भर्खरै :

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

आगामी फागुनमा अन्तरनगर महिला कबड्डी प्रतियोगिता हुने

भक्तपुर, २७ माघ । भक्तपुर नगरपालिकाको आयोजनामा माघ २१ गतेदेखि माघ २७ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद (टेबुलटेनिस, भलिबल, फूटबल, कबड्डी, खो खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय् र बाघचाल) प्रतियोगिता शनिबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भएको ‘पुरस्कार वितरण तथा समापन कार्यक्रम’ मा १५ वटा विभिन्न खेलकुदका विजयी खेलाडी र विद्यालयहरूलाई मेडल, खेलकुद सामग्री र सिल्ड वितरण गरियो ।
समापन कार्यक्रममा सांसद सुवालले भन्नुभयो, “खेलकुद स्वास्थ्य, अनुशासन र मित्रताको लागि हो । यसकारण खेलकुदलाई संविधानको मौलिक हकमा राख्नु जरूरी छ । खेल मैदान, खेलकुद भवन र व्यायामशाला धेरै भए स्वास्थ्यकेन्द्र थोरै भए पुग्नेछ । सरकारले विद्यालय र कलेजहरूमा खेलमैदान र खेलकुद सामग्रीको व्यवस्था गर्नुपर्दछ ।”
खेलकुद परिषद्का सदस्य सचिव, जिल्ला खेलकुद समितिका सचिव, खेलकुद मन्त्रीको आफ्ना मान्छे नियुक्ति हुने व्यवस्था खारेज गरी खेलाडीहरूबिच निर्वाचित गराई नियुक्ति गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद सुवालले भन्नुभयो, “शासक दलहरूले ८० लाख युवालाई विदेशमा सस्तो ज्यामी बन्न पठाई देशमा पसिना बगाउन नदिएको कारण कृषिप्रधान देश नेपालमा दाल, चामल, तरकारीसमेत भारतबाट किनेर खानुपर्ने अवस्था आयो ।”
“नेपालका नदीनाला र बिजुली नेपालीले नपाउने गरी १० वर्षमा १० हजार मेघावाट बिजुली भारतलाई दिने सरकारको निर्णय सार्वजनिक भयो । अहिले नेपाली जनता खाना पकाउन भारतसँग महँगोमा ग्यास किन्नुपर्ने अवस्थामा छ । हामीले नेपालका नदीनालाको बिजुली नेपाली जनतालाई खाना पकाउन, कृषि, उद्योग, यातायातको लागि सस्तोमा दिनुपर्ने विषय सडक र संसदमा उठायौँ ।”, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “संरा अमेरिकाको कारण तेस्रो विश्वयुद्ध एसियामा हुने सम्भावना बढ्दो छ । संसारका न्यायप्रेमी जनता शान्ति र युद्धको विरोधमा छन् । युक्रेनमा रूसविरूद्ध अमेरिकी छद्मयुद्ध र इजरायली फासीवादलाई अगाडि राखेर अमेरिकी सरकारले प्यालेस्टिनी भूमि कब्जा र जातीय नरसंहार गराएको वर्तमान जटिल अन्तर्राष्ट्रिय परिस्थितिले तेस्रो विश्व युद्धको सङ्केत गर्दै छ ।”
सांसद सुवालले भन्नुभयो, “अमेरिकी साम्राज्यवादले २०० वर्षयता संसारको ५०० ठाउँमा सैन्य हस्तक्षेप गरेको छ । हामी सबैले युद्धको विरोध गर्नु आवश्यक छ ।”
उहाँले भन्नुभयो, “अमेरिकाको हतियार बोकेको इजरायली फासीवादको आक्रमणबाट १९ लाख प्यालेस्टिनीहरू विस्थापित भए, ६५ हजार घाइते र २६ हजार ७ सय ५१ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये आधाभन्दा बढी प्यालेस्टिनी बालबालिका र महिला छन् । ८५ जना प्यालेस्टिनी खेलाडीहरूको पनि मृत्यु भएको छ । यसमध्ये ५५ जना फूटबल खेलाडी र बाँकी अन्य खेलाडी छन् ।”
सचिव सुवालले भन्नुभयो, “७५ वर्षदेखि युद्धग्रस्त इजरायलमा नेपाली विद्यार्थीलाई सिक्ने र कमाउने भनी पठाइएको हुँदा १० जना नेपाली विद्यार्थीको मृत्यु भयो भने १ जना बेपत्ता छन् । बेपत्ता विपिन जोशी इजरायल वा हमास कसको बन्धकमा छ, सरकारले बोलेको छैन, बोल्नुपर्छ ।”
“अमेरिकी सरकारले चाहे इजरायल प्यालेस्टिन युद्ध तुरून्त बन्द गराउन सक्छ तर अमेरिकाले संयुक्त राष्ट्र सङ्घको बैठकमा युद्धविराम प्रस्तावलाई विशेषाधिकार प्रयोग गरी असफल बनायो ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यस वर्ष भक्तपुर नपाले फागुनको अन्तिम सातामा अन्तरनगर महिला कबड्डी प्रतियोगिता गर्ने जानकारी दिनुभयो ।
उहाँले सप्ताहव्यापीरूपमा सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ७८ वटा विद्यालयको सक्रिय सहभागिताले भक्तपुर नपालाई अगामी दिनमा यस्ता खेलकुद गतिविधि सञ्चालन गर्न ऊर्जा मिलेको बताउनुभयो ।
सक्रिय व्यक्तिको आयु लामो हुने बताउँदै प्रमुख प्रजापतिले शिक्षा र स्वास्थ्यमा अगाडि बढेको देशको विकास पनि तीव्ररूपमा भइरहेको दृष्टान्तहरू प्रस्तुत गर्नुभयो ।
वाग्मती प्रदेश सांसद सृजना सैंजुले खेल जगत्मा नयाँ पुस्तालाई उत्साहित गर्दाको दीर्घकालीन परिणाम सकारात्मक नै हुने विश्वास व्यक्त गर्दै भक्तपुर नपाले खेल महोत्सवको आयोजना गरी नगरका चोक चोक र सम्पदाका प्राङ्गणहरूलाई खेलमैदान बनाई समुदायको अपनत्व ग्रहण हुने ढङ्गले खेलकुद महोत्सव सम्पन्न भएको बताउनुभयो ।
भक्तपुर नपाका हरेक गतिविधिमा यहाँका समुदायको पनि सक्रिय भूमिका भएको चर्चा गर्दै उहाँले खेलकुदलाई सर्वसाधारण र जीवनपद्धतिको रूपमा विकास गर्ने प्रयासमा भक्तपुर नपा अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले अध्ययन र पढाइलाई सँगसँगै अगाडि बढाए मात्र विद्यार्थीहरूको सर्वाङ्गीण विकास हुने स्पष्ट पार्दै विद्यार्थी जीवनलाई सक्रिय बनाइराख्न खेलकुदको महत्वपूर्ण भूमिका हुन्छ भन्नुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले खेलकुद र देश विकास समानान्तर ढङ्गले अगाडि बढ्न आवश्यक भएको औँल्याउँदै विकसित देशहरूमा पदक पाउन भन्दा पनि स्वस्थ हुन मानिसहरू खेलकुदमा सक्रिय हुन्छन् भन्नुभयो ।
भनपा युवा तथा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाको आयोजनामा भएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा सहभागी ७८ वटा विद्यालयमध्ये ६० वटा विद्यालयले पदक पाउन सफल भएको बताउनुभयो । साथै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने रेफ्रि, निर्णायक र प्रशिक्षकलाई उहाँले धन्यवादज्ञापन गर्नुभयो ।
भनपा युवा तथा खेलकुद समितिका सदस्य उपेन्द्र सुवाल र रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विजयी खेलाडीहरूलाई प्रमुख अतिथि तथा अतिथिहरूले मेडल, सहभागी विद्यालयहरूलाई खेलकुद सामग्री र प्रथम, द्वितीय र तृतीयलाई सिल्ड वितरण गर्नुभएको थियो ।
