भर्खरै :

कसरी नयाँ होला ?

कसरी नयाँ होला ?

आन्दोलन त
सुन्दर समाजको लागि हो
देश जलाउनु
कसरी आन्दोलन होला ?
देश जलाउनेहरू
कसरी जनप्रतिनिधि होलान् ?
कसरी सरकार होला ?
रेडिट र डिस्कर्डमा
पेट्रोल बम ल्याउनु
सरकारी सम्पत्ति जलाऔँ भन्नेहरू
कसरी आन्दोलनकारी होलान् ?
भदौ २३ गते
निहत्था जनतालाई गोली हान्नेहरू
भदौ २४ गते
देशभरि आगो लगाउनेहरू
कसरी दोषी नहोलान् ?
पुरानैसँग भागबन्डा गरी
उपप्रधानमन्त्री खानेहरू
प्रधानमन्त्री भएर पनि
उही थोत्रो बाटोमा हिँड्नेहरू
कसरी नयाँ होलान् ?
२०८३ असार ५ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *