नेपालको राजनीतिमा युवाहरूको भूमिका
- असार १, २०८३
काठमाण्डौ, १४ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर नेविसंघ र अनेरास्ववियुबीच प्रदर्शनी मार्गमा झडप भएको छ । २८ वर्षे उमेर हदबन्दीप्रति असन्तुष्ट पक्षले चुनावी प्रक्रिया सार्न माग गर्दै उपत्यकाका विभिन्न क्याम्पसहरुमा तालाबन्दी गरेको थियो । अनेरास्ववियुले निर्धारित मितिमै स्ववियु निर्वाचन गर्न माग गर्दै नेपाल मानविकी क्याम्पसमा प्रशासनलाई दबाब दिएपछि दुवै पक्षबीच विवाद भएको र सो विवाद झडपमा परिणत भएको स्रोतले जनाएको छ ।
अहिल नेपाल ल क्याम्पस र नेपाल मानविकी क्याम्पस वरपर नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरुबीच ढुंगा हानाहानको अवस्था रहेको छ । झडपलाई रोक्न नेपाल प्रहरीले हस्तक्षेप गर्दै भीडलाई नियन्त्रण लिन खोजिरहेको मजदुर संवाददाताले जानकारी दिएका छन् ।






Leave a Reply