भर्खरै :

लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीनै प्राध्यापक अपहरणमुक्त

कैलाली, ५ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया अगाडी बढाएको भन्दै बुधबार लम्की बहुमुखी क्याम्पस परिसरबाटै अपहरणमा परेका क्याम्पस प्रमुख भिष्म थापा, सहायक प्रमुख कमल विष्ट र निर्वाचन समिति सदस्य अमर रावल विहिबार अपरान्ह अपहरणमुक्त भएका छन् । उनीहरुलाई अपहरणकारीले पथैया ३ अमौरी जंगलमा अपहरणमुक्त गरी छोडेको थियो । स्रोतका अनुसार अपहरणकारीले उनीहरुमाथि दुव्र्यवहार नगरेको मेडिकल रिपोर्टले देखाएको छ । अपहरणमुक्त प्राध्यापकहरुको किटानी जाहेरीका आधारमा अपहरणकारीहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक अर्जुनचन्द ठकुरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *