भर्खरै :

लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित ३ अपहरित

कैलाली, ४ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति नजिकिँदै गर्दा यहाँको लम्की बहुमुखी क्याम्पसका प्रमुख, सहायक प्रमुख र निर्वाचन समिति सदस्य अपहरणमा परेका छन् । आफ्नो मागको सुनावाइ नगरेको र स्ववियु निर्वाचन मिति नसारेको भन्दै विप्लव माओवादी निकट अखिल (क्रान्तिकारी)ले क्याम्पस प्रमुख भीष्म थापा, सहायक क्याम्पस प्रमुख कमल विष्ट र निर्वाचन समिति सदस्य अमर रावललाई नियन्त्रणमा लिई अपहरण गरेको हो । अपहरित तीनैजनालाई रोल्पा पु¥याइएको स्रोतले जनाएको छ ।
त्रिविले फागुन १४ गतेको निम्ति तय गरेको स्ववियु निर्वाचनप्रति असहमति जनाउँदै विप्लव माओवादी निकट अखिल (क्रान्तिकारी)ले निर्वाचन मिति सार्न पटक पटक दबाब दिँदै आएको थियो । त्रिविले सत्ताधारी पार्टीका विद्यार्थी संगठनहरुलाई मात्र काखी च्यापेर जबरजस्ती निर्वाचन गराउन लागेको र पार्टी महाधिवेशनका कारण तयारीको निम्ति समय अपुग भएको भन्दै अखिल (क्रान्तिकारी)ले विरोध जनाउँदै आएको थियो । शान्तिपूर्ण तरिकाले माग गर्दा नटेरेको भन्दै क्रान्तिकारीले बाध्य भएर दबाबमूलक कारबाही अघि बढाएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *