मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
काठमाडौँ, १३ वैशाख । चीनको कोभिड–१९ महामारीको केन्द्र बनेको उहान र अमेरिकाको लस एन्जेलस राज्यका अधिकारी र विज्ञहरूबीच लकडाउन हटाउने र अर्थतन्त्र पुनः सञ्चालन गर्ने विषयमा छलफल भयो । यसले अमेरिकाकै अर्को राज्य मिजोरीले चीनविरूद्ध मुद्दा लगाउने कामको अन्य राज्यका अमेरिकीहरूलाई स्वीकार्य नभएको देखाउँछ । महामारीको बेला व्यक्तिगत नाफाको व्यापार गर्नुपर्ने ट्रम्पजस्ता राजनीति गर्नेहरूबाट अमेरिकी जनता मूर्ख हुन नहुने बताउनेहरू धेरै छन् । उनीहरू यो भाइरस नियन्त्रणभन्दा पनि चीनविरूद्ध राम्रो काम गरेको दाबी गर्दै छन् । यो चालू रहे अमेरिकामा यो महामारी दोहोरिने छ । धेरै अमेरिकीहरू मर्नेछन् । शनिबार साँझ ७ बजेसम्म अमेरिकामा यो भाइरस सङ्क्रमित ९६०,५३३ र मृत्युको सङ्ख्या ५१,९४९ जना पुग्यो ।
ट्रम्पले आफ्नो व्यापार हिस्सा भएको मलेरियाको औषधि क्लोरोक्वाइन कोभिड–१९ नियन्त्रण गर्न प्रयोग गराएका थिए । अमेरिकी अनुसन्धानकर्ताहरूले क्लोरोक्वाइन खाने बिरामीहरूमा मुटु रोग देखिएको र २४ जनाभन्दा बढीको मृत्यु भएको बताए । ट्रम्पले यो भाइरस सूर्यको घाममा पनि मर्ने बताए । विज्ञहरूबाट यो सत्य नभएको औँल्याएपछि त्यसलाई ठट्टा गरेको स्पष्टीकरण दिए । यसपछि कोरोना भाइरस अध्ययन दलको दैनिक प्रेस सम्मेलनमा ट्रम्पले अबदेखि प्रश्नोत्तरसमेत नराख्ने भयो ।
इटालीका एक व्यापारीले महामारी नियन्त्रणमा चीनको नतिजा राम्रो भएको उल्लेख गर्दै यो भाइरस नियन्त्रण गर्न विश्व एक ठाउँमा आउनुपर्ने बताए । चीनले एकै दिनमा पाकिस्तान, म्यानमार, लाओसमा चिकित्सक र स्वास्थ्य उपकरण सहयोग पठाएकोले पनि इटालीका उक्त व्यापारीको मतअनुसार चीन विश्वसँग एकसाथ भई यो भाइरस नियन्त्रण गर्न लागिरहेको देखिन्छ । चीनले भारतमा पठाउने कोरोना भाइरस परीक्षण गर्ने किट्स गुणस्तरीय सुनिश्चित गरी पठाएको छ । अहिले चीनको कम्पनीले गुणस्तरीय स्वास्थ्य उपकरण निर्यातलाई जोड दिएको छ । चीनले अमेरिकालाई २ अर्ब ४६ करोड मास्क, ५ हजार भेन्टिलेटर र अन्य स्वास्थ्य उपकरण पठाएको छ ।
खोटो सिक्काले राम्रो सिक्कालाई बजारबाट फाल्छ । अहिले विश्व स्वास्थ्य सङ्गठनलाई समर्थन आवश्यक छ । यतिबेला अमेरिकाले गलत छान्नु हुँदैन । चीनको उहानबाटै २० टनको स्वास्थ्य सामग्रीसहित एउटा हवाईजहाज न्युयोर्क अमेरिका उडेको छ । सान्टाक्लारा सहरका कार्यकारी जेफरी भी स्मिथले अमेरिकाको समुद्री क्षेत्रमा जनवरीमै यो भाइरस देखिएको बताए । त्यसबेला ट्रम्प गल्फ खेल्दै थिए ।
Leave a Reply