै ध्वस्त बनाएर, पुनःनिर्माण गछौँ हामी सबै मिलाएर’ गीत आजको सन्दर्भमा पनि सान्दर्भिक भएको बताउनुभयो ।
भ्वाइस अफ वागीश्वरी–३ का संयोजक नवीन्द्रलाल कर्माचार्यले कार्यक्रम सफल पार्न साथ दिने प्रायोजक सहयोगीहरू र निर्णायकहरूमा आभार व्यक्त गर्नुभयो भने कार्यक्रममा निर्णायकहरू गनुराज साम्पाङ राई (नेपाली शिक्षक), पूर्व विद्यार्थीद्वय सरिता प्रजापति र राजकुमार मानन्धरले पनि आ–आफ्नो प्रस्तुति दिनुभएको थियो ।
Leave a Reply