विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
राजनैतिक दलहरूको महत्व र आवश्यकता मौसमको लुगासँग तुलना गर्नेहरू पनि छन् । तिनीहरूको अर्थ हो – जाडोमा टोपी, बाक्लो लुगा र कोट लगाउँछन् । गर्मीमा मानिसहरू एकसरो लुगा, आधा बाहुलाको लुगा र पातलो एवम् होलो लुगा लगाउँछन् । राजनैतिक दलहरू पनि एउटा परिस्थितिमा स्थापना हुन्छ र परिस्थिति फेरिएपछि त्यसको महत्व घट्छ र त्यसको अस्तित्वमै प्रश्नचिन्ह खडा हुन्छ । उदाहरण दिंदा हिजो प्रजा परिषद्लाई लिने गर्थे । राणाशासनको विरोधमा स्थापना भयो – प्रजा परिषद् । त्यसको निम्ति प्रजा परिषद्कै आह्वानमा नेपालका सपुतहरू सहिद भए, कतिले कठोर शारीरिक यातना सहे तथा कतिले त्यस्तो दुःख–कष्ट हुने सम्भावना भएर पनि सडकमा ओर्ले । त्यस दलले आफ्नो ऐतिहासिक उद्देश्य पूरा ग¥यो ।
राणा शासनको अन्त र पूँजीवादी प्रजातन्त्रको स्थापनाको निम्ति भारतको सहायताले नेपाली कांग्रेसको स्थापना भयो । २००७ सालदेखि २०६३ सालसम्म नेपाली कांग्रेसले अनेक नागबेली बाटो लियो र आज उसको भूमिकामा झन् झन् प्रश्नचिन्ह लाग्दै आएको छ । जसरी प्रजा परिषद्को ऐतिहासिक भूमिकाको महत्व छ, त्यस्तै नेपाली काङ्ग्रेसबारे पनि आज त्यस्तै ऐतिहासिक महत्व टुङ्गिएको दलको रुपमा व्याख्या गरिंदै छ । त्यसको एउटा महत्वपूर्ण कारण नेकामा बी.पी. कोइरालाको ‘प्रजातान्त्रिक समाजवाद’लाई ‘म्याद नाघेको औषधि’ सम्झेर निजीकरणमा जोड दिनुले पनि देखिन्छ ।
एक समयमा नेपाली काङ्ग्रेसकै थिड्ढ ट्याड्ढ सम्झिएका एक विश्लेषकले नेपाली काङ्ग्रेसलाई ‘लासहरूको चाङ’ बताएका छन् । उनको तर्क छ – आज नेपाली कांग्रेसमा राष्ट्रियता र देशका लागि लड्ने, अभियान चलाउने र नेपाल बचाउने पुर्खा काङ्ग्रेसभित्र मरिसकेको छ वा सा¥है कमजोर छ ।
उनले प्रस्टै भने – शेरबहादुर, प्रचण्ड र सीके राउत एउटै शक्ति केन्द्रबाट चलेका छन् । (पेशलकुमार निरौला– हाम्रो समाज– ६ फागुन २०७३)
नेपालमा वेष्ट मिनिष्टर शैलीको संसदीय व्यवस्था वा मन्त्रीमण्डलीय व्यवस्थाबारे धेरै सैद्धान्तिक र व्यवहारिक प्रश्न उठेको हुँदा ‘जनताको प्रजातन्त्र’ र ‘समाजवाद’ को आवश्यकता औंल्याइरहेको बेला नेपाली कांग्रेस नेपाल ‘कञ्जरभेटिभ’ (रुढीवादी) सावित हुँदैछ ।
सानो बिरुवा ठूलो हुन समय लाग्छ– सबैले जानेकै विषय हो । तर ठूलो रुख, भित्र खोक्रो भइसकेको र हरियो पात नभएको रुख ढल्न धेरै गा¥हो छैन, खाली एउटा धक्काको आवश्यकता हो । प्राणीमात्रको जीवनको लम्बाइ प्राण वायु र आवश्यक खुराक र उपचारतत्व आवश्यक हुन्छ । तर मानिस र राजनैतिक दलको आयु खाने कुराले होइन बरु आधुनिक विचार र चिन्तनले बढाउँछ ।
नेपाली काङ्ग्रेसको संसदीय दलको बैठकमा तराईका एक सांसदले ‘संशोधन विधेयक पारित नभए तराई जान्नौ’ं भन्ने पत्रकारहरूसामु अभिव्यक्ति दिए । (राजधानी– १६ फागुन २०७३) तर नेपाली काङ्ग्रेसकै तीन सांसद संशोधनको विरोधमा अर्थात् ‘संशोधनमाथि १५ संशोधन’ को पक्षमा देखिए ।
त्यस्तै पहिले पनि नेपाली काङ्ग्रेसको परराष्ट्र नीति, परराष्ट्रमन्त्री र राजदूतबारे पनि बरोबर आलोचना हुनेगथ्र्यो । अब फेरि कांग्रेसको तर्फबाट यूएईमा राजदूतको सिफारिस भएका ‘आशाकुमारी लामा’ बारे विवादास्पद प्रसंग उठेपछि र तथ्य सामुन्ने आएपछि सरकारले निर्णय फिर्ता लिएको समाचार आयो । (अन्नपूर्ण पोष्ट, १६ फागुन २०७३)
यसरी नेपाली कांग्रेसको उद्देश्य, नीति र गन्तव्य नै स्पष्ट नभएको नेतृत्व आफै त्यसबारे कुहिरोको काग भएको वा झन् झन् दक्षिणपन्थी र साम्राज्यवादी र फासीवादी शक्तिको प्रभावमा गाँजिंदै गएको हुँदा नेपाली कांग्रेसको औचित्य पनि समाप्त हुँदै गएको देखा परेको पर्यवेक्षकहरू अनुमान गर्छन् ।

Leave a Reply