भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
भक्तपुर, २१ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुनको अनभिज्ञता क्षम्य नहुने बताउँदै कर्मचारीहरूले कसैको दबाबमा काम गर्न नहुने र कानुनबमोजिम काम गरे त्रुटी नहुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको सहकारीका कर्मचारीहरूको भेलामा बोल्दै उहाँले युद्धको समर्थन गरेका संसारका शासकहरू एक्लिँदै जाने बताउनुभयो । देशको निम्ति लड्नेहरू देशभक्त हुने बताउँदै उहाँले प्यालेस्टाइन स्वतन्त्र नभएसम्म इजरायली फासीवादविरुद्ध निरन्तर आवाज उठिरहने बताउनुभयो ।
समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाप्रति जनताको विश्वास बढाउन समय समयमा शिक्षा र स्वास्थ्य शिविरहरू सञ्चालन गरी सहकारी क्षेत्रमा नमुनायोग्य बन्नु आवश्यक भएको बताउँदै उहाँले राजनैतिकरूपले सचेत व्यक्तिले समाजलाई सही दिशातिर लैजाने प्रस्ट पार्नुभयो ।
भक्तपुर नपाले सिङ्गो नगरलाई सक्रिय बनाउन विविध गतिविधिहरू सञ्चालन गर्दै आइरहेको बताउँदै उहाँले सहकारीहरूले नयाँ नयाँ क्षेत्रमा काम गर्नेतर्फ सोच्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले सहकारी संस्थाहरू जनताका सानातिना समस्याहरू समाधान गर्न निकै सहयोगी संस्थाको रूपमा विकास भइरहेको बताउँदै जनताको विश्वास कायम हुने ढङ्गले आफ्नो कार्य सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । जनताले खाइनखाई सहकारीमा जम्मा गरिराखेको रकम लिएर भाग्ने क्रम बढेसँगै सहकारी संस्था र सञ्चालकहरूप्रति जनताले शङ्काको दृष्टिले हेरिरहेको बताउँदै उपप्रमुख जोशीले जनसमुदायमा आधारित सहकारीबारे सदस्यहरूलाई सचेत गर्नु जरुरी रहेको बताउनुभयो ।
सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले सहकारी संस्थाहरूमा सञ्चालक समितिभन्दा व्यवस्थापन हाबी हुनु, कर्मचारीहरूमा लेखासम्बन्धी ज्ञानको कमी हुनुजस्ता समस्याहरू रहेको बताउँदै भनपाको सहकारी अनुगमन समितिमार्फत भक्तपुर नपाभित्र सञ्चालित सहकारी संस्थाहरूलाई व्यवस्थित गर्ने काममा प्रयासरत रहेको बताउनुभयो ।
सहकारी संस्थामा कार्यरत कर्मचारीहरूलाई सक्षम बनाउन भक्तपुर नपाले समयसापेक्ष ढङ्गले तालिमहरू आयोजना गर्दै आएको बताउँदै उहाँले सामुदायिक विकास कोषमा जम्मा भएको रकमलाई स्वास्थ्य क्षेत्र प्रवद्र्धनमा प्रयोग गरिरहेको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी अभियान अगाडि बढाउन सहकारीमा कार्यरत कर्मचारीहरूको ठूलो भूमिका रहने बताउँदै कर्मचारीहरूले आफ्नो काम, कर्तव्य र अधिकारबारे प्रस्ट हुनुपर्ने र सहकारीको मूलभूत सिद्धान्त, मूल्य मान्यताबारे बुझ्न जरुरी रहेको बताउनुभयो । उक्त कार्यक्रममा सहकारी अनुगमन समितिका सदस्यद्वय हरिरत्न गोर्खाली र नारायणप्रसाद त्वानाबासुले पनि बोल्नुभएको थियो ।
Leave a Reply