के रास्वपाको सरकारले मुस्ताङको खानी संरा अमेरिका र अष्ट्रेलियालाई दिएको हो ?
- बैशाख ७, २०८३
कथा
VII
“राम दाइ प्रवासबाट फर्कनुभएपछि उहाँले त्यहाँको जीवनबारे थोरै र सानैदेखिको आफ्नो भोगाइबारे अन्तर्वार्ताहरूमा बताउनुभयो । तर, प्रवासबारे थोरै मात्र भन्नुभएको पाइन्छ । कक्षा सञ्चालनको सिलसिलामा फाट्टफुट्ट मात्रै बताउनुभयो । तर, ती सबै जोड्दा मात्रै केही पृष्ठ बन्छ† त्यसबारे अरूकै लेखाइबारे म यहाँ दोहो¥याउन चाहन्छु ।”
सीता आफ्नो टिपोट कापी हेर्दै अगाडि बढिन्, “प्रवासको राम दाइको सुरुको जीवन अलि कठिनाइले भरेको थियो । नौलो ठाउँ, नयाँ परिवेश, पार्टीका कार्यालय वा आफ्नो कोठाको सानो ठाउँ, दुइटा दुइटा खाट अट्ने दुई कोठा, एउटा सानो भान्सा घर, सानो एउटा स्नान घर र एउटा चर्पी, बिचमा सानो चोक पूर्वतिर पर्खाल र बिचमा ढोका, पर्खालको माथि सिमेन्टले बारेको ‘दस बजे’ (टेन व क्लक) भनिने एक लहर फूलका बोटहरू !”
हरेक बिहान १० बजेतिर ती फूलहरू फुल्थे र ११ बज्दा नबज्दै ओइलिन्थ्यो । सुरुमा त घडी पनि थिएन र स्कुलका बालबालिकाहरू कराउँदै जाने गर्दा १० बज्न लागेको थाहा हुन्थ्यो र ती नानी–बाबुहरूले फुलेका फूलहरू हेरेर १० बज्न लाग्यो भन्दै आआफ्नो पाइला अगाडि बढाउँथे ।
जाडोको याम थियो । खाटमा एउटा सत्रन्जा र एउटा मैलो टकिया थियो । किसान साथीहरूले बिदा गर्दा दिनुभएको एउटा सेतो ओढ्ने (दुरु गा) थियो । त्यसले जाडो छल्दैनथ्यो । विहार र उत्तर भारतको जाडो मुटु छुने खालको हुन्थ्यो । अर्थात्, जाडोमा अति जाडो र गर्मीमा अति गर्मी हुन्थ्यो । दुई–तीन दिन जाडोले दाइ सुत्न सक्नुभएन र छिमेकीहरूसँग सोध्दा त्यहाँको जाडोमा राति एकछिन आगो ताप्नुपर्ने, खाट वा भुइँमा पराल बिछ्याएर त्यसमाथि सत्रन्जा वा कपडा बिछ्याउने र साधारण ओढ्ने ओढेर सुतेमा मुटु छेड्ने चिसो कम हुन्छ ।
एक ज्येष्ठ नागरिकको त्यस सल्लाह र शिक्षाबाट राम दाइले सुरुको एउटा समस्यामाथि विजय पाउनुभयो – एक दुई मुठा परालले । केही दिनको रातको निद्राले दाइको स्वास्थ्यमा राम्रो प्रभाव प¥यो ।
एवंरितले एक दुई दिन भोकै बस्नुभयो । एक राजनीतिक कार्यकर्ताले हरेस खाएमा देशका ठुलाठुला समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने मनमा राख्दै उहाँले नेपाली विद्यार्थीहरूको छात्रावासहरू चहार्नुभयो । बाटोमा आफ्नै गाउँका डाक्टरी पढ्दै गरेका एक युवासँग उसको भेट भयो । त्यस युवाले आफ्नै होस्टेलको भान्सामा लगेर डाक्टर पढ्दै गरेका साथीहरूसँग कवि साथी भन्दै राम दाइसँग परिचय गराए । ११ बज्दै थियो विद्यार्थीहरूको १० बजेअघिका सबै कक्षा सकेर ३ बजेसम्मको निम्ति छु्ट्टी थियो । सँगै भान्छापछि एउटा कोठाको चारैतिर बसेर विद्यार्थीहरूले अनौपचारिक किसिमको नेपाली साहित्यबारे कुराकानी गरे । त्यही सिलसिलामा कसैले आफ्नो एउटा कविता वाचन गरे, कसैले दुई पृष्ठको आफ्नो एक लघु कथा पढे, तेस्रो वर्षका एक विद्यार्थीले ‘अग्नि दीक्षा’ भन्ने एक रुसी भाषाको उपन्यासबारे आफ्नो राय दिए । चौथो अर्थात् अन्तिम वर्षको परीक्षा दिई बसेका विद्यार्थीलाई तेस्रो वर्ष अर्थात् जुनियर साथीले ‘डाक्टर, लौ अब तपाईँबाट एक गीत सुनौँ’ भन्ने प्रस्ताव राखे । आफ्नो घाँटीलाई सफा गर्दै उनले ‘उठ उठ हे दाजुभाइ, अबेर भयो, उठौँ न !’ भन्ने गीत गाए । गीत सकेपछि ऊ नै डाक्टरले ‘अब लौ कविजीबाट कविता सुनौँ’ भन्ने प्रस्ताव राखे ।