नगरव्यापी विद्यालयस्तरीय खेलकुदअन्तर्गत भलिबल प्रतियोगिताको छात्रतर्पm सैनिक आवासीय महाविद्यालय प्रथम, पद्म मावि द्वितीय र ख्वप मावि तथा बासु माविले तृतीय स्थान हासिल गर्न सफल भए भने भलिबल छात्रातर्पm सैनिक आवासीय महाविद्यालय प्रथम, ख्वप मा.वि. द्वितीय र बासु मावि तथा पद्म मावि तृतीय भएक थिए । भलिबल खेलमा उत्कृष्ट खेलाडी छात्रतर्पm अनिस कार्की (सैनिक आ.मा.वि.) र उत्कृष्ट छात्रातर्पm सृष्टि कार्की (सैनिक आ.मा.वि.) प्राप्त गरेका थिए ।
त्यसैगरी टेबलटेनिस प्रतियोगितामा प्राप्त मेडलको आधारमा प्रोक्सिमा इन्टरनेसनल स्कूल प्रथम, प्रभात ई. स्कूल द्वितीय र माउन्ट भ्याली ई. स्कूलले तृतीय स्थान प्राप्त गरेका थिए । टेबुल टेनिस प्रतियोगितामा उत्कृष्ट खेलाडी छात्रतर्पm पर्ल शाक्य (एभरेष्ट ई स्कूल) र छात्रातर्पm उरवी सुवाल (प्रभात ई. स्कूल) ले प्राप्त गरेको थियो ।
उसु प्रतियोगितामा प्राप्त मेडलको आधारमा मेधा मा.वि.प्रथम, एभरेस्ट ई. स्कूल द्वितीय र बालबिकास ई. स्कूल तृतीय हुन सफल भए । उसु खेलमा उत्कृष्ट खेलाडी छात्रतर्पm रोशन विक (मेधा मा.वि) र रेगनसन वैद्य (सामुदायिक ई. स्कूल) र छात्रातर्पm सिल्भिया प्रजापति (सैनिक आ.मा.वि.) र रिया कोजु (मेधा मा.वि.) हुन सफल भए ।
विद्यालयस्तरीय पोर्टबल प्रतियोगितामा छात्रतर्पm न्यातापोल ई. स्कूल प्रथम, तारा मा.वि द्वितीय र ब्राइटस्टार ई. स्कूल तथा वागीश्वरी मा.वि. संयुक्तरूपमा तृतीय हुन सफल भए भने पोर्टबल छात्रातर्पm तारा मावि प्रथम, बासु मा.वि. द्वितीय र बागीश्वरी मावि तथा अक्स्फोर्ड प्राक्टिकल स्कूल संयुक्तरूपमा तृतीय हुन सफल भए । उत्कृष्ट खेलाडी छात्रतर्पm सौगात ढुङ्गाना (न्यातापोल ई. स्कूल) र छात्रातर्पm जेनिशा तामाङ्ग (तारा मा.वि) हुन सफल भए ।
प्रतियोगिताको कबड्डी प्रतियोगितामा छात्रतर्पm मिनर्वा ई. स्कूल प्रथम, पारागन एकेडेमी द्वितीय र रोम्बस से. स्कूल तथा बासु मा.वि. संयुक्त रूपमा तृतीय हुन सफल भए भने कबड्डी प्रतियोगिताकै छात्रातर्पm पारागन एकेडेमी प्रथम, साइनिङ स्टुडेन्ट एकेडेमी द्वितीय र रोम्बस से. स्कूल तथा समाज सुधार मावि संयुक्त रूपमा तृतीय भए । कबड्डी प्रतियोगिताको उत्कृष्ट खेलाडी छात्रतर्पm आदित्य श्रेष्ठ (मिनर्वा ई. स्कूल) र छात्रातर्पm सुजाता लामा (पारागन ऐकेडेमी) ले हात पारेका थिए ।
तेक्वान्डो प्रतियोगितामा कूल प्राप्त मेडलको आधारमा सैनिक आ.मा.वि.प्रथम, वागीश्वरी मा.वि. द्वितीय र गणेश मा.वि. तृतीय हुन सफल भए । तेक्वान्डोमा उत्कृष्ट खेलाडी छात्रतर्पm लावाङ लामा (सैनिक आ.मा.वि.) र छात्रतर्पm नम्रता सेन्चुरी (वागीश्वरी मा.वि.) प्राप्त गर्न सफल भए ।
बुद्धिचाल प्रतियोगितामा कुल प्राप्त मेडलको आधारमा प्रभात ई. स्कूल प्रथम, जेन्युन ई. स्कूल द्वितीय र मेधा मा.वि. तृतीय भए ।
उत्कृष्ट खेलाडी छात्रतर्पm प्रत्यूस श्रेष्ठ (बागीश्वरी मा.वि.) र उत्कृष्ट खेलाडी छात्रातर्पm सोफिया मधिकर्मी (महेन्द्र विद्याश्रम) घोषित भए ।
त्यसैगरी कसिमलापाँय्मा नवीन आ.वि. प्रथम, वासु मा.वि. द्वितीय र दत्तात्रय आ.वि. तृतीय भए । सो प्रतियोगितमा उत्कृष्ट खेलाडी छात्रतर्पm निश्चल राजचल (शारदा मा.वि.) र छात्रातर्पm जेनिशा कपाली (नविन आ.वि.) ले हासिल गरे ।
प्राप्त मेडलको आधारमा विद्यालयस्तरीय बाघचाल प्रतियोगितामा ज्ञानतारा ई. स्कूल प्रथम, वागीश्वरी मा.वि. द्वितीय र जेसिस इ. स्कूल तृतीय हुन सफल भए । सो प्रतियोगिताको उत्कृष्ट खेलाडी छात्रतर्पm विराज ग्वाछा (ज्ञानतारा ई. स्कूल) र छात्रातर्पm पूजा रोकाया (वागीश्वरी मा.वि) हुन सफल भए ।
एथलेटिक्स प्रतियोगितामा प्राप्त मेडलको आधारमा जेसिस ई. स्कूल प्रथम, बाल विकास से. स्कूल द्वितीय र जागृति मा.वि. तृतीय हुन सफल भए । एथलेटिक्समा उत्कृष्ट खेलाडी छात्रतर्पm कृजल फाँजु (जेसिस ई. स्कूल) र छात्रातर्पm क्याथ्रीन बासुकला (जेसिस ई. स्कूल) ले हात पारे ।
फूटबल प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय प्रथम, पद्म मा.वि. द्वितीय हुन सफल भए । सो प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधी दिग्विजय शाही (सैनिक आवासीय महाविद्यालय), उत्कृष्ट डिफेन्डर निश्चल राणा सैनिक आवासीय महाविद्यालय, उत्कृष्ट फर्वाड सम्रात महत्रा (पद्म मा.वि.), उत्कृष्ट मिडफिल्डर रविन घले (सैनिक आवासीय महाविद्यालय), उत्कृष्ट गोलकिपर प्रतिक चवाल, पद्म मा.वि. र अनुशासित टीम अक्सफोर्ड इन्टरनेसनल प्राक्टिकल स्कूलले प्राप्त गरे ।
ब्याडमिन्टन प्रतियोगितामा प्राप्त मेडलको आधारमा वागीश्वरी मा.वि प्रथम, ख्वप मा.वि. द्वितीय, लिसा ई. स्कूल तृतीय हुन सफल भए । ब्याडमिन्टन खेलमा उत्कृष्ट खेलाडी छात्रतर्पm आयुष बजगाई (वरदायणी आ.वि.) र छात्रातर्पm मन्दिला कोजु (सेक्रेड हार्ट ई. स्कूल) ले प्राप्त गर्न सफल भए ।
जिम्नास्टिक खेलमा प्राप्त मेडलको आधारमा एभरेष्ट ई. स्कूल प्रथम, मेधा मा.वि. द्वितीय र जेसिस ई. स्कूल तृतीय भए । सो खेलमा उत्कृष्ट खेलाडीको पदक छात्रतर्पm सुमित तमखु (मेधा मा.वि.)ले र छात्रातर्पm रेविसा घेमोसु (जेसिस ई. स्कूल)ले प्राप्त गरे ।
प्रतियोगितामा प्राप्त मेडलको आधारमा कराँतेतर्पm वागीश्वरी मा.वि. प्रथम, डेमोस इ. स्कूल द्वितीय र पारागन एकेडेमी तृतीय हुन सफल भए । सो प्रतियोगितामा उत्कृष्ट खेलाडी छात्रतर्पm युनिक ध्वजु (वागीश्वरी मा.वि.) र छात्रातर्पm त कोन्डा (क्रेटिभ इ. स्कूल)ले जित्न सफल भए ।
खो खो प्रतियोगिताको छात्रतर्पm वागीश्वरी मा.वि. प्रथम, बाल विकास ई. स्कूल द्वितीय र तारा मावि तथा सरस्वती विद्यागृहले संयुक्त रूपमा तृतीय स्थान हासिल गर्न सफल भए भने खो खो छात्रातर्पm ब्राइट स्टार ई. स्कूल प्रथम, सरस्वती विद्यागृह द्वितीय र मेधा मावि तथा तारा मावि संयुक्तरूपमा तृतीय हुन सफल भए । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधी छात्रतर्पm नविन सेन्चुरी (वागीश्वरी मा.वि) र छात्रातर्पm मन्दिरा राय (ब्राइटस्टार ई. स्कूल)ले प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *