बजेटबारे वागीश्वरीमा अन्तरक्रिया
- जेष्ठ २७, २०८३
काठमाडौं, ७ फागुन । दसौं जनसाहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम शनिबार टोखामा भव्यरुपमा सम्पन्न भयो । साहित्य सम्मेलनमा थुप्रै पुराना तथा नयाँ साहित्य सर्जकहरूले आ–आफ्ना साहित्य रचना वाचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टी विदेश सम्बन्ध विभाग प्रमुख एवं सांसद प्रेम सुवालले साहित्य सर्जकहरूले देशको राजनीतिक स्थिति जनतालाई बुझाउन साहित्य सिर्जना गर्नुपर्ने बताउनुभयो ।
देशमा अझै वास्तविक प्रजातन्त्र आइसकेको छैन भन्नुहुँदै जनताको प्रजातन्त्र स्थापना गर्न अझै लामो सङ्घर्ष आवश्यक छ भन्नुभयो ।
निर्वाचन नगर्नेहरू र थ्रेसहोल्डका पक्षधरहरू प्रजातन्त्रविरोधी र प्रतिगमनका पक्षपाती भएको बताउँदै सांसद सुवालले जनताको राजनीतिक अधिकार खोस्ने र जनताका दलहरूलाई निषेध गर्ने उद्देश्यले थ्रेसहोल्ड ल्याइएको हो भन्नुभयो ।
सरकारले ल्याएको संविधान संशोधन गरिएमा देश विखण्डित हुने बताउँदै देशलाई जोगाउन संशोधनको निरन्तर गर्नुपर्ने र संशोधनका पक्षपातीहरू देशघातीहरू हुन्, भारतीय दलाल हुन् भन्नुभयो ।
नेमकिपाका अर्का सांसद अनुराधा थापामगरले साहित्यले समाजको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थालाई देखाउनेमात्र नभई परिवर्तनको आवाज मुखरित गर्नुपर्छ भन्नुभयो ।
उहाँले साहित्यमा सरकारमा गएका दलहरूको झुटा आश्वासन, भागवण्डा, भ्रष्टाचार, कुशासनबारे साहित्यमार्फत उदाङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाले नेपालको आन्तरिक मामिलामा विदेशी गुहार्ने राजनीतिक दल र त्यसका नेताहरूलाई कारबाही गर्ने ऐन ल्याउनुपर्ने आवाज संसदमा निरन्तर उठाएको उल्लेख गर्नुभयो ।
उहाँले पूँजीवादी व्यवस्थाको विरूद्ध समाजवादी व्यवस्थाको प्रचारमा साहित्यकारहरूले कलम चलाउनुपर्ने बताउनुभयो ।
वरिष्ठ पत्रकार भैरव रिसालले टोखा वामपन्थी आन्दोलनको महत्वपूर्ण ठाउँ भएको चर्चा गर्दै देशमा आमूल परिवर्तन अझै टाढा भएकोले टोखाका कामदार वर्ग र परिवर्तनप्रेमी जनताले अझै लामो सङ्घर्षको तयारी गर्नुपर्छ भन्नुभयो ।
उहाँले गीत–सङ्गीत र साहित्य जीवनको अभिन्न अंग भएको बताउँदै तर ती कर्णप्रिय र जनताको बोली बोल्ने हुनुपर्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाईले साहित्यमार्फत देशघातीहरूलाई उदाङ्ग्याउँदै व्यापक जनताबीच देशभक्तिपूर्ण भावना फैलाउनुपर्ने बताउनुभयो ।
देशको राजनीतिमा वैदेशिक हस्तक्षेपसँगै नेपाली समाजमाथि सांस्कृतिक हमला भइरहेको बताउँदै नेपाली समाजलाई विदेशी सांस्कृतिक हमलाबाट जोगाउन आवश्यक छ भन्नुभयो ।
प्रजग कोरिया र क्युवाजस्ता देश स–साना देशले पनि आफ्नो सार्वभौमिकता रक्षा गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरिरहेका छन् भन्दै देश भूगोलले सानो हुँदैमा सार्वभौमिकता सानो हुँदैन भन्नुभयो ।
जनसाहित्य समाज टोखाका अध्यक्ष शैलेश डंगोलको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसाललाई अभिनन्दन गरिएको थियो भने साहित्यकार प्रभात सापकोटा र शिक्षक सजीव था श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा साहित्य समाजका रणबहादुर डंगोल, सुनिता डंगोलले बोल्नुभएको थियो ।
प्रतियोगितात्मक साहित्यतर्फ कृषु दाहाल प्रथम, आकृति श्रेष्ठ द्वितीय, काजल श्रेपठ तृतीय हुनुभएको थियो ।
साहित्यिक कार्यक्रमपछि प्रगतिशील गीत, नृत्य र नाटक प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम पनि भएको थियो ।
Leave a Reply