विचार
- बैशाख ११, २०८३
भक्तपुर, २६ चैत । शनिबार जनकवि चन्द्रबहादुर उलकका कविताहरुको एकल वाचन कार्यक्रम भयो ।
कार्यक्रममा कवि उलकले झण्डै तीस वटा आफ्ना पुराना र नयाँ नेपाली भाषा र नेपालभाषाका कविताहरु वाचन गर्नुभएको थियो । उहाँले पञ्चायतकालदेखि हालै लेख्नुभएका कविताहरु वाचन गर्नुभएको थियो । आस्था साँस्कृतिक परिवारको भरिभराउ नवनिर्मित थिएटरमा एकल वाचनमा उलकले वाचन गरेका हरेक कविताका रचनागर्भ र कविता लेख्दाका परिस्थितिबारे चर्चा गर्नुभएको थियो । उहाँले अधिकांश कविताहरु राजनीतिक विषयवस्तुमा आधारित थिए । कविताका सशक्त पंक्तिको लागि हलमा पटक पटक कर्तल ताली बजेको थियो ।
कविका कविताबारे बोल्ने क्रममा कथाकार गोविन्दमान श्रेष्ठले आफ्नो बालसखा उलकसँगको साथ सम्झना गर्नुभयो । साहित्यिक गतिविधिमा सँग–सँग हिड्दाको विगतबारे उहाँले चर्चा गर्नुभयो ।
कवि दामोदर सुवालले पञ्चायतकालमा हुने गरेका साहित्य गोष्ठीहरुमा कवि उलकका सरल र सशक्त कविताहरुले जनतालाई सचेत बनाउन पु¥याएको योगदानबारे चर्चा गर्नुभयो ।
सरलताभित्र जनताले बुझ्ने उपमा र प्रतीकको अर्थपूर्ण प्रयोग नै चन्द्रबहादुर उलकका कविताहरुका विशेषता हुन् ।, सुवालले भन्नुभयो ।
शिक्षक ज्ञानसागर प्रजापतिले भक्तपुर नगरको सरसफाई आन्दोलनमा उलकका कविताहरुले गरेको सहयोगबारे विभिन्न प्रसंगसहित व्याख्या गर्नुभयो ।
कार्यक्रममा कवयत्री रुपकेशरी उलक, आस्था साँस्कृतिक परिवारका अध्यक्ष विकास तमखूलगायतले उलकका कविताहरुबारे चर्चा गर्नुभएको थियो । कार्यक्रमको आयोजना आस्था साँस्कृतिक परिवारले गरेको थियो ।








Leave a Reply