रसुवा भोटेकोसी बाढी–पहिरोको क्षतिले नेपालमा विश्व तापक्रमको वृद्धिमा ध्यान दिलायो
- भाद्र २२, २०८३
राजधानीका तीन सहरमध्ये कुनै बेला भक्तपुर सबैभन्दा पिछडिएको, अशिक्षित र गरिब सहर थियो । भक्तपुर इतिहासमा एक सुन्दर राजधानी, अनेक मठमन्दिर एवं सांस्कृतिक धरोहर र ऐतिहासिक स्मारकहरूको क्षेत्र थियो । तर, राणाकालका शासकहरूले देश र जनताको जीवन र देशलाई सुधार गर्नुभन्दा शोषणलाई प्राथमिकता दिए । त्यही सिलसिलालाई २००७ सालपछि जनताका सरकार भन्ने शासकहरूले पनि खासै ध्यान दिएनन् । पञ्चायतकालमा पनि जनताको रोजगारी शिक्षा र सफाइमा खासै ध्यान दिइएन ।
त्यसपछि नयाँ पुस्ताका युवा किसान कार्यकर्ताहरूलाई रातिराति किसानहरूको पाठशालाहरू खोले । त्यसपछि किसान महिलाहरूको रात्री स्कूलहरू खोले । त्यसको केही वर्षपछि टोलटोल र केही गाउँहरूमा युवाहरूले पाटीपौवाहरूमा स–साना बालबालिकाहरूलाई स्वयम्सेवकहरू भई पढाउन थाले । त्यसको पनि दसौँ वर्षपछि मात्र बल्ल बल्ल पञ्चायत सरकारले एक दुई वटा प्राथमिक विद्यालयलाई स्वीकृत दिएको थियो ।
जनताले बुझ्न थाले, आफ्नो आवश्यकताको निम्ति सरकारको मुख ताक्नुभन्दा स्थानीय जनताले नै आपसमा छलफल र बैठक बसी काम गर्नु छिटो हुन्छ । २०१९ सालपछि गल्ली र गाउँका किसानहरू जनप्रतिनिधिमा आफ्ना आवश्यकता आफैँले बुझे । नगरपालिका पनि ‘खानेपालिका’ को सट्टा जनताको पालिका बनाए । गाउँ र गल्लीका किसान, सिकर्मी, डकर्मी र सारा किसान जनता मिलेर टोलटोलको पोखरी सफाइ र मर्मतको पनि काम थाले, गल्लीहरूमा ढल सफा गरेर बाटाहरूको मर्मत र सम्भार गरे, सरकारको मुख ताक्न छोडे ।
किसान जनतालाई दुःख दिने, बाली खाइदिने, धर्मको नाममा छोडेका साँढेहरूलाई नगरकोटको वनमा धपाउने कार्य गरे । तर, स्थानीय सामन्तहरूले साँढे धपाउने राम्रो काम गर्ने जनतालाई शारीरिक आक्रमण गरी निहत्था धेरै किसानहरूलाई घाइते बनाए । किसान जनताले थाहा पाए कि स्वीकृत पाएर गरेको कार्यलाई समेत प्रशासकहरूले स्थानीय प्रतिक्रियावादीहरूको कुरा सुनी जनतालाई थुन्ने र मुद्दा लगाउने काम गरे । किसानहरूले पक्राउ परेका कार्यकर्ता छुटाउन ‘साँढे धपाउ आन्दोलन’ चालु राखे ।
देशमा भूमिसुधार लागू भयो । भूमिसुधारको ऐनअनुसार किसानले धानबालीको २ भाग र जग्गा धनीले एक मात्र पाउने भए । गहुँबाली सबै जोताहाकै हुने भयो । किसानले ऋण लिएकोमा सावाँभन्दा ब्याज बढी तिरिसकेको भए ऋण तिर्न नपर्ने भयो । ज्याला नदिई मालिककहाँ काममा जानुपर्ने बेठ–बेगारी जानै नपर्ने भयो ।
भूमिसुधारको नयाँ बन्दोबस्तले जोताहा किसान जनताको जीवन स्तरमा बिस्तारै परिवर्तन भयो । एक दुई वर्षभित्र किसानहरूको घरघरमा पानी चुहिएको छाना मर्मत गर्न र विद्यालयहरूमा केटाकेटीको भर्नाको सङ्ख्या दोब्बरभन्दा बढी देखियो ।
तर, जग्गा धनीहरूले किसानलाई बाली बुझाएको भर्पाई दिन मानेनन् । भरपाईबिना किसानले पनि बाली तिर्न मानेनन् । बाली नतिरेको निहुँमा किसान जग्गाबाट बेदखल वा निष्कासन हुने सम्भावना भयो । त्यसैले भर्पाई आन्दोलन सुरु भयो । तर, प्रशासकहरूको मिलेमतोमा जग्गा धनी र जोताहा किसानबिच कानुनी र गैरकानुनी सङ्घर्ष हुँदा किसान कार्यकर्तामाथि कुटपिट र लुटपिटको मुद्दा चलाइयो । केही किसान कार्यकर्ताहरू कारागारमा बन्दी बनाइए । किसानको पक्षमा केही वर्ष ‘बाली काट्ने आन्दोलन’ चल्यो र केही किसान कार्यकर्ता पक्राउ परे ।
२०२०–२२ सालतिर मेक्सिकोमा विकास गरिएको ‘लेमा गहुँ’ को बीउ भक्तपुरमा परीक्षण गरियो । एक रोपनीमा दुई मुरी मात्र फल्ने खेतमा लेमा गहुँ ६ मुरी सजिलै उब्जनी भयो र छ्वाली पनि दोब्बरभन्दा बढी भयो । एकातिर किसानले गहुँ तिर्नै नपर्ने र अर्को तिर गहुँ पनि धेरै फल्दा किसानहरूको जीवन स्तरमा प्रस्ट परिवर्तन देखियो । त्यस्तै धानबालीमा पनि ताइचिन नयाँ बीउले धानबालीमा उल्लेखनीय वृद्धि भयो ।
किसान जनताको आर्थिक जीवनमा आएको सकारात्मक परिवर्तनले भक्तपुर जिल्लाको सहर, बजार र पसलहरूको आम्दानीको स्रोतमा उल्लेखनीय वृद्धि भयो । त्यसमा चिया पसल, धागो र चुरा पसल, धुप र बत्ती र अन्य धार्मिक कार्यको निम्ति चाहिने माल सामानको व्यापार बढ्यो । टोपी, लुगा, जुत्ता र महिलाहरूको श्रृङ्गारको सामान र विद्यालयको भर्नाको सूची पनि वृद्धि हुँदै गयो ।
भ्रष्टाचारी सहकारी संस्थाको विरोध
तीन महिनासम्म मात्र खान पुग्ने जोताहा किसान अथवा गरिब किसानहरूको निम्ति खेतीपातीको बेला मल, बीउ र ज्याला दिन पनि रकम नहुने र बढी ब्याज दिएर ऋण तिर्नुपर्ने स्थितिबाट मुक्त पार्न सहकारी संस्थाको बन्दोबस्त गरियो । भूमिसुधारको ऐनअनुसार धनी किसानले अलि बढी तथा मध्यम र गरिब किसानले अलि बढी बचतकोषमा राख्ने नियम बनाइएको थियो । जग्गाधनीहरूले पनि अलि कम बचतकोषमा बाली अथवा रकम जम्मा गर्नुपर्दथ्यो ।
‘धान रोप्ने र गहुँ छर्ने’ कामपछि ‘भक्तपुरको नवदुर्गा सहकारी संस्था’ ले चितवन र मकवानपुर (हेटाँैडा) बाट मकै, तोरी र रासायनिक मलको व्यापार गथ्र्यो । तर, ‘सहकारी संस्थाका कार्यकारी अधिकारीहरू’ ले त्यसको हिसाब नराखी भ्रष्टाचार गरेको देखियो । संस्थाका सदस्यहरूलाई हिसाब नदेखाए ऋण नतिर्ने अडान लिएपछि प्रशासनले नक्कली साधारणसभाबाट पुरानै पदाधिकारीहरू निर्वाचित भएको निर्णय तयार ग¥यो । त्यसको विरोधमा नेपालमा पहिलो पटक सहकारी संस्थाको भ्रष्टाचारविरोधी सङ्घर्ष भयो । झन्डै दुई वर्ष भ्रष्टाचारविरोधी आन्दोलन भयो’ धेरै किसान कार्यकर्ताहरू बन्दी बनाइए ।
राजनीतिक चेतना र साम्राज्यवादविरोधी सङ्घर्ष
टोलटोलमा किसानहरूको रात्रि कक्षाहरू सञ्चालनमा वर्णमालाको सावाँ अक्षर लेख्न र पढ्न सिकाइन्थ्यो । स–साना हिसाब र भूगोल पढाइन्थ्यो । बिस्तारै महादेशहरू तथा बेलायती पुँजीवादी क्रान्ति, अमेरिकी स्वतन्त्रता आन्दोलन र फ्रान्सेली क्रान्तिका छापाहरूमार्फत जानकारी दिइन्थ्यो ।
पछिपछि युरोपका मजदुर आन्दोलनहरू, पेरिस कम्युन र रुसी समाजवादी क्रान्तिसम्म परिचय गराइयो ।
दोस्रो विश्वयुद्धपछि कोरियाली जनताको पितृभूमिको रक्षामा १९५० देखि १९५३ सम्मको सङ्घर्ष भियतनामी जनताको अमेरिकाविरोधी सङ्घर्ष, इन्डोनेसिया, अफ्रिका र क्युवाको समाजवादी क्रान्तिबारे पनि शिक्षित गरिन्थ्यो । यसलाई अन्तर्राष्ट्रवादी आन्दोलनहरूको सङ्घर्षको रूपमा लिइन्थ्यो ।
यसकारण, नेपालमा अमेरिकी साम्राज्यवादले भियतनाममाथि गरेको आक्रमणको विरोध नेपालमा पहिलो जुलुस भक्तपुरमा भएको थियो । त्यसपछि बरोबर आजसम्म विभिन्न देशमा भएको साम्राज्यवादविरोधी सङ्घर्षहरूको समर्थनमा प्रदर्शन भइरहेको छ । राजनीतिक चेतनाले अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्ष स्वाभाविक हुँदै गयो ।
Leave a Reply