भर्खरै :

संयुक्त राज्य अमेरिका नाजी अपराधीका संरक्षक

जोराल
संयुक्त राज्य अमेरिकामा फिलिपिन्सका भू.पू. तानाशाह फर्नान्ड मार्कोसलाई संरक्षण दिइराखेको छ । भोलि दक्षिण अफ्रिकाका तानाशाह पोटर डब्ल्यू बोथा र चिलीका पिनोशे आ–आफ्नो देशबाट भाग्नुप¥यो भने सोझै अमेरिका पुग्नेछन् र स्वागत एवम् संरक्षण पाउनेछन् । अझ सके मानवाधिकारका योद्धाजस्ता बिल्ला पनि लगाइदिन बेर छैन । तर, संसारमा ४० हजार त्यस्ता व्यक्तिहरू पनि छन् जसलाई अमेरिकामा प्रवेश गर्न निषेध गरिएको छ ।
संरा अमेरिकामा प्रवेश नपाउने व्यक्ति ३३ थरीका छन् । त्यसमध्ये एकथरी हिटलरको नाजी सङ्गठनको सदस्य हो अर्थात् नाजी अपराधमा संलग्न भएको व्यक्ति हो । यसै सन्दर्भमा गत अप्रिल २७ (०४४ वैशाख १४) मा अमेरिकाको कानुन मन्त्रालयले कुर्त वाल्डहाइमलाई अमेरिकामा प्रवेश गर्न निषेध गरेको छ । कुर्त वाल्डहाइममाथि नाजी अपराधमा संलग्न भएको आरोप लगाइएको छ । आरोपलाई प्रस्ट गर्ने प्रमाणहरू पनि फेला परेको जानकारी प्रकाशमा आएको छ ।
कुर्त वाल्डहाइमको जन्म सन् १९१८ मा अस्ट्रियामा भएको हो । सन् १९७२ देखि ८२ सम्म उनी संयुक्त राष्ट्र सङ्घका महासचिव थिए । त्यसैले विश्वको निम्ति कुर्त वाल्डहाइम अपरिचित व्यक्तित्व होइन ।
कुर्त वाल्डहाइममाथि नाजी अपराधमा संलग्न भएको आरोप सन् १९८६ मार्च महिनामा विश्व यहुदी काङ्ग्रेसले लगाएको हो । त्यसबेला अस्ट्रियामा राष्ट्रपति चुनावको चहलपहल थियो । कुर्त वाल्डहाइम पनि राष्ट्रपतिका उम्मेदवार थिए । त्यसैले पनि यसको चर्चा विश्वव्यापी भएको हो ।
कुर्त वाल्डहाइम स्वयंले नाजी सेनामा काम गरेको कुरा स्वीकारेका छन् । यद्यपि, उनीमाथि १९८६ को मार्च अगाडि कसैले आरोप लगाएको थिएन र वाल्डहाइमको प्रकाशित आत्मजीवनी (सन् १९८५) मा पनि यसबारे उल्लेख भएको थिएन । तर, उनको भनाइअनुसार नाजी सेनामा उनी इटाली भाषाबाट जर्मन भाषामा उल्था गर्ने द्वेभाषेमात्र थिए । किन्तु उनी माथि लगाइएका आरोपहरू गम्भीर छन् ।
