जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
देशको भूअखण्डता र स्वाधीनतामा कुनै पनि दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, सञ्चारकर्मी, पेसामा आबद्ध व्यक्तिले असर पु¥याउने काम गर्नुहुँदैन; विचार व्यक्त गर्नुहुँदैन । नेपालको सार्वभौमसत्ता, अखण्डता, विभिन्न जातजाति वा सम्प्रदायमा असर पार्ने, अदालतको अवहेलना हुने, शिष्टाचार वा नैतिकतामा प्रतिकूल असर पर्ने काम गर्नुहुँदैन, विचार व्यक्त गर्नुहुँदैन; विचार प्रसारण गर्नुहुँदैन । सरकारले दलको कुरा सुनेर, माग सम्बोधन भएन भनेर देशको अस्मितामा चोट पुग्ने विचार व्यक्त गर्न मिल्दैन । कुनै दलसँग विचार नमिल्दैमा, कुरा नसुन्दैमा जथाभावी बोल्न आचारसंहिताले दिँदैन । सामाजिक न्याय र सद्भावमा प्रतिकूल असर पु¥याउने तथा व्यवसायिक मर्यादाविपरीत उत्तेजक सामग्री प्रकाशन, प्रसारण गर्न पाइँदैन । आफ्नो अभिमत या विचार शिष्ट ढङ्गले राख्नुपर्ने हुन्छ ।
त्यस्तै, विध्वंस, हिंसा, आतङ्क र अपराधलाई उत्साहित गर्ने, सहयोग र साथ दिने काम र विचार पनि सही होइन । समाजमा नैरास्य, घृणा, सन्त्रास र उत्तेजना फैलाउने नग्न, अश्लील दृश्य र विभत्स दृश्यहरू पनि प्रचारप्रसार गर्न नहुने मान्यता पत्रकार आचारसंहितामा उल्लेख छ । यस्तो विचार र गतिविधिले समाजमा थप हिंसा निम्त्याउँछ; अराजकता फैलाउँछ, उपद्रव हुन्छ । राजनीतिक दलका नेता, मन्त्री र सांसदहरू पनि कहिलेकाहीँ आफ्नो आस्था, इज्जत र विश्वासमा धक्का पुग्ने गरी एकले अर्काेलाई हिलो छयाप्छन्; गाली गर्छन्; आफ्नो राजनीतिक स्तर र पदको ख्याल गर्दैनन् । देश र जनताको निम्ति सेवा गर्ने दलका नेता र मन्त्रीहरू नै हिलो छ्याप्छन्; मनपरी गाली गर्छन् । उनीहरू आफ्नो राजनीतिक चरित्रमा दाग लाग्ने खालको अभिव्यक्ति दिन्छन् ।
हरेक दलका नेताहरूले आ–आफ्नो दलको सिद्धान्त र विचार व्यक्त गर्न पाउँछन् । कुनै दलको सिद्धान्त र विचारको कमीकमजोरी औँल्याउन पाइन्छ । सैद्धान्तिक र वैचारिक बहस हुन्छ; वाक्युद्ध हुन्छ । तर, बहस र छलफलको नाउँमा, खण्डनको नाउँमा जथाभावी हिलो छयाप्न पाइँदैन । यो कुरा पत्रकारितामा पनि लागु हुन्छ । निर्वाचन आयोग आफ्नो आचारसंहितामा रहेर काम गर्नुपर्छ† निर्वाचन आयोगको आचारसंहितामा रहेर प्रचारप्रसार गर्नुपर्छ । राजनीतिक दलको आ–आफ्नो आचारसंहिता हुन्छ या विधानभित्र रहेर काम गर्नुपर्ने हुन्छ । पत्रकारितामा पनि आचारसंहिता हुन्छ । कुनै कसैको विरोध गर्दा, असन्तोष व्यक्त गर्दा शिष्ट भाषा प्रयोग गर्नुपर्ने हुन्छ । असन्तोष, मतभेद आवेग या भावावेगमा मनपरी शब्द प्रयोग गर्न मिल्दैन । बेलाबखत कति दलका नेताहरू अनियन्त्रित हुन्छन् र मनपरी बोल्छन् ।
विचार र अभिव्यक्ति स्वतन्त्रता नागरिकको अधिकार हो । अभिव्यक्ति स्वतन्त्रता भनेको मनपरी गाली गर्नु होइन; मनपरी शब्द प्रयोग गर्नु होइन । हरेक कुरा सत्यतथ्य हुनुपर्छ, वस्तुनिष्ठ हुनुपर्छ । स–साना कुरालाई बढाईचढाई गर्ने, बढाईचढाई गरेर आफ्नो असन्तोष पोखेर अरुको चित्त दुखाउने; समाजमा नकारात्मक सन्देश फैलाउने काम गर्नु उचित होइन या समीचीन होइन । व्यवसायिक अभ्यासमा सामाजिक शिष्टताको सम्मान गर्नुपर्ने हुन्छ । शिष्ट र मर्यादित कार्यशैलीको भाषा प्रयोग गर्नुपर्ने हुन्छ । अशक्त, असहाय, अपाङ्गको मनमा चोट पु¥याउने, हेला गर्ने, अपमान गर्ने या दोस्रो दर्जाको नागरिकको रूपमा हेर्ने प्रवृत्ति गलत छ । हेप्ने, घोचपेच गर्ने, पीडामाथि पीडा दिने, श्रमजीवीवर्गमाथि शोषण गर्ने, दमन गर्ने, दबाउने काम सामन्ती प्रवृत्ति हो ।
हो, हामी हरेक पक्षबाट इमानदार बन्नुपर्छ; चरित्रवान् हुनुपर्छ; असल हुनुपर्छ । सुशील, मिलनसार, मृदुभाषी, कर्तव्यनिष्ठ र लगनशील हुनुपर्छ । सादा जीवन उच्च विचारको हुनुपर्छ । दीनदुःखी निमुखाप्रति भेदभाव गर्ने, असमान व्यवहार गर्ने काम कुनै पनि सभ्य नागरिकको कर्तव्य होइन । यसतर्फ सरकारको नेतृत्व गर्ने दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधिहरू झन् जिम्मेवार बन्नुपर्छ । जिम्मेवार व्यक्तिहरूले राम्रो काम गरेर, राम्रो व्यवहार गरेर जनतामा राम्रो सन्देश छर्नुपर्ने हो; राम्रो सन्देश छरेर सुसूचित पार्नुपर्ने हो । आदर्शाेन्मुख समाज बनाउने काममा टेवा पु¥याउनुपर्ने हो । सजग, सचेत, संवेदनशीलवर्ग नै उच्छृङ्खल, अराजक, अशिष्ट भयो भने त्यो समाजको संरचना कस्तो हुन्छ ? समाजका सर्वसाधारण नागरिकले त्यस्ता छलकपटपूर्ण नेता, मन्त्री र सांसदहरूले के भन्लान् ? कसैले असन्तोष पोख्दा, समस्या उजागर गर्दा शिष्ट व्यवहार भएन, कार्यशैली मिलेन भने त्यसले समाजमा गलत सन्देश जानेछ । यसले जनतामा असन्तोष बढ्नेछ । त्यो देश, समाज र जनताको हितमा हुनेछैन ।
Leave a Reply