भर्खरै :

नाममा के छ र ? नाममा त छ कुरा ।

संरा अमेरिका र युरोपका समाचारपाठकहरुको राडारमा बिरलै मात्र टिप्ने देशको नाम हो–इक्वेडर । तर गएको साता एक जना दक्षिणपन्थी बैंक मालिक ग्युलेर्मोस लास्सोलाई पराजीत गरेर लेनिन मोरिनो नयाँ राष्ट्रपति निर्वाचित भए पछि भने धेरैले इक्वेडरप्रति ध्यान दिन थालेका छन् ।

सन् १९३० दशकदेखि शीतकालभरि इक्वेडरका दक्षिणी र पूर्वी क्षेत्रमा कम्युनिष्ट नेताहरुको बलियो प्रभाव थियो । त्यसकारण ती क्षेत्रमा लेनिन र स्तालीनजस्ता नामहरु निकै चर्चित छन् ।

धेरै मानिसहरुले उत्सुकताका साथ दक्षिण अमेरिकाको देशतिर आँखा दौडाउनुको एउटा रमाइलो कारण बनेको छ–राष्ट्रपति पदका विजेताको नाम । हो, इक्वेडरमा नयाँ राष्ट्रपति लेनिन बनेको खबरका कारण पनि धेरैले त्यो देशप्रति उत्सुकतापूर्वक हेर्न थालेका छन् ।
मोरिनो लेनिनको जन्म भने इक्वेडर–पेरुको सीमा नजिक अमेजन क्षेत्रमा भएको थियो । उनका पिता एक जना वामपन्थी प्राध्यापक थिए । धेरैले सोचेभन्दा फरक रुसी क्रान्तिकारी नेता लेनिनको नाम यो एन्डियन क्षेत्रको देशमा निकै चर्चित छ ।
इक्वेडरको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कअनुसार सन् १९५० देखि २०१५ को अन्तरालमा जन्मेका १८ हजार ४ सय ६४ जना मानिसको न्वारन लेनिन नामले गरेका छन् भने त्यही अवधिमा १६ हजार ८८ जनाले मात्र आफ्नो नाम ग्युलेर्मोस राखेका छन् ।
इक्वेडरभन्दा २० गुणा बढी जनसंख्या भएको संरा अमेरिकामा लेनिन नाम गरेका मानिसहरुको संख्या १७ सयभन्दा कम छ ।
दक्षिण अमेरिकी देश इक्वेडरमा अरु त्यस्ता चर्चित नाममध्ये एउटा हो–स्तालीन । त्यो देशमा स्तालीन नाम गरेका मानिसहरु १८ हजार ७ सय २८ जना छन् । भ्लादिमिर नाम गरेका १ हजार ५ सय १८, लिओन नाम गरेका ८ सय ६०, रुजवेल्ट नाम गरेका ५ सय ८७ जना, हिटलर नाम गरेका ५ सय ६० जना र माओ तथा त्रोत्स्की नाम भएकाहरु क्रमशः १२२ जना र २२ जना छन् ।
लेनिन रुसी वोल्शेविक नेता तथा कम्युनिष्ट सिद्धान्तकार भ्लादिमिर इलिच उल्यानोभको नामको उपमान हो । क्रान्तिकारी गतिविधिका क्रममा भूमिगत जीवन बिताउने क्रममा उनले रुसकै लिना नदीको नामबाट लेनिन नाम राखेका थिए । आफ्नो जीवनकालमा लेनिनले १५० भन्दा बढी उपनाममा काम गरेका थिए ।
सन् १९३० दशकदेखि शीतकालभरि इक्वेडरका दक्षिणी र पूर्वी क्षेत्रमा कम्युनिष्ट नेताहरुको बलियो प्रभाव थियो । त्यसकारण ती क्षेत्रमा लेनिन र स्तालीनजस्ता नामहरु निकै चर्चित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *