बजेटबारे वागीश्वरीमा अन्तरक्रिया
- जेष्ठ २७, २०८३
भक्तपुर, ७ फागुन । नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय समितिले गत माघ २८ र २९ गते सप्तरीको राजविराजमा सम्पन्न नेपाल क्रान्तिकारी किसान सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन सफल पार्न सहयोग पुर्याउनुहुने सबैमा धन्यवाद ज्ञापन कार्यक्रम शनिबार सम्पन्न गर्यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले नेमकिपाले स्थापना कालदेखि नै बहुमत किसानको हितको निम्ति कानुनी र गैरकानुनी सङ्घर्ष गर्दै आएको चर्चा गर्नुभयो ।
प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र गएर जनताको सेवा गर्ने र जनतालाई सचेत र सङ्गठित गर्ने लेनिनवादी नीतिअनुसार पञ्चायतभित्र र पूँजीवादी संसदभित्र गएर वैचारिक सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै अध्यक्ष (रोहित) ले क्रान्तिकारी संसदवाद नबुझेकाहरू र सैद्धान्तिक सङ्घर्षबाट टाढिएकाहरूले नेमकिपामाथि असैद्धान्तिक हमला गरेको बताउनुभयो ।
तराईका कामदार जनतालार्ई राणाकालदेखि र पञ्चायतकालदेखि शोषण र भेदभावपूर्ण व्यवहार भएकोले भारतीय विस्तारवादले चलखेल गर्ने मौका पाएको उहाँले बताउनुभयो ।
सप्तरी किसान आन्दोलन र कम्युनिष्ट पार्टीले मेहनत गरेको जिल्ला भएको उल्लेख गर्दै उहाँले सप्तरीमा नेक्राकिसङ्घको राष्ट्रिय सम्मेलन सम्पन्न हुनु खुशीको कुरा हो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सचिव सुनिल प्रजापतिले तराईमा किसान आन्दोलन उठाउनुपर्छ भनी वामपन्थी पार्टीहरूको बैठकमा राख्दै आएको बताउँदै किसान आन्दोलन उठेको भए साम्प्रदायिक र पृथकतावादी राजनीतिले ठाउँ नै पाउने थिएन भन्नुभयो ।
वर्गशत्रुले सधैं र सर्वत्र कामदार वर्गको आन्दोलन र कार्यक्रम बिथोल्न खोजेको बताउँदै नेक्राकिसङ्घको दोस्रो राष्ट्रिय सम्मेलन बिथोल्ने दुष्प्रयास हुनु अनौठो होइन भन्नुभयो ।
सप्तरीमा सम्पन्न नेक्राकिसङ्घको राष्ट्रिय सम्मेलनले तराईका जिल्लाहरूमा पार्टीका गतिविधि तीव्र रुपमा अगाडि बढाउनुपर्ने आवश्यकताबोध गराएको उहाँले बताउनुभयो ।
सभापतिको आसनबाट नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष एवम् सांसद डिल्लीप्रसाद काफ्लेले सम्मेलन सफल पार्न प्रत्यक्ष र परोक्ष रुपमा, आर्थिक, भौतिक र नैतिक सहयोग पु¥याउनुहुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले तराईमा विगतका ऐतिहासिक किसान आन्दोलनको भावना मर्न नदिन र बहुमत गरिब जनता उठाउन किसान आन्दोलन उठाउनुको विकल्प छैन भन्नुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले सबै शुभचिन्तकहरूको सहयोगले सम्मेलन सम्पन्न भएको उल्लेख गर्दै सबैमा आभार प्रकट गर्नुभयो । उहाँले शासक दलहरूले यसरी नै विदेशीको इसारामा काम गर्दै रहे देश प्रत्यक्ष विदेशीको हातमा जानसक्ने बताउँदै सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
विकल प्रजापति, केन्द्रीय सदस्य दिगम्बर यादव, भजिस सदस्य गंगाराम ज्याख्व र नेक्रायुसङ्घका केन्द्रीय सह–सचिव पाण्डव सुवालले पनि राष्ट्रिय सम्मेलनको विविध पक्षबारे समीक्षा गर्दै मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply