लेखक – होइन बहिनी, तिमीले थाहा नपाएर डराएर सोध्यौ ठिकै छ । अब तिमीले बुझ्यौँ राम्रो भयो, घरमा आपत परेको मानिसलाई सोधपुछ गरी सहयोग गर्नु नै धर्म हो । (लेखक केही लेख्दै थिए । अचानक घरकी बहिनी हस्याङ–फस्याङ गर्दै कोठामा पसिन् र सोधिन्) –
बहिनी – दाजु, के अघि यहाँ एउटी केटी आएकी थिइन् ? त्यो तरुनी केटी को हुन्, किन आएकी ?
लेखक – हो, आएकी थिइन्, तिमीलाई कसले भन्यो ?
बहिनी – छर–छिमेकीले भने ।
लेखक – ठिकै भने तिनीहरूले, हो मैले भेटेको थिएँ ।
बहिनी – को हुन् उनी ? उनको नाम के हो ? पेसा के हो ? किन आएकी हुन् दाजु ?
लेखक – उनी पोशाक हेर्दा कुनै एक विद्यालय वा कलेजकी मिस हुनुपर्छ । तिनको नाम मैले सोधिनँ । उनी आफ्ना दुई छोराको पढाइको बारे कुरा गर्न आएकी थिइन् ।
बहिनी – दाइ, उसको नाम पनि थाहा छैन भन्नुहुन्छ, नाम पनि सोध्नुहुन्न किन ? दुई छोराका आमा भएपछि उसको लोग्ने पनि त होला नि ? लोग्ने को हो दाइले सोध्नुभयो ?
लेखक – बहिनी, किन चाहियो मलाई यी सबै सोध्न ? स्वास्नी मानिसको उमेर र नाम नसोध्नु रे क्या ! उसको लोग्नेको नाम सोधेर के गर्ने ?
बहिनी – (हैरान हुँदै) अहो, दाइ ! भोलि ती दुई लोग्ने स्वास्नीको झगडा भयो र दाइसँग तिनको लोग्ने झगडा गर्न आयो भने के गर्ने ?
लेखक – आम्मै, बहिनी के कुरा गरेकी ? उसको लोग्ने मसँग किन झगडा गर्न आउने हो ? तिनीहरूको मैले के बिगार गरेको छु ?
बहिनी – मानिसले अनेक कुरा लगाई झगडा गराउँछन् नि दाइ ! ती केटीको नाम र ठेगाना पाए म आफै गएर कुरा बुझ्थेँ ।
लेखक – क्या फसाद ! सधैँ बाटोमा भेट्दा मुसुक्क हाँसेर नमस्ते गर्ने केटीसँग किन नाम सोध्ने ? तपाईँ के मलाई चिन्नुहुन्न ? दिनका दिन भेट्छौँ, तैपनि नचिनेको झैँ नगर्नुस् न दाइ भनी भने मैले आफ्नो मुख कहाँ लुकाउने ? तिनीसँग मैले घर कहाँ भनेर सोधिनँ, सम्भवतः तिनी तीन/चार टोल पश्चिमको टोलकी केटीजस्ती छन् । (लेखकले कलम र कापी टेबलमा राखेर बहिनीसँग अर्को मेचमा गएर सोध्छन् –) बहिनी, किन तिमी डराएकी ? किन डराउने ?
बहिनी – (लेखकको भोलापनबाट आत्तिएर) कोही अरू नभएको ठाउँमा राम्री केटी मान्छे आएर धेरै बेर कुराकानी गरेपछि हल्ला हुन्छ र लोग्ने झगडा गर्न आउँछ दाइ ! अनि मुद्दा त प्रहरी र अदालतसम्म पुग्छ नि ! (डराउँछे ।)
लेखक – बहिनी, हाम्रा विरोधीहरूसँग बारम्बार झगडा भएको तिमीलाई थाहा छैन ? सम्भव छ, तिमी त्यसबेला धेरै सानी भएकीले थाहा भएन होला ! प्रहरीले कति पटक लगेर थुनेको होइन, बारम्बार ६–६ महिना ? अदालतमा पनि उभ्याएको तिमीले बिस्र्यौ कि ?
“हाम्रो मोहीलाई बाली तिर्न नजाऊ भनी किन भनेको ?” भनी तल्सिङहरू झगडा गर्न आएका होइनन् ? जब कि हामीले ती तल्सिङ र मोहीलाई चिनेकै थिएनौँ । तैपनि झगडा लगाउँछन् भन्ने झगडा गर्नैपर्ने हुन्छ । भागेर सुख पाउँदैनौँ बहिनी । आएका हरेक समस्यासँग सामना गर्नैपर्ने हुन्छ ।
बहिनी – अनि ती तरुनी केटी किन आएकी त दाइ ?
लेखक – उसको छोरो अस्पतालको दुई नम्बर बेडमा भर्ना गरेकी र त्यहाँको डाक्टरलाई एकचोटि भनिदिनुप¥यो भनिन् । मैले भन्दिएँ, के बिग्रियो ? कमजोर र आपत परेको मानिसलाई सकेको सहयोग गर्नु के पाप हो र ?
बहिनी – मैले त्यसो भनेकी होइन, अनि त्यस्तै त्यस्तै आएका जतिलाई सहयोग गर्दा दाइलाई भ्याइ नभ्याई हुन्न र पो भनेको नि । नरिसाउनुस् न दाइ ?
लेखक – म कहाँ रिसाएको छु बहिनी । हाम्रो घरमा अस्पतालमा लोग्ने बिरामी भएर सहयोग माग्न आउँछन्, हामीले जिल्लाको हाकिम र डाक्टरलाई फोनले अनुरोध गरिदिन्छौँ । स्वास्नी बिरामी हुँदा लोग्ने आएर रुन्छन् के हामी मानिस भएर अरूहरूसँग सहयोग माग्नेहरूलाई घरबाट धपाउनु उचित हो ? त्यतिमात्र होइन बहिनी, राति फोनमा गुहार माग्छन्, “हामी धनगढीबाट आउँदै छौँ, कृपया तपाईँको जिल्ला अस्पतालको डाक्टर साहबलाई एकचोटि भनिदिनुहोला । हामी पहिलोचोटि काठमाडौँ आउँदै छौँ, हामीलाई केही थाहा छैन सहयोग गर्नुप¥यो” भनी सहयोग माग्छन् । हाम्रा साथीहरू अस्पताल गएर टिकट काट्ने र बिरामीबारे डाक्टर र कर्मचारीलाई समेत तिनीहरू अस्पतालको स्थितिबारे बताउनुहुन्छ । त्यति गर्दा हाम्रो के नोक्सान भयो ? भोलि हामीलाई पर्दा अरूबाट पनि सहयोग पाउँनेछौँ, बहिनी ! मानिसले घमण्ड गर्नुहुन्न, अरूलाई सानो ठान्नुहुन्न, सकेको सबैले सबैलाई सहयोग गर्न तत्पर रहनुपर्छ । अनि मात्रै हाम्रो समाज राम्रो हुँदै जानेछ ।
Leave a Reply