भर्खरै :

नाराबाजी पछि मतगणना शुरु

मतगणना विलम्ब गरेपछि नेक्राविसंघले भक्तपुर बहुमुखी क्याम्पसमा नाराबाजी गरेको छ । मतगणनाको लागि बसेको बैठकमा अनेरास्ववियुका प्रतिनिधिले केही विवाद निकाले पछि मतगणनामा विलम्ब भएको थियो । लामो समय बैठक बस्दा बसेर पनि कुनै ठोस निर्णय गर्न नसके पछि नेक्राविसंघले नाराबाजी गरेको हो । नाराबाजी पछि विद्यार्थी संगठनहरु, निर्वाचन समिति र क्याम्पस प्रशासनको संयुक्त बैठकले ८ः४५ बजेबाट मतगणना गर्ने तय गरेको छ । मतपरिणाम आज मध्यरातसम्म सार्वजनिक हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *