साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
- भाद्र २३, २०८३
भक्तपुर, २७ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले विद्यार्थीलाई देशभक्तिपूर्ण शिक्षा दिनुपर्ने बताउनुभएको छ । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) को शुक्रबार आयोजित छैठौं वार्षिक साधारणसभामा अध्यक्ष रोहितले विद्यार्थीलाई देशभक्त बनाएनन् भने हाम्रा विद्यार्थीहरू नेपाल र नेपालीको निम्ति होइन विदेश र विदेशीको सेवामा भुल्नेछन् भन्नुभयो ।
मजदुर र किसानको राज्य व्यवस्थामा महिलाहरूले सम्मान पाउने उल्लेख गर्दै उहाँले भन्नुभयो – समाजवादी क्रान्तिपछि सारै पिछडिएको र गरिब देश सोभियत सङ्घ पनि छोटो समयमै औद्योगिक देशमा परिणत भयो । नेपाली युवाहरू विदेश पलायन हुनुमा सत्तासीन दलका नेताहरू नै दोषी रहेको चर्चा गर्दै अध्यक्ष रोहितले भन्नुभयो, ‘विदेशीसामु रोजगारीको माग गर्नु आत्मसमर्पण गर्नु हो, विदेशीको चाकरी गर्ने मन्त्रीहरू विदेशीका दलाल हुन् ।’
‘विदेशीसामु रोजगारीको माग गर्नु आत्मसमर्पण गर्नु हो, विदेशीको चाकरी गर्ने मन्त्रीहरू विदेशीका दलाल हुन् ।’
विदेशको लोभलालचमा भुलेर कति नेपालीहरू पसिनामै उठेर पसिनामै मरिरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले देशको लागि आवश्यक जनशक्ति विदेशमा गएर होइन स्वदेशमै तयार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । देशमै पर्याप्त कलकारखानाहरू खोले जनताका आधारभूत आवश्यकताहरू पूर्ति हुने, रोजगारीको अवसर मिल्ने र देशको अर्थतन्त्र मजबूत हुनेमा जोड दिंदै उहाँले भन्नुभयो, ‘दुःखको सामना गर्ने भावना विकास गर्न साहित्यको अध्ययन जरूरी छ ।’ अध्यक्ष रोहितले भन्नुभयो – शिक्षकहरूले विद्यार्थीलाई मार्ग निर्देश गरे हामीले नसक्ने काम नयाँ पुस्ताले गर्नेछ, हामीले कसरी छिटो पैसा आर्जन गर्नेभन्दा पनि व्यक्तित्व विकास गर्नेतर्फ ध्यान दिनुपर्छ ।
आफूले समाजमा राम्रो काम गरे, सही बाटो देखाए अरूको लागि त्यो अनुकरणीय हुने विचार राख्दै उहाँले भन्नुभयो – बुद्धिमा खिया लाग्यो भने जोश र जाँगर मर्छ, देश बिग्रिन्छ ।

हिन्दूस्तानसँग मात्र तेल किन्ने सरकारको सम्झौताले नेपालमा भारतले गरेको नाकाबन्दीको कारण हाहाकार भएको औंल्याउँदै उहाँले भन्नुभयो –‘कुन दलले कसको सेवा गरिरहेको छ, जनताले सही मूल्याड्ढन गर्नुपर्छ ।’ विदेशमा डाक्टर अध्ययन गराउने लोभ देखाएर नेपालमा विदेशीहरूको विश्वविद्यालय स्थापना गर्न प्रधानमन्त्रीसँग चाप्लुसी गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो – हामी राजनीतिबाट भाग्ने होइन बरू सेवा गर्न राजनीतिमा सक्रिय हुनुपर्छ । शिक्षालाई उत्पादन श्रमसँग जोड्न ख्वप विश्वविद्यालय स्थापना गर्न लागेको हो, उहाँले भन्नुभयो ।
नेपाल प्राध्यापक समाजका अध्यक्ष एवं इसानका सल्लाहकार सरोजराज गोसाईंले निजीकरण ठीक होइन, शिक्षा व्यापारीकरण गर्न होइन, शिक्षाको दायित्व राज्यको हो, निःशुल्क र अनिवार्य शिक्षा राज्यले दिनुपर्छ, देशभक्त विद्यार्थी तयार गर्नुपर्छ र आर्थिक पारदर्शितामा जोड दिनुपर्छ भन्ने सैद्धान्तिक आधार लिएरै संस्थागत विद्यालय सङ्घ (इसान) स्थापना भएको स्मरण गर्नुभयो ।
