भर्खरै :

सङ्घीय राजनैतिक व्यवस्थामा केन्द्रको मुख नताकी आ–आफ्नै बलमा काम गरौँ !

सङ्घीय राजनैतिक व्यवस्थामा केन्द्रको मुख नताकी आ–आफ्नै बलमा काम गरौँ !
नेपालको कर्मचारीतन्त्र, प्रहरी, सेना, गुप्तचर विभाग एवं कूटनैतिक क्षेत्रका माथिल्ला हाकिमहरू, विश्वविद्यालयका मूर्धन्य व्यक्तित्वहरू सबै सांस्कृतिकरूपले ‘गाईको मासु नखाने’ जात, धर्म र अध्ययनबाट खारिएका हुन् । तर, आश्चर्य छ – आफ्नो संस्कृति, धर्म र परम्पराविपरीत नयाँ पुस्ता पश्चिमी अध्ययन र सङ्गतले सिंहदरबारलाई घृणाको आँखाले हेर्दै वासिङटन, न्युयोर्क, लन्डन, पेरिस, इजरायल र युक्रेनमा गोर्खा भर्तीको निम्ति मेहनत गर्दै छन् । तर्क गर्ने गरिन्छ कि ‘पश्चिमेलीहरू आपसमा लडन्त र भिडन्त नगरेमा लडाइँ पूर्वतिर सार्नेछन् ।’ सारमा यो तर्क कुतर्क हो । लडाइँको निर्णय र उद्देश्य मालिकले गर्ने हो र नोकरले होइन । एक बेला शाह र राणाहरूले आ–आफ्नो सत्ता जोगाउन जनताका छोरा–छोरीलाई विदेशमा गोर्खा पल्टन बनाउन पठाएका थिए । युवा शक्ति विदेश पठाएर देशलाई विदेशीको तखतमा पु¥याउनु देशभक्तिभन्दा पनि साम्राज्यवादी शक्तिको अगाडि ‘त्वं शरणम्’ हो । १९१७ को रुसी अक्टोबर क्रान्तिभन्दा पहिले रुसी जार राजाहरूले आ–आफ्ना सेना अरू देशलाई बेच्थे । त्यो दासताको परम्परा पछिसम्म पनि चालु रह्यो ।
यसकारण, संसद्मा एकपटक माननीयहरूमाझ घोचपेच भएको थियो – ‘सिंहदरबारमा देशभरिका जङ्गलका बाँदरहरू पसे’ भनेर । किन ? आश्चर्य छ !  नेपालभन्दा सानो क्षेत्रफल र जनसङ्ख्या भएका स्विजरल्यान्डका जनताले सङ्घ राज्यलाई रोजेर २२ वटा क्यान्टन बनाए । किन होला ? त्यहाँको भूगोल – अर्थात् पहाडी मुलुक आफूभन्दा धेरै बलिया देशहरूसँग सीमा जोडिएको छ । भूगोलकै कारण आफ्ना इच्छा र आकाङ्क्षा अलगअलग हुन्छन् । त्यसैले त्यहाँका जनताले सङ्घ राज्य छाने होलान् । कति सङ्घ राज्यमा अलग–अलग कर प्रणाली छ† फरक–फरक विश्वविद्यालयहरू छन् र पाठ्यक्रमहरू पनि फरक–फरक छन् । एउटा प्रान्त वा राज्यका नागरिकले अर्को राज्यमा त्यस राज्यमा पाउने कुनै शिक्षा र स्वास्थ्यको सहुलियत पाउँदैनन् । निधारको टीका र धागोको जनै नागरिकताको प्रमाणपत्र अरू देशमा हुने गर्दैन !
 प्रदेश र स्थानीय निकायले के गर्ने होला ?
शासक दलहरूलाई प्रदेश र स्थानीय निकायहरूको स्वायत्तता एक ‘काउसो’ हो । शासक दलहरूको नाम ‘समाजवादी’ र ‘साम्यवादी’ जस्ता राम्रा–राम्रा छन् तर व्यवहार त्यसको ठीक उल्टो जनताले देख्दै आएका हुन् । धेरै शासक दलहरूको एउटै उद्देश्य हो – सबै जातजाति, भाषाभाषी, धर्म र क्षेत्रका जनतालाई कज्याई राख्नु । संसद् होस् वा अन्य कुनै सरकारी संस्थामा बहुमत वा अत्यन्त बहुमत ती नै शासकहरूकै सदस्य हुन्छन् । जनताको चेतनाको सबै निर्णय र उद्देश्य शासक दलहरूको निम्ति एक ‘काउसो’ नै हुने गर्छ । स–साना कामबाट अगाडि बढौँ !
स्थानीय तहका एक सभा वा मेयरले विद्यालयहरू कलेज र विश्वविद्यालयकै आया दिदी–बहिनीहरू, पिउन र अन्य सहायकहरूलाई पानी कसरी पर्छ, पृथ्वी गोल छ  भन्ने के हो/होइन; दाँत माझ्ने उपाय र दाँत कहिले माझ्ने, अखबार पढ्न आउँछ/आउँदैन, लेख–पढ गर्न आउँछ÷आउँदैन भन्ने प्रश्नहरू गर्यो भने सकारात्मक उत्तर कमले मात्र दिनेछन् । त्यस्तै रोगका किटाणुले रोग फैलाउँछ, किटाणु कस्ता हुन्छन् भनी विद्यालय, कलेजहरू र सहयोगी सरकारी कर्मचारीहरूलाई प्रश्न गर्दा धेरैले ‘थाहा नभएको’ बताउनेछन् ।
कर्मचारीहरू भर्ना गर्दा कहिले पनि त्यस्ता विषयमा जाँच लिने वा कक्षा सञ्चालन गर्ने किन गरिँदैन ? अहिले नगरपालिका र गाउँपालिकाले आ–आफ्नो क्षेत्रको विद्यालयलाई हेरिरहेको बेला त्यस ठाउँका सबै विद्यालय, सहकारी संस्था वा अन्य सङ्घ संस्थाहरूका तलका सहयोगी कार्यकर्ताहरूको कक्षा सञ्चालन र प्रदर्शनीहरू गरेको खण्डमा आ–आफ्ना तल्ला तहका सहयोगीहरूलाई एकएक पाइला गरेर माथि उठाउन सकिने थियो ।
अर्कोपटक ती क्षेत्रका कार्यालय सहयोगीहरूलाई विश्वको नक्सा राखेर एसिया, अफ्रिका, दक्षिण अमेरिका, युरोप र अन्य टापुका देशहरूको बारे जानकारी दिन सकिनेछ । त्यसै सिलसिलामा नेपाल, भारत, चीन, श्रीलङ्का, बङ्गलादेश एवं पाकिस्तान आदि देशको बारे जानकारी दिनेछन् । ठुला–ठुला नेपाली नक्सा राखेर प्रदेश, जिल्ला, गाउँ र नगर चिन्नेछन् र आ–आफ्ना ठाउँका नदी–नाला, पहाड–पर्वत, मन्दिर र अन्य महत्वपूर्ण ठाउँहरूको जानकारी प्राप्त गर्नेछन् । त्यस्तो जानकारी तल्ला सहयोगीहरुलाई दिनु अपराधमा गनिन्छ । अनि उनीहरूले देश–विदेशबारे जानेपछि विस्तारै पैसा लिएर मत दिनु अपराध हो, भोज खाएर, निर्वाचनमा माछा, मासु र लुगाको पोको लिएर पनि मत दिनु अपराध हो भन्ने बुझ्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *