भर्खरै :

“कालापानी हाम्रै हो, टिङ्करमा प्रहरी पोस्ट बनाउने मै हुँ”

– गोकर्ण दयाल
बैतडी, २७ माघ । भारतद्वारा अतिक्रमित भूमि कालापानी जोगाउन २०३० सालमा आफ्नै खल्तीबाट रकम खर्च गरेर टिङ्करमा प्रहरी चोकपोस्ट निर्माण गर्ने नेपाल प्रहरीका एक जना सेवानिवृत्त प्रहरी सहायक निरीक्षकले चेकपोस्ट निर्माण गरेको रकम अहिलेसम्म पाउनुभएको छैन । टिङ्करमा प्रहरी चेकपोस्ट बनाएको रकम नपाएकोमा पछुतोभन्दा पनि उहाँलाई त्यतिबेलै नेपालको नक्सा बनाएर सीमानाका राख्न नपाएकोमा पछुतो लागेको बताउनुभएको छ ।
देशको सीमा रक्षाका लागि टिङ्करमा प्रहरी चेकपोस्ट निर्माण गरेर तीन वर्षसम्म सीमा रक्षामा खटिनुभएका बैतडीका प्रहरी सहायक निरीक्षक वीरबहादुर चन्दले भारतले हालै सार्वजनिक गरेको नक्सा देखेर आफूलाई अचम्म लागेको बताउनुभएको छ ।
२०२९ सालदेखि २०३१ सम्म दार्चुलाको टिङ्करमा प्रहरी चेकपोस्ट निर्माण गरेर सीमा रक्षाका लागि उभिनुभएका बैतडीको दशरथचन्द नगरपालिका–४ का वीरबहादुर चन्द अहिले उमेरले ८१ वर्षको हुनुभयो तर फूर्ति भने युवाको जस्तै छ ।

टिङ्करमा प्रहरी चेकपोस्ट बनाउन हिँडेर दार्चुला हुँदै टिङ्कर पुगेको कुरा चन्द यसरी सम्झिनुहुन्छ, “२०२९ सालमा हामी दार्चुला सदरमुकामबाट हिँडेर हुती पुग्यौँ । हुतीबाट दोस्रो दिन राप्ला पुग्यौँ । त्यहाँ स–साना बस्ती थिए । राप्लाबाट तेस्रो दिन हिँडेरै बुदी पुग्यौँ । त्यहाँ कुनै मानव बस्ती नै थिएन । राति बुदीको ओडारमा बस्यौँ । त्यहाँबाट हिँडेर बसेर छाङ्रुमाथि टिङ्करमा प्रहरी चेकपोस्ट निर्माण ग¥यौँ ।”
२०१४ सालमा प्रहरी जवान पदबाट नेपाल प्रहरीमा सेवा सुरु गर्नुभएका वीरबहादुर चन्द त्यतिबेला प्रहरी जवानको तलब ३१ रुपियाँ रहेको बताउनुहुन्छ । प्रहरी सहायक कमान्डर भएर दार्चुलाको टिङ्कर प्रहरी चेकपोस्ट निर्माण गर्दा आफ्नो तलब तीन सय रुपियाँ रहेको चन्दले बताउनुभयो 

