उठ जाग ए श्रमिक हो
- असार ५, २०८३
-मनोविज्ञान शर्मा पोखरेल
क्याम्पसमा आगो
बलिरह्यो क्याम्पस
के जल्यो र खै ?
तिर्थ जल्यो
मन्दिर जल्यो
विद्यार्थी भित्रको
मन जल्यो ,
सँगै जले माक्र्सका रचनाहरू
विपि र मदनका आलेखहरू
राजनीतिशास्त्रका पीएचडी रिसर्चहरू
धुवा फुरफुर उडिरह्यो
मुठ्ठी बजार्दै विद्यार्थी नेता उफ्रिरहे
उसो त!
सहपाठीको टाउको फुटाउन
शिक्षकको कक्षा बहिस्कार गर्ने
भोलिका नेतालाई ,
उतिसारो मतलब नहोला ,
कनर्किट विलडिङग् जल्यो कि तिर्थस्थल?
कागजको खास्टो कि एैतिहासिक दस्ताबेज ?
साथी ए साथी , अझै पनि तिमी भन्छौ युवाले देश बनाउछन् ?
Leave a Reply