यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २ भदौ । हरेक योग्य व्यक्तिको सफलतामा महिलाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । माक्र्सको जीवनीमा पनि यस्तै भूमिका उहाँकी पत्नी जेनीले निभाएकी थिइन् ।
उक्त विचार नेपाल प्राध्यापक समाज, वागीश्वरी मावि÷कलेजको आयोजनामा शनिबार भएको विश्व सर्वहारा वर्गका महान गुरु कार्लमाक्र्सको द्विशतवार्षिकीको अवसरमा भएको प्रवचन कार्यक्रममा नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाई व्यक्त गर्नुभएको हो ।
‘माक्र्स चिन्तनशील, अध्ययनशील र गरिब तथा निम्नवर्गका जनतामाथि भएको अन्याय अत्याचारविरुद्ध लड्ने महान् व्यक्ति हुनुहुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘जहाँ द्वन्द्व हुन्छ, त्यहाँ निश्चित रूपमा परिवर्तन हुन्छ । यही द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त माक्र्सले प्रतिपादन गर्नुभएको हो ।’
गोसाईले पुस्तक पढेरभन्दा व्यावहारिक रूपमा उतारेर माक्र्सवादी सिद्धान्तको प्रयोग गर्नसकिने बताउनुभयो । माक्र्सवादले कसैको दासत्व स्वीकार नगर्ने र स्वतन्त्ररुपमा मानवीय स्वतन्त्रतालाई अगाडि बढ्न दिने भएकाले नयाँ पुस्तालाई यससम्बन्धी चिन्तन गर्न दिनुपर्ने सुझाव व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले समाज विकासको सिद्धान्तलाई प्रतिपादन गर्ने कार्लमाक्र्सको सिद्धान्तलाई सबैले नियाल्नुपर्ने बताउनुभयो । उहाँले नेपालका कम्युनिष्ट पार्टीहरूले कम्युनिष्ट घोषणापत्रबारे अध्ययन नगरी एनजीओ÷आइएनजीओको दलदलमा फसेको स्पष्ट पार्दै भक्तपुर नगरपालिका एउटैमात्र एनजीओलाई प्रवेश नदिएको नेपालको एउटैमात्र नगरपालिका भएको बताउनुभयो । साथै नेपालमा प्रेस स्वतन्त्रता नभएकै बेला प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादीभित्र गई कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सफल नेपाल मजदुर किसान पार्टीले अँगालेको माक्र्सवादी सिद्धान्तअनुसार काम गरेकै कारण व्यक्तिगतभन्दा जनताको हितमा अगाडि बढेको उहाँको भनाइ छ ।
नेपाल प्राध्यापक समाजका केन्द्रीय कोषाध्यक्ष सुशीला कर्माचार्यले माक्र्सवादअन्तर्गत क्लारा जेटकिनको जीवनीबारे स्पष्ट पार्नुभयो । कार्यक्रममा आयोजक समितिका अध्यक्ष ग्याहेन्द्रप्रसाद दाहाल, निरु ताल्चाभडेल, उकेश सुवाल, राजन चौगुठीलगायतले माक्र्सवादको सान्दर्भिकता र सार्थकताबारे बोल्नुभएको थियो ।
Leave a Reply