जेनजी आन्दोलनको छानबिन आयोगमा बयानको सार सङ्क्षेप – २
- बैशाख ४, २०८३
भक्तपुर, १ माघ । “नेपालका सिकर्मीलगायत युवाहरूलाई विदेश पठाएर विदेशी फर्निचर आयात गर्नु सरकारको देशघाती काम हो; यसको विरोध गर्नुपर्छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर सिकर्मी सङ्घको ११ औँ वार्षिक बृहत् सिकर्मी भेला कार्यक्रममा आइतबार व्यक्त गर्नुभएको हो ।
सिकर्मी सङ्घले आफ्नो समस्या विस्तृतरूपमा तयार गरेर सरकारलाई पेस गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सिकर्मीको समस्या संसद्मा राखेर प्रम र मन्त्रीहरूको ध्यानाकर्षण गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुँजीपतिवर्गले सामन्तवर्गविरुद्ध सशस्त्र आन्दोलन गरेको थियो । सन् १६४९ मा बेलायतका राजा चाल्र्स काटिएका थिए भने सन् १७८९ मा फ्रान्सका राजा लुई चौधौँको टाउको काटेर फूटबल खेलिएको थियो । पुँजीपतिवर्गले आफ्नो अनुकूल कानुन बनाइदिने पार्टीहरूलाई बहुमत दिलाउने र सरकारमा पु¥याउने गर्छ ।”
पुँजीवादमा ठुलो पुँजीले सानो पुँजीलाई खाने, पुँजीवादको विरोधमा समाजवादी विचार उदय भएको उल्लेख गर्दै उहाँले समाजवादमा मजदुरवर्गको सरकार, उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, शोषण गर्न नपाउने व्यवस्था हुन्छ, समाजवादमा सबैको हित हुन्छ भने पुँजीवादमा मुट्ठीभरको हित हुन्छ भन्नुभयो ।
उहाँले भन्नभुयो, “नेपालको संविधानमा समाजवादउन्मुख लेखिएको छ । तर, पुँजीपतिवर्गले सरकारमा गएका पार्टीहरूलाई समाजवादउन्मुख कानुन बनाउन दिएन । सरकारमा गएका पार्टीका नेताहरू पुँजीपतिवर्गको चङ्गुलमा फसे । अर्थात्, निर्वाचित राज्य जस्तै भए । नेपालका प्रधानमन्त्रीहरूसँग देश विकासको खाका नै छैन ।”
भेलामा भक्तपुर आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत दिलिपकुमार गौतमले सिकर्मी व्यवसायीहरूले व्यवसाय दर्ता गरेरमात्र काम गर्नुपर्ने र करसम्बन्धी शिक्षा लिएर काम गरेमा व्यवसाय सञ्चालनमा समस्या नहुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष उपेन्द्र सुवालले सङ्घले मजदुरहरूको हकहितको निम्ति सङ्घर्ष गरिरहेको बताउनुभयो ।
सङ्घका अध्यक्ष विक्रम ढुकुछुको सभापतित्वमा भएको उक्त कार्यक्रममा सङ्घका सल्लाहकार विष्णुभक्त कुसी, नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घका अध्यक्ष राजेश बुयो, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजा, भक्तपुर फर्निचर एन्ड फर्निसिङ व्यवसायी सङ्घका अध्यक्ष प्रेमबहादुर सुवाल, नेपाल क्रान्तिकारी डकर्मी सङ्घका उपाध्यक्ष विक्रम कासिछ्वाले पनि आ–आफ्ना पेसागत समस्याबारे बताउनुभयो ।
आयोजक सङ्घका उपाध्यक्ष रामसुन्दर सुवालले धन्यवाद ज्ञापन गर्नुभयो ।
सङ्घका सचिव पुण्यराम न्हुछे र कोषाध्यक्ष सुनिल राजचलले आ–आफ्नो प्रतिवेदन पेस गर्नुभएको थियो ।
Leave a Reply