भर्खरै :

मुखौटाभित्रको राजनीति

मुखौटाभित्रको राजनीति

सत्ययुगमा शत्रु टाढा अर्कै लोकमा हुन्थे रे,
त्रेतामा तिनै शत्रु एउटै भूगोलमा उत्रे ।

द्वापरमा त ती शत्रु एउटै घरभित्रै आए,
अहिले त नेताकै एउटै शरीरमा दुवै रूप अटाए ।

मुखमा मीठो ‘राम–राम’, बगलीमा ‘तँछाड–मछाड’ छ,
बाहिर सुशासनको भाषण, भित्र सेटिङको पहाड छ ।

चुनावअघि देवताजस्ता, जितेपछि दैत्य बन्छन्,
कुर्सीका लागि आफ्नै सिद्धान्तलाई लात हान्छन् ।

हिजोका शत्रु आज घाँटी जोडेर ‘गठबन्धन’ गर्छन्,
जनतालाई ढाँटेर आफ्नै खल्ती र ढुकुटी भर्छन् ।

हिजोको महाभारत घरमा थियो, आज मनभित्र छ,
स्वार्थ मिल्दा देवता यहाँ, नमिल्दा दानवको चित्र छ ।

चिन्नै गा¥हो भो यहाँ, कसको कुन असली अनुहार हो ?
सबैको एउटै नियति— कुर्सी नै जीवनको आधार भो ।
युग फेरियो, पात्र फेरिए, तर प्रवृत्ति उस्तै छ,
देश बनाउने सपना यहाँ, फेरि पनि अलपत्रै छ ।

यही अँध्यारो चिर्न अब, आशाको एउटा दियो बल्नुपर्छ,
सिद्धान्तको राजनीति बोकी नेमकिपा अघि बढ्नुपर्छ ।

न झुक्ने कतै, न बिक्ने कतै, जसको चट्टानी अडान छ,
विस्तारवाद र साम्राज्यवादविरुद्ध यसैको छुट्टै सान छ ।

संशोधनवादको जालो च्यात्न, रगत–पसिना बगाउँछौँ,
विदेशी हस्तक्षेपका विरुद्ध, सधैँ औँला उठाउँछौँ।

आदर्श समाजको स्थापना नै, हाम्रो अन्तिम लक्ष्य हो,
देशभक्त र क्रान्तिकारीको, यो एक मात्र पक्ष हो ।

नझुकौँ अब मुखौटामा, नभुलौँ स्वार्थी चालमा,
देश जोगाउन इमानदार ‘छाप’ लगाऔँ ‘मादल’ मा ।

शोषित–पीडित जनताको, गुन्जियोस् अब एउटै स्वर,
नेमकिपाकै झण्डामुनि, गोलबन्द बनौँ चारैतर्फ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *