जीवित सङ्ग्रहालयमा विद्यार्थीहरूलाई घुमाउँदा
- श्रावण १७, २०८३
भक्तपुर, ११ माघ । भक्तपुरको धार्मिक एवं ऐतिहासिक स्थल हनुमानघाटमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हुने एकमहिने माधवनारायणको व्रतधलं तथा कथा श्रवण बिहीबारदेखि सुरू भएको छ ।
उक्त व्रतधलंमा ५ जना व्रतालु र १४ जना जलाशयनमा सहभागी भएका छन् ।
व्रतधलं सुरू हुनुअघि सुकुलढोकाको माधवनारायण गुठियारको घरबाट देवता ल्याइएको थियो । उक्त देवता एक महिनापछि सोही स्थानमा पु¥याउने परम्परा रहेको छ । प्रत्येक दिन बिहान ७ बजे हनुमानघाटमा ब्राह्मणबाट स्नान गराई भक्तजनहरू जलाशयनमा बस्ने गर्छन् ।
एकमहिने व्रतधलंको क्रममा देवतासहित व्रतालुहरू भक्तपुर नगरको विभिन्न धार्मिक स्थलमा बाहेक पनौती, पशुपति र चाँगुनारायण मन्दिरमा जाने गर्छन् ।
सोही दिन वाल्मीकि आश्रम कृष्णभजन मण्डलले गङ्गा पूजा गरी गङ्गाको प्रतीक झन्डा खोलाको बिचमा ठड्याई झन्डातोलन ग¥यो ।
Leave a Reply