विज्ञान प्रविधि

  • अमेरिकी दबाबका बाबजूद हुवावेको आम्दानीमा २४ प्रतिशत वृद्धि

    शाङ्घाई, २९ असोज (रासस/एएफपी) : चीनको विशाल प्रविधि कम्पनी हुवावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको हुवावेको आम्दानी नौ महिनाको अवधिमा वृद्धि भएर करिब ८६ अर्ब डलर पुगेको छ । कम्पनीले आफ्नो नाफामा पनि ८.७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । […]

  • रसायनशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा

    स्टकहोम, २२ असोज (रासस-एपी) – यस वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । उहाँहरुलाई लिथियम–आयन ब्याट्री निर्माणमा उत्कृष्ट कार्य गरेबापत नोबेल पुरस्कार प्रदान गर्न लागिएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ । यो पुरस्कार प्राप्त गर्नेहरुमा अमेरिकाको टेक्सास विश्वविद्यालयका इन्जिनियरिङ विषयका प्राध्यापक ९७ वर्षीय जोन बी […]

  • फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन

    मेन्लो पार्क, अमेरिका, ४ असोज (एएनआई) । सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको क्याम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ । निलम्बनमा परेका एप्समध्ये झण्डै चार सय वटा निर्माता छन् । आफ्ना प्रयोगकर्तासँग सम्बन्धित विवरणहरू चोरी हुनेगरी भएको क्याम्ब्रीज काण्डपछि फेसबुकले एप्सहरू […]

  • फाइभ–जीले डिजिटल अर्थतन्त्रलाई उल्लेख्य योगदान गर्ने चीनको भनाई

    साङ्घाई, १४ भदौ (रासस/सिन्ह्वा) ः सन् २०२० देखि २०२५ सम्ममा चीनको डिजिटल अर्थतन्त्रलाई नयाँ फाइभ–जी प्रबिधिका कारण निकै वृद्धि गर्ने प्राविधिक विज्ञहरूले शनिबार बताएका छन् । उनीहरूले आगामी पाँच बर्षमा डिजिटल प्रविधि क्षेत्रको आम्दानीमा २० खर्ब दश अर्बले अमेरिकी डलर वृद्धि हुने बताएका हुन् । चिनियाँ सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गतको एक प्राविधिक केन्द्रका उप […]

  • स्मल विन्ड टर्बाइन कन्स्ट्रक्सन वर्कसप’ सम्पन्न

    भक्तपुर, १ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरु ख्वप इन्जिनियरिङ्ग कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गको संयुक्त आयोजनामा भएको एकहप्ते ‘स्मल विन्ड टर्बाइन कन्स्ट्रक्सन वर्कसप’ को समापन तथा प्रमाणपत्र कार्यक्रम बुधबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नपाले नाफालाई भन्दा व्यापक जनताको सेवामा आधारित कलेज सञ्चालन गरिरहेको चर्चा गर्दै शिक्षालाई श्रमसँग जोड्ने […]

  • विन्ड टर्बाइन कन्स्ट्रक्सन कार्यशाला सुरु

    भक्तपुर, २४ असार । ख्वप इन्जिनियरिङ कलेजमा मङ्गलबार विन्ड टर्बाइन कन्स्ट्रक्सन वर्कशप (Wind Turbine Construction workshop) को उद्घाटन र अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रजापतिले नेपाल सरकारले भारतको दबाबमा नेपाल भित्रिने तरकारी र फलफूलमा विषादी […]

  • हुवावेको विश्वभरका ८७ हजारभन्दा बढी आविस्कारमा अधिकार

    सेनजेन, १२ असार (रासस/सिन्ह्वा) : विश्वप्रख्यात चिनियाँ कम्पनी हुवावेको विश्वभर ८७ हजार ८०५ आविस्कारमाथि (पेटेन्ट राइट्स) रहेको उक्त कम्पनीले बिहीबार दावी गरेको छ । यसमध्ये कुल ११ हजार १५२ अमेरिकी आविस्कारमा पनि हुवावेको पेटेन्ट राइट्स रहेको र यो अमेरिकी अधिकारीद्वारा अधिकार पत्र (लाइसेन्स) दिइएको कम्पनीले बताएको छ । बौद्धिक सम्पत्ती भनेर चिनिने उक्त अधिकारबापत उसले […]

  • तीन अन्तरिक्ष यात्री सकुशल पृथ्वी फिर्ता

    कजाखस्तान, १० असार (एएफपी) : अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन् । यसअघि अन्तरिक्ष यान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरिक्ष कार्यक्रमको भविष्यकै बारेमा आशङ्का उत्पन्न भइरहेका समयमा रुसी वैज्ञानिकहरूलाई सफलता प्राप्त भएको हो । कजाखस्तानको झेखाजगान सहर नजिक अन्तरिक्ष यात्रीहरू सकुशल अवतरण गरेका थिए । पहिलो चरणमा पृथ्वीमा […]