भर्खरै :

‘निर्वाचन विचारको लडाइँ हो’ – सचिव प्रजापति

काभ्रे २३ चैत । ‘निर्वाचन विचारको लडाइँ हो, विचारले नै समाजमा परिवर्तन ल्याउन सहयोग गर्छ ।’
उक्त विचार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले नेमकिपा काभ्रे जिल्ला समितिको आयोजनामा बुधबार बनेपामा भएको बृहत् कार्यकर्ता भेलामा बताउनुभएको हो ।
थ्रेसहोल्ड लागू गरेर विचार दबाउन सकिंदैन, शासक दलहरूले दुई वा तीन दलको तानाशाही लाद्न बहुदलीय गणतन्त्रमा अप्रजातान्त्रिक निर्दलीय चरित्र देखाइरहेको छ, उहाँले भन्नुभयो ।
निरङ्कुश पञ्चायती शासकहरूले नेमकिपालाई समूल नष्ट गर्न खोज्दा आफै अन्त्य भएजस्तै गणतान्त्रिक शासक दलहरूको निरङ्कुशता पनि त्यसैगरी अन्त्य हुने सचिव प्रजापतिले बताउनुभयो ।
इमानदार र सक्षम कार्यकर्तालाई उम्मेदवारी दिनुपर्ने र नजिकको मित्रले धोका दिनसक्ने हुदा संवेदनशील हुनुपर्ने उहाँको कथन थियो ।
भेलामा नारायणबहादुर दुवालले स्थानीय तहको क्षेत्र र अधिकारबारे प्रस्ट पार्नुभयो । नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यको सभापतित्वमा भएको उक्त कार्यकर्ता भेलामा नेमकिपा काभ्रेका सचिव हिमाली रानामगर, नेमकिपा बनेपा नगर समितिका अध्यक्ष त्रिरत्न साय्मी र नेमकिपा धुलिखेल नगर समितिका सदस्य ऋषिराम दुलालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *