आधारभूत चिनियाँ तथा जापानी भाषा तालिमका प्रशिक्षार्थीहरूको अभिमुखीकरण
- असार ३, २०८३
काठमाण्डौ, १४ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको निम्ति प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यक्रम आजबाट सुरु भएको छ । त्रिविले फागुन ६ गते सार्वजनिक गरेको स्ववियु निर्वाचनको संशोधित कार्यतालिकाअनुसार आज विभिन्न क्याम्पसहरुमा प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारी दर्ता भयो। केही क्याम्पसहरुमा शान्तिपूर्ण रुपमै उम्मेद्वारी दर्ताको प्रक्रिया सम्पन्न भयो भने उपत्यकाका अधिकांश क्याम्पसहरुमा फेरि पनि तालाबन्दी भएको स्रोतले जनाएको छ । २८ वर्षे उमेर हदबन्दीप्रति असन्तुष्ट समूहको अझै समाधान हुन नसकेको असन्तुष्टि र पदका लागि नेविसंघमा भएको झगडाका कारणले क्याम्पस क्याम्पसमा तालाबन्दी र झगडा भएको हो ।
शान्त रह्यो भक्तपुर
स्ववियु निर्वाचनको उम्मेदवारी दर्ताको प्रक्रिया भक्तपुरका दुवै क्याम्पसहरुमा शान्तिपूर्ण रुपमा सम्पन्न भएका छन् । भक्तपुर जिल्ला अन्तर्गत भक्तपुर बहुमुखी क्याम्पस र सानोठिमी शिक्षा क्याम्पसमा प्रत्यक्षतर्फका उम्मेदवारहरुको नामावली दर्ताको प्रक्रिया सम्पन्न भएका छन् । भक्तपुर बहुमुखी क्याम्पसमा हिजो (फागुन १३) दिउँसो १२ः०० बजेबाटै निर्वाचन आचारसंहिता लागु गरिएको छ भने सानोठिमी क्याम्पसमा निर्वाचन आचारसंहिता लागु गर्ने विषयमा सर्वदलीय बैठक भइरहेको जानकारीमा आएको छ । दुवै क्याम्पसका निर्वाचन समिति र विद्यार्थी संगठनहरु निर्धारित मितिमै चुनाव गराउने तयारीमा रहेका छन् ।
क्याम्पसहरुमा लाग्यो फेरि पनि ताला ः प्रदर्शनीमार्गमा नेविसंघ र अनेरास्ववियुबीच ढुंगा हानाहान
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, पुल्चोक ईन्जिनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस, नेपाल मानविकी क्याम्पसमा फेरि पनि तालाबन्दी भएको छ । नेविसंघभित्रका केही असन्तुष्ट पक्षहरुले अन्य केही संगठनहरुलाई साथमा लिई क्याम्पसहरुमा तालाबन्दी गरेको हो । त्रिवि केन्द्रीय क्याम्पसमा भने निर्धारित समयमै निर्वाचन प्रक्रिया अघि बढाउन माग गर्दै नेमकिपाको नेपाल क्रान्तिकारी विद्यार्थी संघले जुलुस र सभा गरेको छ । सभामा नेक्राविसंघका केन्द्रीय अध्यक्ष नीरज लवजू, केन्द्रीय सदस्यहरु सुरेश परियार र सृजना सैंजू र त्रिवि एकाइका अध्यक्ष गणेश थापालगायतले बोल्नुभएको थियो । अखिलले पनि त्रिवि केन्द्रीय क्याम्पसमा आचारसंहितको पूर्ण पालनाको माग गर्दै सभा गरेको थियो ।
दिनभर बसेको सबै विद्यार्थी संगठनका सर्वदलीय बैठकको अन्त्यमा निर्वाचन समितिले अर्को सूचना जारी नभएसम्मका लागि सबै निर्वाचन प्रक्रिया बन्द हुने बताइएको छ ।
नेपाल ल क्याम्पसमा तालाबन्दीका कारण चुनावी कार्यतालिका प्रभावित भएको छ । चुनावको मिति सार्न माग गर्दै नेविसंघलगायतका केही विद्यार्थी संगठनहरुले तालाबन्दी गरेपछि दल दर्तादेखिका कार्यक्रमहरु प्रभावित भएको थियो । आज बसेको सर्वदलीय बैठकमा निर्वाचन समिति र विद्यार्थी संगठनहरुबीच सहमति जुट्न नसकेपछि क्याम्पस प्रशासनले मौखिक रुपमै अनिश्चित समयसम्मको निम्ति स्ववियु निर्वाचन स्थगित गरेका छन् । नेक्राविसंघ र अनेरास्ववियुले भने निर्धारित मिति मै चुनाव गराउन माग गर्दै क्याम्पस प्रशासनको विरोध गरेका छन् ।
नेपाल मानविकी क्याम्पसमा उम्मेदवारी दर्ता प्रक्रियाकै विषयलाई लिएर नेविसंघ र अनेरास्ववियुबीच ढुंगा हानाहान भएको छ । उम्मेदवारी दर्ता प्रक्रियालाई बीचैमा रोकी नेविसंघले तालाबन्दी गरेपछि क्याम्पस परिसरबाटै भएपनि दर्ता प्रक्रिया अघि बढाउन अनेरास्ववियुले निर्वाचन समितिलाई दबाब दिएको थियो । सोही क्रममा दुई संगठनबीच विवाद भएपछि सोही विषयमा दुवै संगठनको झडप भएको थियो । विद्यार्थीहरुले आरआर क्याम्पसको स्टोर कक्षमा आगजनी गरेका छन् ।
त्यस्तैमा पनि तालाबन्दीका कारण चुनावी कार्यक्रम विथोलिएको छ ।
त्यस्तै पुल्चोक ईन्जिनियरिङ क्याम्पस, ताहाचालस्थित महेन्द्ररत्न क्याम्पस र जनप्रशासन क्याम्पसमा पनि तालाबन्दीका कारण चुनावी कार्यतालिका प्रभावित बनेको छ । नेविसंघले विभिन्न माग राख्दै तालाबन्दी गरेपछि प्रत्यक्षतर्फका उम्मेदवार दर्ता प्रक्रिया रद्द भएको हो । नेविसंघका विद्यार्थीहरुले चुनावी प्रक्रिया अघि बढाएको भन्दै जनप्रशासन क्याम्पसमा तोडफोड गरेका छन् ।
पद्मकन्या क्याम्पसमा उम्मेद्वारी दर्ताको समय शुरु हुनु अघि नै केही विद्यार्थीहरुले तालाबन्दी गरे पछि निर्वाचन प्रक्रिया ठप्प भएको छ ।
त्रि–चन्द्रमा भने खुल्ने भो ताला
आज भएको सर्वदलीय बैठकबाट त्रि–चन्द्र क्याम्पसमा लागेको ताला सहमतिमा खुल्ने भएको छ । तालाबन्दीका कारण त्रिचन्द्र क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढ्न सकेको थिएन । निर्वाचन समितिले आज मतदाता नामावली प्रकाशन गर्ने र भोली १० बजे ताला खोलेलगतै कार्यतालिकाका अन्य प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ । क्याम्पसले आजबाट निर्वाचन आचारसंहिता लागु गरेको छ ।
Leave a Reply