शारीरिकरूपमा निकै तन्दुरुस्त देखिनुहुने चन्द भारतले सार्वजनिक गरेको नक्साले चित्त दुखेको बताउनुहुन्छ । उहाँले सीमा रक्षाका लागि कालापानी जान दार्चुलाबाट भारतको धार्चुला भएर हिँड्न सजिलो पर्ने भएकोले भारतको बाटो जान खोज्दा त्यो बेला भारतीय सुरक्षाकर्मीले वीरबहादुर चन्दले दिएको निवेदनमा ‘नो अलाव वीरबहादुर चन्द’ भनेर निवेदनमै लेखेर जान नदिएको स्मरण गर्नुहुन्छ ।
भारतको बाटो भएर कालापानी जान त्यो बेला निवेदन दिएर परिचपत्र बनाउनुपर्ने प्रक्रियाको बारेमा बताउँदै चन्द भन्नुहुन्छ, “पहिलो पटक त हामी दार्चुलाबाट नेपालकै भूमि भएर चार दिन हिँडेर छाङरु पुग्यौँ । त्यहाँबाट हिँडेर टिङ्कर पुगेर ६ महिना लगाएर प्रहरी चेकपोस्ट बनायौँ । त्यो बेला चौकी बनाउन दुई हजार पाँच सय रुपियाँ बजेट आएको थियो । त्यतिले पुगेन र मैले खल्तीबाटै खर्च गरेर भवन बनाउँदा ४ हजार ८ सय ४८ रुपियाँ लाग्यो । त्यहाँ प्रहरी चोकपोस्ट बनाएपछि भारतले आफूलाई निगरानीमा राखेको रहेछ भन्ने कुरा दोस्रोपटक भारतको बाटो भएर नेपाल आउन खोज्दा भारतले प्रवेश गर्न नदिएपछि थाहा पाएँ ।”
तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टका पालामा नेपाली सीमा मिचेर भारत र चीनले बनाएका सुरक्षा पोस्ट हटाउन ती ठाउँमा नेपाली सुरक्षा चौकी राखिएको चन्द बताउनुहुन्छ ।
टिङ्करमा प्रहरी चेकपोस्ट बनाउन हिँडेर दार्चुला हुँदै टिङ्कर पुगेको कुरा चन्द यसरी सम्झिनुहुन्छ, “२०२९ सालमा हामी दार्चुला सदरमुकामबाट हिँडेर हुती पुग्यौँ । हुतीबाट दोस्रो दिन राप्ला पुग्यौँ । त्यहाँ स–साना बस्ती थिए । राप्लाबाट तेस्रो दिन हिँडेरै बुदी पुग्यौँ । त्यहाँ कुनै मानव बस्ती नै थिएन । राति बुदीको ओडारमा बस्यौँ । त्यहाँबाट हिँडेर बसेर छाङ्रुमाथि टिङ्करमा प्रहरी चेकपोस्ट निर्माण ग¥यौँ ।”
२०१४ सालमा प्रहरी जवान पदबाट नेपाल प्रहरीमा सेवा सुरु गर्नुभएका वीरबहादुर चन्द त्यतिबेला प्रहरी जवानको तलब ३१ रुपियाँ रहेको बताउनुहुन्छ । प्रहरी सहायक कमान्डर भएर दार्चुलाको टिङ्कर प्रहरी चेकपोस्ट निर्माण गर्दा आफ्नो तलब तीन सय रुपियाँ रहेको चन्दले बताउनुभयो ।
सीमा रक्षाका लागि टिङ्कर बसुञ्जेल अरुले भारतीय बाटो प्रयोग गरे पनि आफूलाई भारतले पारि जाने अनुमति नदिएकोले प्रहरी चौकी निर्माण गर्दा तलब बुझेर भवन बनाएको बताउनुभयो । प्रहरी चौकीको भवन बनाउन तत्कालीन सरकारले दुई हजार पाँच सय रुपियाँ पठाए पनि त्यो रकमले नपुगेपछि आफ्नो कमान्डरको राय सल्लाहमा आफूले करिब आठ महिनाको तलब बराबरको दुई हजार ३४८ रुपियाँ खल्तीबाट खर्च गरेको चन्दले स्मरण गर्नुभयो ।
टिङ्कर प्रहरी चौकीबाट कैलालीको धनगढी सरुवा भएर आउँदा रकम पाउने गरी सबै बिलभौचर र चौकीले पत्रसमेत बनाइदिए पनि सो रकम फिर्ता नपाएको चन्दले बताउनुभयो ।
२०४१ पुसमा पाँचथर जिल्लाबाट सेवानिवृत्त हुँदा एक हजार रुपियाँ तलब रहेको बताउँदै चन्द भन्नुहुन्छ, “२०७६ सालमा आइपुग्दा अहिले म २० हजार मासिक पेन्सन पाउँछु । मेरो पैसा देशको रक्षाका लागि चेकपोस्ट बनाउँदा खर्च भएकोमा अहिले गर्वबोध पनि भएको छ ।”
भारतले महाकाली नदीको मुहानसमेत भारतमा पर्छ भनेर नक्कली मुहान खडा गरेको बताउँदै चन्दले भन्नुभयो, “नेपाल–भारत सीमाको कालापानीमा एउटा काली मन्दिर छ । त्यो मन्दिर छेउमा पानीको मुहान छ । त्यसैलाई भारतले महाकालीको मुहान हो भनेको छ तर त्यो महाकालीको मुहान होइन । महाकालीको मुहान त लिम्पियाधुरा, यारखा र पङ्खाखोला हुन् जो नेपालमा पर्छन् । महाकालीको मुख्य मुहान कुटीमा छ । त्यो कुटीलाई भारतले आफ्नो नक्सामा पारेर भारततिर देखाएको छ । नक्सा बनाउँदैमा नेपाली भूमि भारतको कसरी हुनसक्छ ?”
गोरखापत्र (२०७६ माघ २८) बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *