खेलकुद

  • क्रिकेटको वरियतामा नेपाल तीन स्थान तल झ¥यो

    काठमाडौँ, २० फागुन (रासस) । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको ‘टि ट्वान्टी’ वरियतामा नेपाल तीन स्थान तल झरेको छ । आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल तीन स्थान तल झर्दै १५ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १२ औँ स्थानमा थियो । ‘टि ट्वान्टी’ वरियतामा नेपाल हालसम्म ११ औँ स्थानसम्म पुगेको छ । एसोसियट राष्ट्रमा भने […]

  • हङकङको लगातार दोस्रो जीत

    काठमाडौँ, २० फागुन (रासस) । एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा हङकङले थाइल्याण्डलाई पराजित गरेको छ । थाइल्याण्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा आयोजक थाइल्याण्डलाई आठ विकेटले पराजित गर्दै हङकङले लगातार दोस्रो जीत हात पारेको हो । यसअघि हङकङले आफ्नो पहिलो खेलमा नेपाललाई ४३ रनले पराजित गरेको थियो । थाइल्याण्डले दिएको ७८ रनको लक्ष्य हङकङले […]

  • नेपालको महिला क्रिकेट आईसीसी वरियतामा यथावत

    काठमाडौँ, १९ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको महिला वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १४ औँ स्थानमा यथावत रहेको हो । यसअघि सार्वजनिक गरेको अघिल्लो वरियतामा पनि नेपाल १४ औँ स्थानमै रहेको थियो । नयाँ वरियतामा नेपालले २० खेलमा १२९ रेटीङ अङ्क प्राप्त गरेको छ । महिला […]

  • दुई दिवसीय क्रिकेटको उपाधि ग्रेट हिमालयलाई

    काठमाडौँ, १९ फागुन । दुई दिवसीय हिमालय क्रिकेट लिग यु–१९ क्रिकेट प्रतियोगिताको उपाधि आयोजक ग्रेट हिमालय क्रिकेट एकेडेमीले हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा मङ्गलबार भएको फाइनल खेलमा काठमाडौँ क्रिकेट टेनिङ सेन्टर (केसीटीसी) लाई एक विकेटले पराजित गर्दै ग्रेट हिमालयले उपाधि जितेको हो । उपाधिसहित ग्रेट हिमालयले रु. एक लाख ५० हजार प्राप्त ग¥यो । त्यसैगरी उपविजेतामा चित्त […]

  • नेपाल मलेसियासँग २२ रनले पराजित

    काठमाडौँ, १७ फागुन । एसीसी इस्टर्न रिजन टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरूवात गरेको छ । थाइल्यान्डमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल तुलानात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी मलेसियासँग २२ रनले पराजित भएको छ । नेपालले १४ रनको अन्तरमा अन्तिम ६ विकेट गुमाएको थियो । पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय […]

  • म्याराथुनमा कृष्णसुन्दर र कान्छीमाया विजयी

    भक्तपुर, ११ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार बिहान सखारै अन्तर नगर एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत पुरुषतर्पmको ४२.१९५ कि.मी. म्याराथुन र महिलातर्पmको २१.९७ कि.मी. हाफ म्याराथुन दौडको सोमबार सिटी बजाएर उद्घाटन गर्नुभयो । पुरुषतर्पmको म्याराथुन दौडमा भक्तपुर नगरपालिकाका कृष्णसुन्दर तुईतुईले २ घण्टा ४१ मिनेट १३ सेकेण्डमा दूरी पूरा गरी प्रथम स्थान हासिल गर्न सफल भए भने किर्तिपुर […]

  • अन्तरनगर एथलेटिक्सको सोमबार समापन

    भक्तपुर, ११ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको अन्तरनगर एथलेटिक्स प्रतियोगिताअन्तर्गत आइतबार भएको ४ ह १०० मि. रिले महिला फाइनल खेलतर्फ भक्तपुर नपाका प्रकृति सुवाल, स्वागत्ता खाइजु, श्रयस्का शिल्पकार, कसिस गोठे प्रथम, ललितपुर महानपाका काजल बिष्ट, रजिना दुलाल, रफिका अवाले, सुप्रिभा रजत द्वितीय र ईशा राई, सन्दिपा भन्डारी, सुमिना दाहाल, कान्ति राई तृतीय हुन सफल भइन् । […]

  • झापामा अन्तर्राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता हुने

    भद्रपुर, १० फागुन । झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा अन्तर्राष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नाइट चेस क्लवले फागुन २० देखि २५ गतेसम्म आयोजना गर्ने प्रतियोगितामा नेपाल, भारत, भूटान र बङ्गलादेशका गरी २५० खेलाडीको सहभागिता रहने शनिबार काँकडभिट्टामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । क्लवका अध्यक्ष राजु कार्कीले यो दोस्रो संस्करणमा हुने प्रतियोगिताको लागि नेपाल […]