भर्खरै :

काठमाण्डौ उपत्यकाभित्र उम्मेदवारी दर्तामा नेक्राविसंघ सबभन्दा अगाडी

काठमाण्डौ, १४ फागुन । नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघले देशका करिब २० वटा क्याम्पसहरुमा स्ववियु निर्वाचनको निम्ति आफ्नो उम्मेदवारी दर्ता गराएको छ । संघले काठमाण्डौ उपत्यकाका ७ र उपत्यका बाहिर करिब १३ वटा क्याम्पसहरुमा उम्मेदवारी दर्ता गराएको हो । हालसम्म प्राप्त जानकारी अनुसार काठमाण्डौ उपत्यकाभित्र अन्य विद्यार्थी संगठनहरुलाई उछिन्दै नेक्राविसंघले सबैभन्दा बढी क्याम्पसहरुमा आफ्नो उम्मेदवारी दर्ता गराउन सफल भएको छ ।

नेक्राविसंघले उम्मेदवारी दर्ता गराएको क्याम्पसहरुको नामावली

१. भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुर
२. सानोठिमी शिक्षा क्याम्पस, भक्तपुर
३. नेपाल ललितकला क्याम्पस, किर्तिपुर
४. थापाथली क्याम्पस, काठमाण्डौ
५. रत्न राज्यलक्ष्मी क्याम्पस (मानविकी), प्रदर्शनीमार्ग
६. जनप्रशासन क्याम्पस, काठमाण्डौ
७. महाराजगञ्ज नर्सिङ क्याम्पस, काठमाण्डौ
८. वीरेन्द्र बहुमुखी क्याम्पस, चितवन
९. बुटवल बहुमुखी क्याम्पस, रुपन्देही
१०. लम्की बहुमुखी क्याम्पस, कैलाली
११. गोरखा क्याम्पस, गोरखा
१२. द्रव्य शाह क्याम्पस, गोरखा
१३. बागीश्वरी क्याम्पस, बाँके
१४. भेरी नर्सिङ क्याम्पस, बाँके
१५. जनसेवा क्याम्पस, बर्दिया
१६. बाँसगढी क्याम्पस, बर्दिया
१७. सुर्खेत क्याम्पस (शिक्षा), सुर्खेत
१८. भैरहवा क्याम्पस, रुपन्देही
१९. राममणी क्याम्पस, रुपन्देही
२०. हरैया क्याम्पस, रुपन्देही

Leave a Reply

Your email address will not be published. Required fields are marked *