ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
भक्तपुर, १९ माघ । चौथो अन्तर समाज फूटबल प्रतियोगिता नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालको आतिथ्यमा शनिबार सम्पन्न भयो ।
प्रतियोगितामा नेपाल कर्मचारी समाज पहिलो, अर्थशास्त्र अध्ययन समाज दोस्रो र पत्रकार समाज तथा इन्जिनियर समाज तेस्रो भए ।
नेपाल कर्मचारी समाजद्वारा आयोजित पुरस्कार वितरण तथा प्रशिक्षण कार्यक्रममा सांसद सुवालले सरकारमा गएका पार्टी – एमाले, माओवादी, नेकासँग देश र जनताको समस्याको समाधान गर्ने उपाय नभएको कारण ती पार्टीहरुको झण्डै ३० वर्ष लामो सरकारमा भ्रष्टाचार, महँगी र कमिसनतन्त्र बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एमाले, माओवादी र नेकाको आर्थिक एजेण्डा फरक छैन । नेका प्रजातान्त्रिक समाजवाद बताउँछ । एमाले–माओवादी कम्युनिष्ट दाबी गर्छन् तर तीनवटै पार्टीको एजेण्डा निजीकरण भएको छ ।”
सांसद सुवालले भन्नुभयो, “राजनीतिक नियुक्तिमा कमिसन, वाइडबडी खरिदमा भ्रष्टाचार, ठेक्कापट्टामा कमिसन, राजदूत र प्रहरी अधिकृत नियुक्तिमा भेटी तीनवटै सरकारमा चालू रहेको दैनिक प्रकाशित समाचारहरुबाट पुष्टि हुन्छ ।”
देश र जनताको समस्या समाधान गर्ने कार्यक्रम हरेक पार्टीमा हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो– “नेमकिपासँग ‘जनताको प्रजातन्त्र’ हुँदै समाजवाद र साम्यवादमा पुग्ने सिद्धान्त हुनुको साथै देश र जनताको समस्या समाधान हुने नीति तथा कार्यक्रम छ ।”
नागरिकता विषयमा सांसद सुवालले भन्नुभयो –“नागरिकता समस्या समाधान गर्न नेपाल–भारत खुला सीमा नियमित गर्नु आवश्यक छ । संसद्मा पेश भएको नागरिकता विधेयकले यसअगाडि धेरै सङ्ख्यामा भारतीयलगायत विदेशीले पाएको नेपाली नागरिकता खारेज गर्ने प्रस्ताव छैन र नागरिकतामार्फत नै अन्ततः नेपाल अर्को सिक्किम बन्ने खतरा विधेयकमा छ ।”
नेमकिपाले देशघाती नागरिकता विधेयकको विपक्षमा मत राख्दै सङ्घर्ष गरिरहेको सांसद सुवालले जानकारी दिनुभयो ।
पत्रकार समाजका अध्यक्ष लक्ष्मणराज जोशीले खेलको माध्यमबाट पार्टी स्थापना दिवस मनाउनु स्वागतयोग्य कदम भएको चर्चा गर्दै खेल र खेलकुद देश र जनताको निम्ति हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
खेलकुदमा राजनीति हुन नहुने तर खेलाडीहरु राजनीतिबाट विमुख हुन नसक्ने बताउँदै जोशीले सार्वभौमिकता रक्षा र देशमा समाजवादी व्यवस्था स्थापना गर्ने कार्यमा खेलाडीहरुले ध्यानकेन्द्रित गर्नुुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् नेपाल कर्मचारी समाजका अध्यक्ष गौतमप्रसाद लासिवाले खेलाडीहरुबीच चिनापर्ची गर्ने र खेलाडीहरुमा नेमकिपाले अङ्गालेको सिद्धान्त एवम् विचारबारे प्रशिक्षित गर्ने लक्ष्य लिई प्रतियोगिता सञ्चालन गरेको बताउनुभयो ।
उहाँले समाजवादी व्यवस्थामा मात्र सबै खेलाडीहरुले सम्मान अवसर पाउने चर्चा गर्दै समाजवादी देश क्युवा ‘खेल विज्ञान’ र ‘खेल मनोविज्ञान’ विषयमा संसार प्रसिद्ध छ भन्नुभयो ।
आयोजक समाजका केन्द्रीय उपाध्यक्ष केशेन्द्र कार्कीले प्रतियोगितामार्फत समाजवादी आन्दोलनलाई सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।
विजयी खेलाडीहरुलाई सांसद सुवालले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा समाजका सचिव शिवराम धुख्वाले पनि बोल्नुभएको थियो ।
Leave a Reply