युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव सङ्कलन
- जेष्ठ २८, २०८३
काठमाण्डौ, ५ फागुन । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गतेको निम्ति तय गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हाललाई स्थगित भएको छ । विश्वविद्यालयको स्मृति हलमा जारी पदाधिकारी, डिन, क्याम्पस प्रमुखहरु र विद्यार्थी संगठनका नेताहरुको बैठकबाट फागुन १४ गते हुने भनिएको स्ववियु निर्वाचन मिति सार्ने निर्णय गरेको हो । प्रधानमन्त्री निवासमा बुधबार बसेको ३ राजनीतिक दलका नेताहरुको संयुक्त बैठकले पूर्व निर्धारित मिति मै निर्वाचन गर्न निर्देशन दिएको ४८ घण्टा पनि नवित्दै निर्वाचनको मिति सार्ने निर्णय भएको छ । बैठकमा विप्लव माओवादी निकट अखिल (क्रान्तिकारी)को पनि सहभागीता रहेको थियो । आफ्नो पार्टीको महाधिवेशनका कारण निर्वाचनको तयारी गर्न नपाएको भन्दै अखिल (क्रान्तिकारी)लगायतका केही विद्यार्थी संगठनहरुले निर्वाचन मिति सार्न माग गर्दै आन्दोलनका गतिविधिहरुलाई अघि बढाएको थियो । त्रिविमा जारी बैठकमा फागुनको १९ देखि २५ गतेमध्येको दिनलाई निर्वाचनको मितिको रुपमा घोषणा गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।
Leave a Reply