उठ जाग ए श्रमिक हो
- असार ५, २०८३
लघु कथा
देशकै एउटा ठुलो नमुना विद्यालयमा कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्न भव्य स्वागत कार्यक्रम भइरहेको थियो । नवआगन्तुक विद्यार्थीहरूबाट खचाखच भरिएको सभास्थलको मञ्चमा विभिन्न विशिष्ट व्यक्तित्वहरू प्रमुख अतिथि र अतिथिका रूपमा विराजमान थिए । उक्त सभास्थलमा दुईजना मेधावी नवआगन्तुक विद्यार्थी छात्राहरू उहाँ अतिथिहरूका महत्वपूर्ण मार्गदर्शन मन्तव्य अभिरुचिपूर्वक ध्यान दिएर सुन्दै टिप्दै थिए । तालीको गड्गडाहत आवाजले निलो सफा आकाश गुञ्जिरहेको थियो ।
त्यसक्रममा अतिथि स्थानीय सरकार नगरपालिकाले जनताको साथ र सहयोगमा जनताकै सेवामा निःस्वार्थ सेवा गरिरहेको देशकै नमुना अस्पतालमा डाक्टर सापले नवआगन्तुक विद्यार्थी भाइबहिनीहरूलाई स्वागत गर्दै भन्नुभयो, “विद्यार्थी भाइबहिनीहरू, तपाईँहरू अनुशासित संस्कारी भएर मेहनत गर्नुहोस् । सफलताको पछाडि तपार्इँहरू होइन बरु सफलता तपाईँहरूको पछिपछि सँगै आउनेछ । तपाईँहरूले आफ्नो सपना पनि देख्नुहोस् अनि देशको देशको सपना पनि देख्नुहोस् । डाक्टर, इन्जिनियर, वकिल, पाइलट, वैज्ञानिक, अर्थशास्त्र, भूगोल, कृषि कूटनीति आदि जुनसुकै विषय लिएर पढ्नुहोस् । देशमै पढ्नुहोस् वा विदेशमा राम्रोसँग पढ्नुपर्यो । तर, आफ्नो मातृभूमिमै फर्केर देशको सपना पूरा गर्न म शुभकामना दिन्छु । तपाईँहरूलाई यहाँसमम आइपुग्न देशको ठुलो माया, लगानी छ । त्यसलाई भुल्नुहुँदैन ।
ती दुई विद्यार्थी बहिनीमध्ये एक बहिनीले आश्चर्य भन्दै भनिन्, ‘कस्तो डाक्टर साप होला है ¤ हामीलाई त राम्रोसँग पढ्नु, विदेशमा जान अनि त्यही ठुलो डाक्टर बनेर डलर कमाउनु, रमाउनु त्यही बसेर विदेशीको सेवा गर्न भन्लान्, आशीर्वाद देलान् भनेको त पढेर, सिकेर फेरि मातृभूमिमै फर्केर आउनू । देशको सपना पो देख्नु, पूरा गर्नु भन्नुहुन्छ ? म त उच्च शिक्षा प्राप्त गरेर विदेश जान्छु । त्यही ऐन आराम गरेर रमाएर बस्छु । आ….. होइन साथी ?
साथीको विचारसँग विमति जनाउँदै उनलाई साथीले सम्झाइन, “देशको सपना देख्नु भनेको त राम्रो विचार हो ! हरिबहादुर श्रेष्ठले लेख्नुभएको पुस्तक ‘मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी’ पढ्नुस न । देशको सपना हामी युवा विद्यार्थीले पूरा नगरे कसले गर्छ ? विदेशी आएर गर्दैन, क्यारे । अस्ति मेरो अङ्कलले भन्दै, हुनुहुन्थ्यो । उहाँ डाक्टर साप त शनिबार पनि जनताको सेवा गरिरहेको नाम चलेको अस्पतालको राम्रो डाक्टर हुनुहुन्छ रे । उहाँको नेतृत्वमा त्यस अस्पतालका सबै डाक्टरहरू कर्मचारीहरू जनतालाई सहज सेवा दिन रातदिन मौरीजस्तै खटिनुभएको छ रे ! त्यसैले त्यहाँ देशभरका जनता उपचार गर्न आइरहेका छन् रे । त्यस्तो देशभक्ति विचार र आचारण भएका डाक्टरहरू देशभरिको अस्पतालमा, स्वास्थ्य केन्द्रमा भइदिएको भए, त्यसमा सरकारले पनि प्राथमिकता दिएर खुला मनले साथ र सहयोग दिएको भए कस्तो जाती हुन्थ्यो । पूर्व–पश्चिम दुर्गम सबैका जनता ऋण काढी, खाइनखाई दुःख कष्ट सहेर उपचार गर्न राजधानी आउनुपर्ने थिएन । सबै गाउँ गाउँमा सहज उपचार पाउँथे । कान चिरेको मात्र सरकार आउँछ । देशको यहीँ दुर्भाग्य छ । ए त्यसो पो ! मलाई त त्यस्तो कुरा केही थाहा छैन । तिमीलाई सबै कुरा थाहा रहेछ । पढेर मात्र नहुँदो रहेछ है ? ल साथी हामी पनि ठुलो डाक्टर बनेर उहाँ डाक्टर सापजस्तै, उनीहरूले देखाउनुभएको देशको सपना पूरा गर्न आजैदेखि कम्मर कसे भन्दै कार्यक्रम सकेकोले दुबै अरुसँगै चियापानतर्फ लागे ।
Leave a Reply