नगरलाई शैक्षिक गन्तव्यस्थल मात्र नभई अनुसन्धानको केन्द्रको रूपमा विकास गर्नुपर्ने
- असार २, २०८३
सप्तरीको राजबिराजमा भइरहेको नेपाल क्रान्तिकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले शुभकामना सन्देश पठाउनुभएको छ । सन्देशको पूर्ण पाठ प्रस्तुत छ ः
नेपाल क्रान्तिकारी किसान संघ, दोस्रो राष्ट्रिय सम्मेलनमा उपस्थित सबै प्रतिनिधि, पर्यवेक्षक र सहभागी किसान साथीहरु ।
सप्तरी जिल्ला हिजो तराईका किसान आन्दोलनको एक महत्वपूर्ण क्षेत्र थियो । आज पनि तराईका किसान जनताको समस्या समाधान भइसकेको छैन । शासक दलहरुले शोषक, सामन्तहरु र पूँजीपति वर्गको मात्रै हितमा नयाँ–नयाँ ऐन कानुन बनाउँदैछन् । प्रतिनिधि सभा पनि शासक र शासक वर्गकै बैठक बन्दैछ । यसकारण देशका सबै किसान र मजदुरहरु आ–आफ्नो हित र अधिकारहरुको निम्ति एक हुनु आवश्यक छ ।
सप्तरीमा भइरहेको यस किसान सम्मेलनमा उपस्थित हुने मेरो ठूलो इच्छा थियो तर म झण्डै दुई महिनादेखि स्वास्थ्य उपचारको निम्ति अस्पतालहरु धाउँदै छु ।
म यस सम्मेलनमा उपस्थित हुन नपाएकोमा दुःखी छु । तर यस सम्मेलनमा किसान प्रतिनिधि, पर्यवेक्षक र सहभागी सबै साथीहरुलले बडो उत्साहका साथ सम्मेलनलाई सफल पार्नु हुने आशा एवं विश्वासका साथ शुभकामना व्यक्त गर्न चाहन्छु ।
पूर्ण स्वस्थ भए पछि म पुनः किसान साथीहरुको बैठकहरुमा उपस्थित भई कामदार जनताको सेवामा समर्पित हुनेछु । धन्यवाद ।
Leave a Reply