दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि हुँदा सरकार किन मौन ?
- भाद्र ८, २०८३
जालसाजी लेखनदासलाई कारबाही किन भएन ? भन्ने मिति २०८१/९/१८ गतेको ‘मजदुर’ दैनिकमा पाठक पत्र पढ्न पाएँ । यथार्थ कुरा नबुझी पाठक पत्र लेख्ने समिरलाई धन्यवाद दिन चाहन्छु किनकि यसले सत्यतथ्य कुरा बाहिर ल्याउने अवसर मिलेको छ । ५ वर्षको कागजात लेखेको प्रस्ट कुरा भक्तपुर नगरपालिकामा निवेदन दिने निवेदककोे निवेदनमा नै उल्लेख छ ।
१६–१७ वर्ष अगाडिदेखि घर जग्गाको कारोबार गर्दै हिँड्ने, प्रस्टसँग बोल्न, लेख्न र दस्तखत गर्न सकिने महिला कसरी अशिक्षित हुनसक्छिन् ?
भक्तपुर नगरपालिकाको दर्ता नं ३७७८ मिति २०८१/७/१ मा विश्वासमा दिलाई जालझेलमा पारी अन्याय गरेकोले न्याय पाउँ भनी भक्तपुर नगरपालिकामा निज निवेदकले नै आफ्नै हस्तलिखित निवेदनमा दस्तखत गरी निवेदन दिँदा उक्त निवेदनमा मौखिकरूपमा २० वर्ष भनेको र लिखितरूपमा ५ वर्षको लागि मात्र लेखेको भनेर निवेदनमै लेखी ५ वर्षको लागि मात्र जग्गाको करार गरेको भनी आफैले लेख्नुभएको छ भने लेखकले कसरी जालसाजी गरेको भन्ने ? के गोहीको आँसुमा विश्वास गर्नु हुन्छ ? उक्त करारमा पीडितको तर्फबाट साक्षी बसेका के निजको आफ्नै पतिले जालसाजी गरेको हो त ?
यदि २० वर्षको लागि जग्गा भाडामा दिइएको भए २० वर्षसम्मै प्रतिवर्ष रु. ३००,०००।— मात्र भाडा करार गर्छ र ? प्रत्येक वर्ष भाडामा वृद्घि गर्ने सर्त उल्लेख हँुदैन र ?
महिनाको लाखाँै रुपैयाँ नियमित भाडा असुल गरिरहेको अवस्थामा हाल आएर त्यो आम्दानी गुम्ने भएपछि उक्त महिलाको रुवाइ देखेर समिर भनिने व्यक्तिले यो पाठकपत्र लेखेको हुनुपर्छ ।
ती महिलाले लिखितरूपमा आफैले ५ वर्षको कागजातमा सहीछाप गरेको कुरा स्वीकारी राखेको अवस्थामा लेखनदासलाई दोष किन ? कसरी जालसाजी भयो ? २० वर्ष भनेर ५ वर्षकोमा सहीछाप नगराएको उनीहरूलाई नै थाहा छ । त्यतिबेला नै ५ वर्ष मात्र भए अमान्य हुने भनी उक्त कागजातमा सहीछाप नै नगरेको भए आजको यो समस्या आउने नै थिएन ।
Leave a Reply