फेलापरेका कागजातअनुसार कुर्त वाल्डहाइम हिटलरले अस्ट्रिया कब्जा गरेको तीन हप्ताभित्र १ अप्रिल १९३८ मा नाजीहरूको विद्यार्थी सङ्घ (ब्राउन सर्ट) को सदस्य बने, १९३८ मै अर्धसैनिक सङ्गठन र १९३९ अगस्त १५ पछि नाजी सेनामा प्रवेश गरेका थिए । पछि उनलाई एक फौजी डफ्फाको अधिकृत बनाई गीस (युनान) पठाए । त्यहाँ ४२ हजार ८३० यहुदीहरूलाई विषालु ग्यासको कोठा (ग्यास च्याम्बर) भित्र हुलेर हत्या गराउनमा वाल्डहाइम संलग्न थियो भन्ने आरोप लगाइएको छ ।
त्यस्तै सन् १९४२ मा उनलाई वरिष्ठ जासुस बनाई युगोस्लाभिया पठाइयो । त्यहाँ उनी पक्राउ परेका युगोस्लाभिया मुक्ति सेनाका जवानहरूसँग सोधपुछ गर्थे । त्यसको प्रतिवेदन अधिकारीहरूलाई दिन्थे । सोधपुछको बेला मुक्ति सेनाका जवानहरूलाई अमानवीय यातना दिइन्थ्यो । यातनाका कारण थुप्रै ‘कैदी’ हरूको मृत्यु हुन्थ्यो । त्यसबेला वाल्डहाइम पनि त्यही कोठामा हुन्थे । त्यस्तै ४८४ जना युगोस्लाभियाका नागरिकहरूलाई श्रमशिविरमा पठाउनमा उनको भूमिका थियो भन्ने आरोप लगाइएको छ ।
युगोस्लाभियामा वाल्डहाइमले जनरल अलेक्जेन्डर लोरको मातहत काम गरेका थिए । लोरलाई सन् १९४७ मा युगोस्लाभिया सरकारले मृत्युदण्ड दिएको थियो । तर लोरको मातहत काम गर्ने वाल्डहाइम गत जून १९८६ देखि अस्ट्रियाका राष्ट्रपति छन् । अझ विडम्बनाको कुरा त ‘नाजी अपराधी ’ वाल्डहाइम १ वर्षसम्म संयुक्त राष्ट्र सङ्घको महासचिव थिए ।
सन् १९४८ मा तयार पारिएको नाजी अपराधीहरूको एक सूचीमा वाल्डहाइमको नाम पनि समावेश थियो भनिन्छ । त्यस्तै कुर्त वाल्डहाइमलाई संरा सङ्घको महासचिव बनाउन चीन चाहँदैनथ्यो भन्ने कुरा पनि प्रकाशमा आएको छ ।
हिटलरप्रति सम्मान ?
हिटलर जन्मेको देश अस्ट्रिया हो । अस्ट्रियाको भाषा जर्मन हो । अस्ट्रियाका मानिसहरूमा हिटलरप्रति अझै सम्मानको भावना छ । गत अप्रिलमा भियनामा प्रकाशित एक सर्वेक्षणअनुसार सात प्रतिशत अस्ट्रियावासीहरू आफू यहुदीविरोधी भएको हाकाहाकी स्वीकार्छन् । त्यस्तै प्रत्येक चारमध्ये एकजनामा धेरै थोरै यहुदीविरोधी धारणा पाइन्छ । कृत वाल्डहाइमको विजयले यस कुराको पुस्टि गर्दछ । विश्वको पत्रपत्रिकामा नाजी अपराधमा वाल्डहाइमको संलग्नता रहेको प्रचार हुँदाहुँदै पनि ५३.९ प्रतिशत मत पाएर उनी विजयी भएका थिए ।
चाहे राष्ट्रपति होस् या अन्य, नाजी अपराधीमाथि कारबाही हुनु सर्वसम्मत चाहना हो । तर, यहाँनिर एउटा उदेकलाग्दो कुरा छ । एक अपराधीले अर्को अपराधीलाई ‘तँ अपराधी’ भन्नु उदेकलाग्दो छैन त ?
उदेकलाग्दो कुरा
अमेरिकी प्रशासनले आज विश्वमा उदेकलाग्दो काम कुरो गर्दै छ । हिरोशिमा र नागाशाकीमा नरसंहार गर्ने लाखौँ भियतनामीको निर्मम हत्या गर्ने, दक्षिण अफ्रिकी जातिवादी सरकारलाई कालाजातिमाथि दमन गर्न सघाउने, इजरायली यहुुदीवादीलाई बचाउने अमेरिकी साम्राज्यवाद हो । अमेरिकी साम्राज्यवादको अपराध त्यतिमै टुङ्गिदैन । नाजी अपराधीहरूलाई संरक्षण गर्ने पनि अमेरिकी साम्राज्यवाद नै हो । यस परिप्रेक्षमा वाल्डहाइमलाई अमेरिका प्रवेश गर्न निषेध गर्ने कुरा वास्तवमा आफ्नो अपराध छोप्न गरिएको प्रयासमात्र हो । यसको अर्थ नाजी अपराधीलाई मात्र होइन ती अपराधीका संरक्षकमाथि पनि घृणा गरिनुपर्छ भन्ने हो ।
अमेरिकी साम्राज्यवादलाई किन घृणा गर्ने ?
युरोपका विभिन्न मुलुकहरूमा आज पनि नाजी अपराधी र तिनका नाइकेहरू जीउँदै छन् । त्यसमध्ये कडोल्फ हेस (९२ वर्ष) पश्चिम बर्लिनको र अन्य दुईजना बेल्जियमको जेलमा छन् ।
इटालीको संसदमा नवफासीवादी पार्टीका प्रतिनिधिहरू छन् ।
बेलायतको जेल (?) मा ६ जना नाजी अपराधी छन् । तिनीहरूलाई सोभियत सङ्घ वा इजरायल पठाउन बेलायतका गृहमन्त्रीले हालै अस्वीकार गरेका छन् । यदि पठाइएको भए नाजी अपराधीले उचित दण्ड पाउँथे ।
त्यस्तै पश्चिम जर्मनीमा नवनाजी गुटहरूको गतिविधि चलेकै छ । यसबाहेक आज पनि त्यस्ता ‘प्रोफेसर’, ‘इतिहासविद् विद्वान’ हरू छन् । जो नाजी अपराधलाई अपराध मान्दैनन् ।
माथि उल्लेखित देशहरूसँग अमेरिकाको सुमधुर सम्बन्ध छ । यसै क्रममा नाजी अपराधीहरूप्रति अमेरिकाको व्यवहारबारे एक दृष्टि दिउँ –
दुई वर्षअगाडि अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन चान्सलर हेल्मुट कोलको निमन्त्रणामा पश्चिम जर्मनी गएका थिए । ती दुवै नेताले बिटवर्ग (द्यष्तदगचन) पुगेर नाजी अपराधी गाडिएको चिहानमाथि फूलमाला अर्पण गरे अर्थात् नाजी अपराधीप्रति सम्मान दर्शाए । नाजी अपराधीलाई सम्मान गर्ने राष्ट्रपति रेगनको त्यसबेला खुब विरोध भएको थियो ।
अहिले फ्रान्समा एक नाजी अपराधी क्लाउस बार्बी (प्बिगक द्यबचदष्भ) माथि मुद्दा चलिरहेको छ । बार्बी –लियोनका हत्यारा’ (त्जभ दगतअजभच या ीथयलक) को नामले कुख्यात छ ।
सन् १९४२ देखि ४४ सम्म लियोन सहरको गेष्टापोको नाइके बार्बी थिए । त्यहाँ उनले हजारौँ मानिसहरूलाई यातना दिए र हत्या गरे । बार्बी स्वयंले यातना दिएकाहरूमध्ये ८६ वर्षीया श्रीमती लिज लेजभ्रे (ीष्कभ ीभकभखचभ) अदालतमा बयान दिँदै हुनुहुन्छ । उहाँ विश्वले थाहा पाउनुपर्ने र आफूले भोगेका भएभरका कुरा बताउने तरखरमा हुनुहुन्छ । त्यसो त बार्बीको अनुपस्थितिमा सन् १९५२ र १९५४ मा उनलाई मृत्युदण्ड दिई सकिएको हो ।
