रसुवामा बाढी : भक्तपुर जिल्लाका २८ व्यक्ति सम्पर्कविहीन
- भाद्र १२, २०८३
भक्तपुर, २२ साउन । भक्तपुर नगरपालिकाको आयोजनामा ‘स्तनपान समानता, सबैको सहयोग र सहभागिता’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताहको अवसरमा महिला स्वास्थ्य स्वयम्सेविकाहरूबिच प्रवचन कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आमा र नवजात शिशुबिच आत्मीयता कायम गर्न स्तनपानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
बच्चा जन्मिएको कम्तीमा ६ महिनासम्म बच्चालाई आमाको दूधमात्र खुवाउनुपर्ने विषयबारे महिलाहरूलाई सचेत पार्नुपर्ने बताउँदै प्रमुख प्रजापतिले आमाको प्राकृतिक दूधले शिशुको शारीरिक एवम् मानसिक विकासमा सहयोग पु¥याउने बताउनुभयो ।
समाजमा व्याप्त अन्धविश्वास र कुरीतिलाई हटाउँदै हरेक विषयलाई विज्ञानसम्मत ढङ्गले व्याख्या गर्नुपर्ने बताउँदै उहाँले स्तनपानले महिलाहरूमा हुने स्तन क्यान्सर र पाठेघरको क्यान्सरको जोखिमलाई कम गर्दै लाने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले स–साना बालबालिकाहरूको लागि वडाहरूमा शिशुस्याहार सञ्चालन गर्दै बालबालिकाको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उहाँले बताउनुभयो ।
ख्वप अस्पतालका स्वास्थ्य संयोजक डा. रत्नसुन्दर लासिवाले शिशु जन्मिने बित्तिकै पहिलो पटक आउने दूध शिशुका लागि निकै लाभदायक हुने बताउँदै पहिलो दूधलाई नफाली बच्चालाई खुवाउन प्रेरित गर्नुपर्छ भन्नुभयो ।
चिकित्सा सहायक कमलकेशरी राजचलले स्तनपानबारे नवजात शिशुलाई जन्मेको एक घण्टाभित्र आमाको दूध खुवाउनुपर्ने र बच्चा जन्मेदेखि केही दिनसम्म आउने पहेँलो प्रकारको बिगौती दूधमा विभिन्न रोगसँग लड्न सक्ने प्रतिरक्षा क्षमता धेरै हुने भएकोले बच्चालाई रोग लाग्नबाट बचाउने हुँदा यसलाई शिशुको पहिलो प्राकृतिक खोपको रूपमा लिइने बताउनुभयो ।
विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष मनाइने गरिन्छ । यो उत्सव १२० भन्दा बढी देशमा अगस्ट १ देखि ७ सम्म प्रत्येक वर्ष आयोजना हुन्छ । जीवनको पहिलो ६ महिनाका लागि पूर्ण स्तनपानलाई बढावा दिने लक्ष्य लिएर यो दिवस साताव्यापीरूपमा मनाउँदै आएको हो ।
Leave a Reply