जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
नगरकोट, २३ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले भक्तपुरमा कम शुल्कमा चल्ने मेडिकल कलेज खोल्न सकिने बताउनुभएको छ ।
बासु माध्यमिक विद्यालयले शैक्षिक सत्र ०७३ को समीक्षा एवम् भावी योजना र शिक्षा र नवउदारवादबारेको अन्तरक्रियामा बोल्दै अध्यक्ष रोहितले भक्तपुर नगरपालिकालाई चिकित्सा कलेज सञ्चालन अनुमति दिएको भए जनताका छोराछोरीले कम शुल्कमा चिकित्साशास्त्र अध्ययन गर्नसक्ने धारणा राख्नुभयो । मेडिकल कलेज नदिनुको कारण निजी कलेजको दबाब भएको भन्दै उहाँले निजी अस्पतालहरूले मान्छे नमरेसम्म अस्पतालबाट रिफर नगर्ने दृष्टान्त प्रस्तुत गर्नुभयो ।
निजी अस्पतालहरूले मान्छे नमरेसम्म अस्पतालबाट रिफर नगर्ने दृष्टान्त छ ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले प्रकाशित गरेको ‘शिक्षा र नवउदारवाद’ नामको पुस्तकबारे आयोजित अन्तरक्रियामा सहभागी अध्यक्ष रोहितले नवउदारवादले विद्यार्थीलाई वस्तुजस्तै बनाएको भन्दै नवउदारवादले पूँजीवादलाई विकास गर्ने धारणा राख्नुभयो । कन्सर्ट र खेलकुदमा पनि राजनीतिक उद्देश्य भएको भन्दै उहाँले कन्सर्ट र खेलकुदले युवालाई समाजको आमूल परिवर्तनको निम्ति राजनीतिबाट टाढा राख्न खोजेको बताउनुभयो ।
उहाँले भन्नुभयो, देश र जनताको सेवा गर्नु नै धर्म भएको प्रचार गर्नुपर्छ । कन्सर्टहरूमा देशभक्तिको गीत गाउने प्रचलन विकास गर्नुपर्ने अध्यक्ष रोहितको भनाइ थियो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष निरज लवजूले सरकारले ‘शिक्षा र नवउदारवाद’ पुस्तकले नेपाली विद्यार्थी आन्दोलनलाई नयाँ धारमा लगेको धारणा राख्नुभयो । अध्यक्ष लवजूले शिक्षाले मानिसको बौद्धिक क्षमता विकास गर्ने माध्यमको रूपमा भन्दा पूँजीपतिहरूले नाफा र नोक्सानको विषय बनाएको तर्क गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईको सभापतित्वमा भएको कार्यक्रममा शिक्षकहरू रामकुमार निरौला, राधेश्याम बासुकला, सुनिता घतुवा, विष्णुप्रसाद दुमरू, रविलाल प्रधान, रामहरि ताम्राकारले पुस्तकमा रहेका विभिन्न आलेखबारे आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रममा सहप्राचार्य लक्ष्मीभक्त लासिवाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
विद्यालयको वार्षिक समीक्षा कार्यक्रममा बासु कलेज व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण जोशीले विद्यालयका कमजोरी सच्याउने जिम्मेवारी पनि विद्यालयका शिक्षक–शिक्षिका नै हुने भनाई राख्नुभयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य अम्विका न्याइच्याईले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहप्राचार्य लासिवा, शिक्षक विष्णुप्रसाद दुमरूलगायतले बोल्नुभएको थियो ।
Leave a Reply