युद्धपश्चात् बार्बी केही समय भाग्दै हिँडे । पछि स्वतन्त्र विश्वका ठेकेदार संयुक्त राज्य अमेरिकाको उनले संरÔण पाए । उनलाई संयुक्त राज्य अमेरिकाको जासुसी संस्थामा काम दियो । भूतपूर्व अमेरिकी जासुस अधिकृत अरहाई डार्बिङ्गहसका अनुसार विश्व युद्धपश्चात् साम्यवादविरुद्ध उनी काम लाग्ने मान्छे थिए । त्यसबेला बार्बीले जर्मनीस्थित अमेरिकी जासुसहरूलाई सोभियत सङ्घबारे महत्वपूर्ण सूचना दिएका थिए । त्यसपछि सन् १९५१ मा उनी बोलिभिया गए अर्थात् अमेरिकी जासुसहरूले पु¥याए । त्यसबेला बोलिभियामा जर्मनहरू विशेषगरी नाजी अपराधीहरूको हाँकधाक थियो वा चकचकी थियो । सन् १९५७ मा उनलाई बोलिभियाको नागरिकता दियो । चार वर्षअघि बार्बीलाई बोलिभियाबाट फ्रान्स ल्याएर मुद्दा चलाइएको हो ।
कोन्स्टान्टिन भारभारिभ (प्यलकतबलतष्ल ख्बचखबचष्ख) को जन्म सन् १९२४ मा उक्रेनमा भएको हो । सन् १९४१–४३ मा आफ्ना परिवारसहित उनी रोभ्नो सहरमा बसेका थिए । त्यो सहर त्यसबेला नाजीहरूको कब्जामा थियो । उनी नाजीहरूको गुप्तचर संस्था (क्म्) मा काम गर्थे ।
दोस्रो विश्व युद्धमा रोभ्नोले आफ्ना ८० हजार नागरिक गुमाएका थिए । सन् १९४१ नोभेम्बर ७ का दिन नाजीहरूले १७ हजार रोभ्नोवासीको हत्या गरेका थिए । यो हत्या डा. वियरको आदेशले गरिएको थियो । तिनै विचरले १९४३ मा भारभारिभलाई प्रमोसन गराउन सिफारिस गरेका थिए ।
सन् १९४४ मा हिटलरको सेना रोभ्नोबाट भाग्नुप¥यो । नाजी सेना चेकोस्लोभाकिया हुँदै जर्मनी पुगे । भारभारिभ र उनका परिवार पनि सँगसँगै जर्मनी पुगे ।
सोभियत सेनाले रोभ्नो सहर मुक्त गरे पनि लामो समयदेखि भारभारिभ नाजीहरूसँग काम गर्दै आएको तथ्य फेला प¥यो । सुरुमा मासिक ७५० मार्क तलब पाउने भारभारिभले १९.४ बाट १९१२ मार्क पाउन थाले । प्रमोसनपछि उनी रोभ्नोस्थित नाजी न्याय विभागका प्रमुख व्यक्तिहरूमध्ये तेस्रा थिए ।
युद्धपश्चात् भारभारिभ जर्मनीमा लुकिछिपी हिँड्न थाले । अमेरिकी फौज जर्मनी पुगेपछि भारभारिभ पनि ‘नाजीवादबाट पीडित’ भनेर मुक्त गरियो । तर अमेरिकाको केन्द्रीय गुप्तचर संस्था (ऋक्ष्ब्) ले भारभारिभको अतीतबारे छिट्टै जानकारी हासिल ग¥यो । सी.आई.