राम दाइले भन्नुभयो, “अहिले अमेरिकाले भियतनाममा धेरै ठुलो अमानवीय आक्रमण गर्दै छ, भियतनामका विद्यालयहरू सबै बन्द छन् । सुरुङहरूमा प्राथमिक विद्यालय चल्दै छन् । विद्यार्थीहरूलाई शिक्षकहरूले कक्षाको कालो पाटीहरूमा अमेरिकी वमबर्षक हवाईजहाजहरू आफ्नो गाउँ माथि पुग्नुभन्दा पहिले नै आकाशमा गोली हान्दा ती शत्रुका हवाईजहाजहरूमा गोली लाग्नेछन्; ती एकएक गरेर चराजस्तै जल्दै खस्नेछन् भनी कक्षा लिँदै छन् ।”
त्यसपछि राम दाइले भियतनामका एक प्राथमिक विद्यालयका छात्रको एक कवितांश सुनाउनुभयो, ‘ए, मेरो प्यारो पहेँलो कुकुर ! हिजो राति पनि तिमीलाई मैले भाँडोमा भात राखेँ, आज त्यो भात त्यसै छ, तिमी कहाँ छौ मेरो पहेँलो कुकुर, म तिमीलाई कति माया गर्छु, आऊ मेरो पहेँलो कुकुर, सम्भवतः तिमी अमेरिकी बमको तल किचिएको होला, आऊ मेरो पहेँलो कुकुर, तिमी आएर तिम्रो भात खाई, मसँग लुटपुट खेल्न आऊ ।’
एक सासले सबैले कविता सुन्दै थिए । सबै भविष्यका युवा डाक्टरहरूको मनमा अमेरिकी साम्राज्यवादको विरोधमा आक्रोश र भियतनामी जनताप्रति सहानुभूति र मित्रताका भावनाको अनुभव हुँदै थियो ।
VIII
राम दाइलाई केरा दुई कारणले मनपथ्र्यो – एक, भारतको विहारमा त्यसबेला धेरै धेरै प्रकारका पाइने हुँदा दुई पैसाको पनि २–४ वटा पाइन्थ्यो । दुई, भात पकाइरहनु नपर्ने, चामल, दाल, मट्टीतेल वा कोइलाको जोहो गर्नु नपर्ने र कमजोर पेटको कारण पीरो वा अन्य मसलाबाट हुने खराबीको चिन्तै गर्नु नपर्ने र ग्लुकोज पनि हुने – खेलाडीहरूको समेत खाना । त्यसरी १०–१५ पैसाले एक दिन चल्थ्यो, चल्दै गयो तर पछि केरा किन्ने सामथ्र्य पनि नभएको स्थिति डाक्टर भाइले बुझे । डाक्टर भाइले १०–२० रुपैयाँको ठाउँमा २–४ सय भारुमै सहयोग गरे । त्यसपछि रामदाइले छिमेकीहरूको सल्लाहअनुसार पाहुना साथीहरूलाई पनि स्वस्थ र किफायतीमा छाकहरू तार्न आफ्नै भान्सामा खाना पकाउने निर्णय गर्नुभयो ।
मट्टीतेलको बत्तीबाट बाल्ने चुलो, दुई जनालाई मात्र दाल–भात पाक्ने स–साना डेक्ची, चार–पाँच जना साथीहरूको निम्ति दालभात र तरकारी पाक्ने डेक्ची र अरू भाँडाहरू र केही थाल रामदाइले किन्नुभयो । उहाँले छिमेकी दिदीबहिनीहरूको सल्लाहअनुसार दिनका – दिन सधैँ बजार (टाढा पसल) मा गइरहनु नपर्ने गरी दुई चार वटा काउली, केही पाउ आलु, पर्वल आदि तरकारीको पनि जोहो गर्नुभयो ।
आफ्नो घरमा कहिले केटाहरूले चुलोमा भात पकाउने चलन नहुँदा घरमा आमा, भाउजू र बहिनीहरूले मात्रै गर्ने काम केटा मानिसहरूले गर्दा तातो भाँडोको बिर्को कसरी खोल्नेजस्ता कुरा नबुझ्दा भापले पोल्नु त स्वाभाविक थियो । त्यसबेला राम दाइ आफूलाई सा¥है सोझो र व्यावहारिक काम नजान्ने व्यक्तिको रूपमा लिनुहुन्थ्यो । तर, घर छिमेकीका साना नानी र भाउजूहरूको हाँसो भरेका सल्लाह र सुझावपछि राम दाइ लामा लामा सास फेरी आफ्नो कमजोर मनलाई अलि हलुङ्गो पार्नुहुन्थ्यो ।
दाजु नगर र बस्तीको दायाँ बायाँ र पूर्व पश्चिमको आधा घण्टासम्मको दूरीमा गएर नेपालीहरूको सङ्गठन गर्न चाहनुहुन्थ्यो । तर, बस्ती वा नगरको बाहिरी फेरामा नेपालीहरूसँग भेट्न जाँदा त्यहाँका एक बुद्धिजीवीले उहाँलाई सम्झाउनुभयो, “हेर्नुस् बहादुरजी, तपाईँ त पढे–लेखेको मानिस देखिनुहुन्छ, यहाँका घर र छाप्राहरूका नेपालीहरू त जुवा खेलाउने, जाँड रक्सी बेच्ने भट्टी पसल राख्थे र स्वास्नीमानिस बेच्ने पसल र नराम्रा व्यापार गर्छन् । तपाईँ नगर बाहिर घुमफिर नगर्नुस् ।”
विदेशमा नेपालीहरूको स्थिति बुझेर केही समय रामदाइ सुस्केर हालेर कसरी सङ्गठन गर्ने विषयमा चिन्तित हुनुभयो । नेपाल र नेपालीसम्बन्धी एउटा लेखमा उहाँले पढ्नुभयो, ‘नेपाल भनेको दरवान (पाले), कुल्ली (ज्यामी) र पिउनको देश हो, यसले बेलायती साम्राज्यवादीहरूलाई गोर्खाली सिपाहीँहरू बेच्छन् र ‘कान्छीहरू’ बेच्ने देश हो’ आदि ।
केही नेपाली युवाहरू कारखानामा काम गर्छन्, त्यहाँका श्रमिकहरू नियमअनुसार केही महिना वा केही वर्ष काम गरेपछि ज्यालादारी, अस्थायी र स्थायी गर्नुपर्ने तथा स्थायी भएपछि पेन्सन र अन्य सुविधाहरू पनि दिनुपर्ने हुन्छ । तर, कारखानाकै मालिकहरूले केही आफ्ना दलालहरूमार्फत स्थायी हुने दुई–चार दिन अगाडि रक्सी ख्वाएर कारखानाका दुई–चार वटा सामान एक ठाउँबाट अर्को ठाउँमा राख्न पैसा दिन्छन् र भोलिपल्ट त्यही सामान चोरी भएको मुद्दा लगाई त्यस नेपाली युवालाई कारखानाबाट निकालाको पुर्जी दिने गर्छन् । केही दिनपछि त्यस नेपाली युवालाई फेरि ती नै दलालहरूमार्फत ज्यालादारी अस्थायीको लाममा राख्न लगाई शोषण र अन्याय गर्छन् ।
भारतमा नेपालीहरूको त्यो स्थिति देखेपछि २००८ सालदेखि २०१२–१३ सालसम्मको बारा, पर्सा, रौतहट, सिराहा, सप्तरीको किसान आन्दोलन के कसरी भएको र त्यसको परिणामबारे जानकारी राख्न ती सबै ठाउँका पुराना किसान कार्यकर्ताहरूलाई पालैपालो कक्षा सञ्चालन र त्यसबेलाको रिपोर्टहरूको सङ्कलनमा उहाँ लाग्नुभयो । तर, त्यसबेलाको किसान आन्दोलन एक प्रकारको स्वयंस्फूर्त भएकोले माक्र्सवादी आन्दोलनतर्फ जानुभन्दा आर्थिक आन्दोलनको रूपमा अगाडि बढेको थियो । पुराना किसान नेता र कार्यकर्ताहरूलाई आवश्यक ज्ञानको अभावको कारण सबैजना पद, पैसा र पुँजीवादीहरूको आर्थिक सहयोगमा फसे । अन्ततः त्यसले पार्टी र सङ्गठनलाई विघटनमा पु¥यायो । २०१३ सालको नेपाल कम्युनिस्ट पार्टीको दोस्रो अधिवेशनमाती जिल्लाका नेताहरूको बहुमत डाक्टर माझी र डी.पी. अधिकारीहरूको पक्षमा गए । डी.पी. अधिकारीलाई पनि पछि मनमोहन अधिकारीकै सहयोगले पञ्चायती सरकारसम्म पु¥यायो ।
यसरी विविध पत्रपत्रिकाको माध्यमबाट र दाइकै विभिन्न कक्षा सञ्चालनको सिलसिलाका कुराबाट उपर्युक्त जानकारी प्राप्त भएको हो ।
महिलाहरूको बैठकमा सीताजीले आफ्नो रिपोर्ट टुङ्ग्याइन् ।
Leave a Reply