नगरलाई शैक्षिक गन्तव्यस्थल मात्र नभई अनुसन्धानको केन्द्रको रूपमा विकास गर्नुपर्ने
- असार २, २०८३
भक्तपुर, २८ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले शुक्रबार एक कार्यक्रमबीच शिक्षक हरिप्रसाद बाँस्तोलाद्वारा लिखित ‘हरिबहादुर श्रेष्ठका कथाहरुमा पात्रविधान’ पुस्तक विमोचन गर्नुभयो ।
कार्यक्रममा बोल्दै उहाँले पूराना मान्यताहरु भत्काउन सकेमात्र नवीन विषयको विकास हुन सक्ने बताउनुभयो ।
विमोचित पुस्तकमाथि चर्चा गर्ने क्रममा टिप्पणीकारहरुले गरेका टिप्पणीहरु नयाँ लेखकहरुको निम्ति कक्षा सञ्चालन जस्तै भएकोमा खुसी व्यक्त गर्दै उहाँले कसैको लेखाई र बुझाई अनि अभिव्यक्ति शैली अनुभवसँगै स्तरवृद्धि हँुदै जाने अनुभव साट्दै भन्नुभयो,‘तर कतिपय नयाँ सिकारु लेखकहरु चाँडै आफ्नो शैली विकास नभएकोमा अधैर्य हुने गर्छन् ।’
जीवनीकार नरेन्द्र प्रसाईले प्रकाशित पुस्तकमाथि चर्चा गर्दै शोधग्रन्थलाई जस्ताको तस्तै प्रकाशित गर्नुभन्दा त्यसमा परिमार्जन सहित पुस्तकाकार दिन पाए राम्रो हुने विचार व्यक्त गर्नुभयो ।

साहित्यकार इन्दिरा प्रसाईले देश जातीय, भाषिक र क्षेत्रीय रुपमा विभाजित भएको आजको सन्दर्भमा एकजना ब्राह्मण शोधार्थीले एक जना नेवार लेखकको कृतिमाथि गरेको शोधले राष्ट्रिय एकताको समेत प्रबद्र्धन गरेको विचार व्यक्त गर्नुभयो ।
गरिमा साहित्यिक मासिकका पूर्व सम्पादक एवं कवि गोपाल पराजुलीले आफ्नो जीवनमा प्रभाव पार्ने दुई जना व्यक्तिहरुमध्ये एक जना वीपी कोइराला डिमोक्रेट भएकाले र नारायणमान बिजुक्छें असल देशभक्त र जनप्रिय नेता भएकोले प्रसङ्ग चर्चा गर्नुभयो ।
नेपाल साहित्य विकास परिषद् बेलायतका अध्यक्ष सुरेशजंग शाहले बेलायतमा बस्दै आएका नेपाली जनता नारायणमान बिजुक्छेंबाट प्रभावित भएको र उहाँलाई सुन्न आतुर भएका बताउँदै चाँडै नै बिजुक्छेंलाई बेलायतमा स्वागत गर्न पाउनेमा आशा व्यक्त गर्नुभयो ।
कार्यक्रमको आयोजक एवं पुस्तकका प्रकाशक नेपाल क्रान्तिकारी साँस्कृतिक संघका अध्यक्ष सुरेन्द्रराज गोसाईको सभापतित्वमा भएको कार्यक्रममा पुस्तकका लेखक हरिप्रसाद बाँस्तोला, का. रोहितको साहित्यिक व्यक्तित्व पुस्तकका लेखक डिल्लीराज जोशी, हरिबहादुर श्रेष्ठका कथाहरुबारे अर्का शोधार्थी रवीन्द्र न्हेम्हाफुकी, कवयत्री रुपकेशरी उलक र आयोजक समितिका सचिव अमोद उलकलगायतले बोल्नुभएको थियो ।
हरिबहादुर श्रेष्ठ नारायणमान बिजुक्छेंको साहित्यिक नाम हो । उहाँले लेख्नुभएका कथाहरुको संग्रह हरिबहादुर श्रेष्ठका कथाहरुमाथि विसं २०६७ सालमा हरिप्रसाद बाँस्तोलाले शोध गर्नुभएको हो ।
Leave a Reply