नेपालको राजनीतिमा युवाहरूको भूमिका
- असार १, २०८३
भक्तपुर, १० मङ्सिर । मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवको प्रचारार्थ भक्तपुर नगरपालिकाको आयोजनामा भएको चित्रकला, निबन्ध लेखन र हाजिरीजवाफ प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भयो ।
प्रतियोगिताका विजेताहरूलाई नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवाल, नगर प्रमुख सुनिल प्रजापति र वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले सोमबार एक कार्यक्रमबिच पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सुवालले शैक्षिक गुणस्तर कायम गर्ने विषयमा भक्तपुर नपाले संवेदनशीलता अपनाएर काम गर्दै आएको बताउनुभयो । परीक्षामा नक्कल गरेर सार्ने कार्यलाई निरुत्साहित गरेको उल्लेख गर्दै उहाँले शिक्षकहरूले विद्यार्थीहरूलाई पाठ्यपुस्तकबाहेकका सन्दर्भ पुस्तकहरू पनि अध्ययन अध्यापनको लागि प्रोत्साहन गर्नुपर्छ भन्नुभयो ।
सांसद सुवालले विद्यालयहरूले विभिन्न भाषा अध्ययन अध्यापन, खेलकुद, सङ्गीत, चित्रकला, हस्तलेखन आदिमा जोड दिनुपर्ने बताउँदै विद्यार्थीको शैक्षिक जग राम्रो बनाउन विद्यालय शिक्षालाई गुणस्तरीय बनाउनुपर्छ भन्नुभयो ।
उहाँले विद्यार्थीहरूलाई सानै उमेरदेखि सम्पदाको महत्वबारे सुसूचित गर्नुपर्नेमा जोड दिँदै भक्तपुरको शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ र यहाँका विशेषताहरूबारे सुसूचित बनाउन शिक्षकहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
विद्यालयले विद्यार्थीको व्यक्तित्व विकास गर्न अतिरिक्त क्रियाकलापतर्फ ध्यान दिनुपर्ने बताउँदै उहाँले शैक्षिक संस्थाले योग्यताअनुसारको रोजगारी हासिल गर्ने गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महोत्सव अवधिभर भक्तपुरका सबै सङ्घ संस्था, समुदायलाई परिचालित गर्न महोत्सव प्रचारार्थ बृहत् भेला तथा छलफललाई चालु राखेको बताउनुभयो ।
उहाँले भक्तपुर महोत्सव भक्तपुरका कला, संस्कृति, सांस्कृतिक सम्पदा, चाडपर्व, रहनसहन, खाना, परम्परागत खेल आदिलाई देश विदेशमा चिनाउने र देखाउने सुनौलो अवसर हुने बताउँदै महोत्सव सफल बनाउन सबैको भूमिका महत्वपूर्ण रहनेछ भन्नुभयो ।
भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले भक्तपुर महोत्सवको शैक्षिक मेलाका मुख्य आकर्षणबारे प्रस्ट पार्दै सबैको सक्रियता र सहभागिताले महोत्सव सफल हुने बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र नगर शिक्षा अधिकृत साधुराम फुँयालले पनि बोल्नुभएको थियो ।
‘भक्तपुरको कला, संस्कृति र सम्पदा’ विषयक (आधारभूत तह कक्षा ८) सम्मको चित्रकला प्रतियोगितामा साइनिङ स्टुडेन्ट्स एकेडेमीका कक्षा ८ का विद्यार्थी निष्पल धुख्वा प्रथम, सूर्योदय ई.से. स्कूल कक्षा ८ का कृतिका सिजख्व द्वितीय, साइनिङ स्टुडेन्ट्स एकेडेमी कक्षा ८ का रेगन घटाने तृतीय भएका थिए । प्रतियोगितामा महेन्द्र विद्याश्रम कक्षा ८ का रिया राई चौथो, जेन्युइन सेकेन्डरी स्कूल कक्षा ६ का लुम्ब याकामी पाँचौँ, गणेश मावि कक्षा ८ का प्रशुन तामाङ छैटौँ, सैनिक आवासीय महाविद्यालय कक्षा ८ का विद्यार्थी अमन श्रेष्ठ सातौँ, सूर्योदय ई.से. स्कूल कक्षा ७ का रियाज मुस्याख्व आठौँ, सूर्यविनायक ई.से. स्कूल कक्षा ६ का सृष्टि राई नवौँ र वागीश्वरी मावि कक्षा ८ का विद्यार्थी पूजा रोकायाले दसौँ स्थान हासिल गरेका थिए ।
त्यस्तै, आधारभूत तह (कक्षा ६—८) स्तरीय हाजिरीजवाफ प्रतियोगितामा हिमालयन ग्लोरी इ. स्कूल (ख) को कक्षा ८ का मन्जिला फाँजू, कक्षा ६ का सोयम मानन्धर, कक्षा ७ का एकेन स्वंगमिखा प्रथम भएका थिए । यसैगरी, ख्वप्रिङ इ. ऐकेडेमी (क) को कक्षा ८ का अमृत प्रजापति, कक्षा ७ का राजश्री कुसी र कक्षा ६ का आशिष कालिकोटे द्वितीय भएका थिए भने एभरेस्ट ई. स्कूल (क) को कक्षा ८ का दिपशिखा उप्रेती, कक्षा ७ का हिरोज सुवाल, कक्षा ६ का आन्विका अधिकारी तृतीय भएका थिए ।
माध्यमिक तह (कक्षा ९ देखि १२) स्तरीय निबन्ध लेखन प्रतियोगितामा वागीश्वरी मावि कक्षा १२ का प्रकाश रोकाया प्रथम, भक्तपुर मोर्डन ई.से. स्कूल कक्षा १२ का सक्सेस ढुङ्गाना द्वितीय, बासु मावि कक्षा १२ का सुप्रेम सुलु तृतीय र एभरेस्ट ई. स्कूल कक्षा १० का शुभम ढुङ्गेलले सान्त्वना स्थान हासिल गरेका थिए ।
Leave a Reply