अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, २१ कार्तिक । २५ औँ विविध भाषा साहित्य सम्मेलनको तयारीस्वरूप मङ्गलबार मध्यपुर थिमि न.पा. – ७ नगदेशमा एक भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले कार्यक्रम सफल बनाउन ध्यान दिनुपर्ने विषय तथा तयारीको क्रममा गर्नुपर्ने कार्यबारे जानकारी गराउनुभयो । आगामी सोमबार नगदेशमा हुने साहित्यिक तथा सांस्कृतिक कार्यक्रम २५ आँै रजत उत्सव पनि भएको हुनाले विशेषरूपमा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा आयोजक समितिका संयोजक अशोक अवालले जानकारी गराउनुभयो ।
आयोजक समितिका कोषाध्यक्ष विजयलक्ष्मी प्रजापति, कार्यक्रमका अतिथि विक्रम वैद्य तथा रमेश वैद्यले कार्यक्रम सफल बनाउन स्थानीय टोलवासीले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने जानकारी गराउनुभयो ।
Leave a Reply