भर्खरै :

त्रि.वि. बीबीए फूटबल कप २०१९ सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर बहुमुखी क्याम्पसको आयोजनामा पुस १८ गतेबाट सुरु भएको त्रि.वि. बीबीए फूटबल कप सोमबार सम्पन्न भयो । त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा अध्ययनरत बीबीएका विद्यार्थीहरूबीच भएको प्रतियोगिताको फाइनल खेलमा महेन्द्र बहुमुखी क्याम्पस विजयी भएको छ । ३० मिनेटको समयावधि समाप्तिपछि पेनाल्टीमा ३–५ को गोलका साथ महेन्द्र बहुमुखी क्याम्पसले सैनिक आवासीय महाविद्यालयलाई पराजित गर्दै शिल्ड हात पार्न सफल भएको हो ।
सोही दिन आयोजक समितिका संरक्षक एवम् क्याम्पस प्रमुखको आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भयो ।
कार्यक्रममा विजयी टोली महेन्द्र बहुमुखी क्याम्पसका खेलाडीलाई मेडल, प्रमाणपत्र ट्रफीसहित नगद रू. ७५०००।– प्रदान गरियो । त्यस्तै उपविजेता सैनिक आवासीय महाविद्यालयका खेलाडीलाई मेडल, प्रमाणपत्र, ट्रफिसहित रू. ३५०००।– प्रदान गरियो । प्राविधिक तथा आर्थिक सहयोग गर्ने सम्पूर्ण सङ्घ संस्थाहरूलाई पनि प्रशंसापत्र वितरण गरियो ।
उक्त कार्यक्रममा आयोजक समितिका सदस्यहरू रामबहादुर थापा, दिनेश खड्गी, तुल्सीराम घेमोसु, लक्ष्मीसुन्दर लवजू र भक्तपुर जिल्ला फूटबल सङ्घका उपाध्यक्ष सुनिल प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *