मुखौटाभित्रको राजनीति
- फाल्गुन १, २०८२
युवाजन
सगरमाथाको देशका धरती पुत्र
पवित्र भूमिमा आफ्नो बाहुबलले
परिश्रम गरेर दुःखकष्ट भोगिरहेका
यो वर्तमान युगमा सङ्घर्ष गरिरहेका नौ जवान
यो जन्मभूमिको सपुत सन्तान भएर
आफ्नो प्रतिभाले राष्ट्रको योगदान गरेर
मानव सेवा गर्नु छ यो श्रमभूमिमा
जहाँ भोकको वेदनाले सताइरहेको बस्तीमा
आफू बलेर उज्यालो दिनु छ अँध्यारो पथमा
सदाचारी, संयमित बनेर देखाउनु छ मातृभूमिमा
अन्याय र शोषणको विरोधमा कदम चालेर
पीडितहरूलाई दुःखकष्टबाट मुक्त गर्नु छ यो शान्तिभूमिमा
प्रत्येक युवाको विरोधको आवाजमा
राष्ट्रको मुहार फेर्ने परिवर्तनको स्वर गुञ्जिरहन्छ
मुटुभरि आगो मुखभरि ज्वाला बोकेर आएका
युवाजनको जागरणको अभियानले देश जाग्छ
अनि यो धरतीमा नयाँ जनयुग प्रारम्भ हुन्छ ।
वृद्धजन
सदियौँदेखि यो पुण्त्ूमिमा
अपार महिमाले भरिपूर्ण योगदान दिएर
कलिलो हँसिलो संसारको न्वारान गरेर
सङ्घर्षमयी जीवनचक्रमा बाँचिरहेका ज्येष्ठ नागरिक
भोक र रोगबाट पीडित भएर
पातलो जीर्ण शरीर लिएर
निधारभरि चाउरिएको अनुहार बोकेर
हुर्कदै, ढल्कँदै समय बिताइरहेका अनुभवी मानव
यो अत्यासलाग्दो पथमा
आफ्नो प्रत्येक परिश्रमको इतिहास
आफ्नै पौरखले स्वाभिमानी भएर पाइला चाल्ने
सामाजिक परिवर्तन गरेर अघि बढ्ने साहसी व्यक्ति
यो नवयुगको आकाशमा
प्रत्येक अग्रजहरूको अतीतको सेवा र तपस्या
यो मातृभूमिको लागि एक पथ प्रदर्शक हो
आफ्नै शक्ति आफ्नै भक्तिले अघि बढिरहेका
यो ज्ञानभूमिका धरतीका ज्योति वृद्धजन
Leave a Reply