ए. ले भारभारिभको अतीत थाहा पाएपछि अमेरिकी प्रशासनको निम्ति ‘ढुङ्गो खोज्दा देउता मिले’ जस्तो भयो । अमेरिका र बेलायतको गुप्तचर संस्थाको निम्ति उनी ज्यादै काम लाग्ने मान्छे सावित भए । ती संस्थाहरूमा कार्यरत छँदा उनले सोभियत सङ्घमा जासुसी गर्न पठाउने मानिसहरू छनौट गर्थे । अमेरिकी प्रशासनले नाजी अपराधी भारभारिभलाई ‘मानव अधिकारका विशेषज्ञ’ भनी सम्मान ग¥यो । राज्य विभागमा महत्वपूर्ण पद दियो । युनेस्कोमा अमेरिकी सरकारको प्रतिनिधि बनाएर राख्यो । अमेरिकी प्रशासनको यो कर्तुत सन् १९७७ मा उदाङ्गियो ।
सन् १९७७ को अक्टोबर १४–१५ मा सोभियत सङ्घको टिविलिसिमा युनेस्कोको तत्वावधानमा अन्तरसरकारी सम्मेलन भएको थियो । त्यस सम्मेलनमा अमेरिकी प्रतिनिधिमण्डलका एक सदस्य भारभारिभ थियो । त्यसबेला उनी संरा अमेरिकाको राज्य विभागका उच्चस्तरका पदाधिकारी थिए ।
तर टिविलिमीमा भारभारिभको पोल खोल्यो र सोभियत सङ्घले मास्कोस्थित अमेरिकी दूतावासलाई आधिकारिक जानकारी दिएको थियो । अमेरिकी प्रशासनलाई काम लाग्ने भारभारिभलाई अमेरिका प्रवेश गर्न निषेध थिएन । त्यसबेला उनी संरा अमेरिकाको भर्जिनियामा बस्थे ।
एलिना कोजार (भ्भिलब प्यशबच) भारभारिभसँग बिहे भएपछि एलिना भारभारिभ बनिन् । यिनी नाजीहरूसँग काम गरेको अभिलेख तिनको दस्तखत र तस्वीरहरूबाट प्रमाणित हुन्छ । तर यिनीमाथि पनि कुनै कारबाही भएन । उल्टो अमेरिकी रेडियोमा काम पाए र अमेरिकामा बसिन् ।
नाजी अपराधीप्रति अमेरिकी प्रशासनको दृष्टिकोण सुमधुर र रचनात्मक छ । तब वाल्डहाइममाथि किन अर्कै दृष्टिकोण लियो त ?
यो ‘नयाँ’ दृष्टिकोण सन् १९८८ मा हुने अमेरिकी राष्ट्रपति चुनावसँग पो सम्बन्ध छ कि ? वाल्डहाइमलाई राष्ट्रपतिको रूपमा रोगनले निमन्त्रणा नगर्ने र व्यक्तिगतरूपमा प्रवेश निषेध गरिएबाट २० वर्ष अमेरिका बसिसकेका वाल्डहाइमले अमेरिकी भूमिमा टेक्न पाउने छैन । यसबाट अमेरिकाका यहुदी मतदाताहरूमा रिपब्लिकन पार्टीको अनुकूल प्रभाव पर्दैन भन्न सकिन्न । शस्त्रास्त्र नियन्त्रणमा अमेरिकाको ‘युद्धप्रेमी’ छवि र ‘इरानगेट’ काण्डबाट उदाङ्गिरहेको रोगनको ‘कुनियत’ ढाकछोप गर्न पो हो कि ? वाल्डहाइमको चर्चाले विश्वको ध्यान अन्यत्र मोड्न सघाएकै हुनुपर्छ ।
यसबाहेक संरा सङ्घका महासचिव बनाइनुअघि वाल्डहाइमको अतीतलाई खोतलेकै हुनुपर्छ, नाजी र विश्व युद्धसम्बन्धी दस्तावेजहरू अध्ययन गरिँदै छ । कतै पनि केही नपाइएकै हो त ? सन् १९४८ मा तयार पारिएको नाजी अपराधीहरूको सूची आजसम्म कहाँ थियो ? यी केही अनुत्तरित प्रश्न हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *