भर्खरै :

राजबिराजमा किसान संघको भव्य सम्मेलन, किसान आन्दोलनले जनताको हित हुने

राजबिराज, २८ माघ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले देशमा एउटा राजतन्त्र भएको तर सानेपा, पेरिसडाँडा र बल्खुमा नयाँ नयाँ राजाहरुको उदय भएकाले नेपाली जनताका समस्या अझै समाधान नभएको बताउनुभएको छ ।
सप्तरीको राजबिराजमा आजबाट शुरु भएको नेपाल क्रान्तिकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै नेपाल र भारतबीचको सीमाना नियमित गर्नुपर्ने माग गर्नुभयो ।

तथाकथित मधेसी दलका धेरै नेताहरु पटक पटक सरकारमा गएर मन्त्री बनिसकेको तर तराईका व्यापक कामदार जनताको पक्षमा केही काम नगरेको चर्चा गर्दै सचिव प्रजापतिले अंगीकृत नागरिकहरुलाई प्राकृतिक नागरिकसरह अधिकार दिए तराईका रैथाने नागरिक विस्थापित हुने अवस्था आउने बताउनुभयो ।

नेमकिपालाई तराईविरोध पार्टी भन्ने गरेकोमा आपत्ति जनाउँदै उहाँले नेमकिपा व्यापक काम गरी खाने जनताको लागि संसदभित्र र बाहिर संघर्षमा रहेको प्रष्ट पार्नुभयो ।
‘संसदभित्र बन्ने ऐन नियम कामदार जनताको हितमा बनाउन नेमकिपा संघर्षरत छ । ती कामदार जनता चाहे हिमालका हुन्, तराईका हुन् वा पहाडका ।’, उहाँको भनाई थियो ।
तथाकथित मधेसी दलका धेरै नेताहरु पटक पटक सरकारमा गएर मन्त्री बनिसकेको तर तराईका व्यापक कामदार जनताको पक्षमा केही काम नगरेको चर्चा गर्दै सचिव प्रजापतिले अंगीकृत नागरिकहरुलाई प्राकृतिक नागरिकसरह अधिकार दिए तराईका रैथाने नागरिक विस्थापित हुने अवस्था आउने बताउनुभयो ।
सप्तरी जिल्लालाई किसान आन्दोलनको जिल्लाको रुपमा व्याख्या गर्दै सचिव प्रजापतिले भन्नुभयो,‘जबसम्म व्यापक किसान आन्दोलनको उत्थान हुने छैन, तराईका बहुमत जनताको हित सम्भव छैन । तसर्थ तराईमा किसान आन्दोलनको विकल्प छैन ।’
नेमकिपाका केन्द्रीय सदस्य, नेक्राकिसंघका केन्द्रीय अध्यक्ष सांसद डिल्लीप्रसाद काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य दिनेशप्रसाद साह, बजीरसिं विक, नेक्रामसंघका केन्द्रीय उपाध्यक्ष कमलमैंया सुवाल, नेक्राविसंघका केन्द्रीय उपाध्यक्ष सरोजकुमार साह, नेक्रायुसंघका केन्द्रीय सदस्य मुक्ति यादव, किसान कार्यकर्ता डिगम्बर झा, नेक्राशिसंघका दीर्घबहादुर शाहीलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । सम्मेलन भोलि सम्म चालु रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *