भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, २३ चैत । थिमि कला परिषद्ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको श्रीगोपाल कला शिरपा (पुरस्कार) यसवर्ष वाग्लुङग जिल्लाको परम्परागत हनुमान नाचलाई प्रदान गर्नेभएको छ ।
लामो समयदेखि परम्परागत हनुमान नाच संरक्षणमा योगदान पु¥याएबापत नगद २५ हजार एक रुपैयाँसहित ताम्रपत्र र चाँदीको मेडलसहित शिरपा प्रदान गर्ने निर्णय गरेको परिषद्का सचिव ज्ञानराम श्रेष्ठले जानकारी दिनुभयो ।
परिषद्ले गतवर्ष पनौतीको देवी नाचलाई प्रदान गरेको शिरपा त्यसअघि बोडेको नीलबाराही नाच, बाद्यगुरु न्हुच्छेमान डङ्गोल, समाजसेवी श्यामकृष्ण मानन्धर लगायतलाई प्रदान गरिसकेको छ ।
नवांै पटक प्रदान गर्न लागेको यसवर्षको शिरपा दाता गणेशराम प्रजापति, कला विज्ञ अरुणा नकर्मी, राष्ट्रिय विभूति शङ्खधर साख्वा ः प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धरको छनोट समितिले हनुमान नाचलाई प्रदान गर्ने निर्णय गरेको हो ।
शिरपा केही दिनभित्रै प्रदान गरिने सचिव प्रजापतिले जानकारी दिनुभयो । रासस
Leave a Reply