निम्न आयस्रोत भएका अभिभावकका सन्तानलाई गुणस्तरीय शिक्षा दिन इसान लागिपरेको उल्लेख गर्दै उहाँले शिक्षा प्रचार गर्न र राजनीतिक चेतना दिन शिक्षाप्रेमी, समाजसेवीहरू लागेको प्रसङ्ग उल्लेख गर्दै समाजका अध्यक्ष गोसाईंले भक्तपुरलाई ज्ञानविज्ञान र शैक्षिक केन्द्रको रुपमा विकास गर्न लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो– सही राजनीति गरेर नै भक्तपुर शैक्षिक केन्द्रको रुपमा विकास भइरहेको हो ।
सही राजनीति गरेर नै भक्तपुर शैक्षिक केन्द्रको रुपमा विकास भइरहेको हो ।
अभिभावक सङ्घ नेपालका संस्थापक अध्यक्ष सुप्रभात भण्डारीले शिक्षा वस्तु र व्यापार होइन भन्ने मूल्य र मान्यतामा रहेर सञ्चालन भइरहेको विद्यालयको सफलताको कामना गर्दै गरिखाने शिक्षातर्फ हाम्रो ध्यान जानुपर्छ भन्नुभयो , जनजीविकाको सवालसँग जोडेर व्यवहारिक शिक्षा दिनुपर्नेमा जोड दिदै उहाँले अव्यवस्थित शिक्षाको कारण देश कमजोर भइरहेको छ, विद्यार्थीलाई सही ज्ञान दिएर जागरुक बनाउन नसके मुलुक खण्डहर हुनसक्छ भन्नुभयो । सही शिक्षा दिन सके सच्चा नागरिक तयार हुन्छ, देशप्रेम र मातृप्रेमको भावना जाग्छ, शिक्षक, अभिभावक र विद्यार्थीलाई कमजोर बनाएर प्रिन्सिपल मोटाउने काम गलत छ, सीमित वर्ग मोटाउने कार्यको सधैं विरोध गर्नुपर्छ –उहाँले भन्नुभयो ।
संस्थापक विद्यालय सङ्घ काठमाडौंका अध्यक्ष सनकमान महर्जनले देशको राजनीति सही ढङ्गले नचलेसम्म शैक्षिक क्षेत्रमात्र होइन आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र पछि पर्ने विचार व्यक्त गर्नुभयो । सरकारले सही दिशा दिन नसक्दा देशको शैक्षिक स्थिति भद्रगोल भइरहेको औल्याउँदै उहाँले शिक्षाका निम्ति जनतासँग उठाइएको रकम विद्यालय भवनमा उपयोग भइरहेको छ कि छैन भनी प्रश्न गर्नुभयो ।
संस्थागत विद्यालय सङ्घ नेपालका अध्यक्ष प्रेमजन थापा श्रेष्ठको सभापतित्वमा भएको सो वार्षिक साधारण भेलामा उपाध्यक्ष सुरेन्द्रराज गोसाईले विद्यार्थीहरूलाई देशप्रेमको शिक्षा दिन, हस्तक्षेपकारी कार्यको विरोध गर्न र देशभक्त तथा स्वाभिमानी नेपाली तयार गर्नेतर्फ इसान उन्मुख रहेको बताउनुभयो ।
सङ्घका महासचिव पुरुषोत्तम ग्वाछाले परिवर्तित समयलाई ध्यानमा राखी प्रतिस्पर्धी विद्यार्थी तयार गर्न सङ्घ लागिपरेको चर्चा गर्दै सङ्घले गरिरहेको गतिविधिबारे प्रकाश पार्नुभयो ।
सङ्घका कोषाध्यक्ष उकेश कवांले भागवण्डाको कारण शैक्षिक क्षेत्रमा विकृति र विसङ्गति बढेको उल्लेख गर्दै नक्कली शिक्षाले सक्कली शिक्षालाई विस्थापित गर्नेतर्फ सबै चनाखो हुनुपर्छ भन्नुभयो ।
सभाका सभापति प्रेमजन थापा श्रेष्ठले द्वैध शिक्षाको आभास भइरहेको बेला संस्थागत विद्यालय सङ्घ गुणस्तरीय शिक्षा दिएर देशको लागि आवश्यक जनशक्ति तयार गर्न नै खोलेको बताउनुभयो ।
कार्यक्रममा अमृता अर्यालले पनि बोल्नुभएको थियो । वार्षिक साधारणसभापछि बन्द सत्र भएको थियो ।

Leave a Reply