यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ११ कार्तिक । जय भीमसेन बचत तथा ऋण सहकारी संस्था लि.को १७ औँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांको आतिथ्यमा शनिबार सम्पन्न भयो ।
साधारणसभाको उद्घाटन गर्दै उहाँले सहकारी संस्था आर्थिक लेनदेनमामात्र सीमित नभई सभ्य, अनुशासित समाज रूपान्तरणको लागि पनि उतिकै भूमिका हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
सहकारीका सञ्चालकहरू सङ्गठित÷इमानदार र जिम्मेदार भए सहकारीमा समस्या नआउने धारणा राख्दै उहाँले भक्तपुर नपाले यस वर्ष भक्तपुर महोत्सव आयोजना गर्ने हुँदा सहकारी संस्थाबाट उत्पादित घरेलु सामानहरू प्रदर्शन गर्न आग्रह गर्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का प्रतिनिधि काजीबहादुर पञ्चले सहकारीहरू राम्रो भए समाज राम्रो दिशामा जाने विचार राख्नुभयो ।
जिल्ला सहकारी सङ्घका सहना पसखलले सहकारीमा राखेको पैसा नपाएर पारिवारिक कलह बढिरहेको चर्चा गर्दै हाम्रो होइन राम्रो सहकारीमा बचत गर्न सुझाव दिनुभयो ।
संस्थाका कानुनी सल्लाहकार रामप्रसाद प्रजापतिले खराब ऋणीहरूका कारण कानुनी अड्चन र मुद्दा मामिलामा सहकारी संस्थाहरू अल्झिनुपर्ने भएकोले ऋण दिँदा सजग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
न्हुछेभक्त कवांले सहकारीले समाजमा पारिवारिक संस्कार र संस्कृति जोगाउन पनि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष दसबहादुर मानन्धरको अध्यक्षतामा भएको उक्त सभामा सचिव सुरोज कवां, कोषाध्यक्ष बिकुनारायण कवां, लेखा संयोजक बुद्धराम शिल्पकारले संस्थाको प्रगति प्रतिवेदनहरू प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष रामकाजी शिल्पकार, देवभक्त गोसाई, रत्नबहादुर शिल्पकार, रत्नप्रसाद शिल्पकारलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply