भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
भक्तपुर, २० पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर टेलरिङ व्यवसायी सङ्घको तेस्रो साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले सिलाइ व्यवसाय सेवा उद्योग हो भन्दै यसले प्रत्यक्ष र परोक्ष रूपमा देशको अर्थतन्त्रलाई टेवा पु¥याइरहेको बताउनुभयो ।
सिलाइ व्यवसायलाई व्यापकरूपमा विकास गर्न सके विदेसिने धेरै रकम जोगाउन सकिने धारणा राख्दै उहाँले देशको रकम बाहिरिनबाट जोगाउन सक्नु देशको आम्दानी बढाउनु हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाले यहाँका उत्पादनलाई प्राथमिकता दिइरहेको छ, भक्तपुरमा व्यवसाय गर्नेहरूले नगरपालिकालाई केही प्रतिशत कर तिर्नुपर्ने हुँदा व्यवसायीहरूको हितमा नगरपालिकाले विभिन्न कदमहरू चाल्दै आएको छ, नगर प्रमुख प्रजापतिले भन्नुभयो ।
नेपालको आर्थिक अवस्था झन्झन् कमजोर हुँदै गएको बताउँदै उहाँले नेपालले कपडा उद्योगमा आत्मनिर्भर बन्न सके देशको अर्थतन्त्रलाई सहयोग पुग्ने बताउनुभयो ।
भक्तपुर टेलरिङ व्यवसायी सङ्घका अध्यक्ष गणेशभक्त गोसाईले सङ्घ स्थापनाको महत्व र उद्देश्यमाथि प्रकाश पार्दै सङ्घमा आबद्ध सदस्यहरूको हकहितमा काम गर्दै आएको बताउनुभयो ।
नेपाल टेलरिङ व्यवसायी महासङ्घका अध्यक्ष सदिस श्रेष्ठले सिलाइ व्यवसायीहरूले सिलाइसँगै कपडाको व्यवसायलाई पनि सँगसँगै अगाडि बढाई उपभोक्ताको मागअनुसारका सामानहरू उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल टेलरिङ व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष राजमान डंगोल, नेपाल टेलरिङ व्यवसायी महासङ्घका सल्लाहकार वीरमणि बज्राचार्य र उत्तमबहादुर श्रेष्ठ, नेपाल टेलरिङ व्यवसायी महासङ्घका सदस्य धिपेन्द्र कारञ्जित, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका प्रेमकृष्ण खर्बुजा, भक्तपुर च्याम्बर्स अफ कमर्स महिला चेम्बरका अध्यक्ष रीना श्रेष्ठ, काभ्रे टेलरिङ व्यवसाय सङ्घका सुरेश श्रेष्ठ, भक्तपुरका महासचिव सुदिप गणेशले सङ्घ स्थापनाको इतिहास, उद्देश्य र यसका गतिविधिहरूमाथि प्रकाश पार्नुभएको थियो ।
Leave a Reply